-->
पत्रकार कुटपिटको घटनाप्रति पत्रकार संगठनहरुको बिरोध

पत्रकार कुटपिटको घटनाप्रति पत्रकार संगठनहरुको बिरोध

डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 जून। उत्तरबङ्गाल बिकास मन्त्री गौतम देवले सिलगडीमा एक पत्रकारलाई हातपाई गरेको घटनालाई केन्द्र गरेर ‘ईष्ट्रन हिमालयन जर्नलिष्ट युनियन’ अनि कालेबुङ प्रेस क्लबले घोर भर्त्सना जनाएको छ। 
“एकजना मन्त्रीले पत्रकारलाई कुटपिट गर्नु निन्दनीय घटना हो। मन्त्री जस्तो उच्च पदमा आसिन व्यक्तिबाट यस्तो कार्य पत्रकारहरुले कहिल्यै अपेक्षा गर्दैनन। यस घटनाको हामी घोर प्रतिवाद गर्दछौँ” ईष्ट्रन हिमालनय जर्नलिष्ट युनियनका सचिव अरुण राईले भने। तिनले उक्त घटनाको निन्दा गर्दै गणतन्त्रको चौथो स्तमभ मानिने पत्रकारिता एंव पत्रकारलाई सम्मान गर्न नसक्नु गणतन्त्रकै हत्या गर्नु हो भनि बताए। 
अर्कोतर्फ यता पत्रकारलाई कुटपिट गरेको घटनालाई केन्द्र गरेर कालेबुङ प्रेस क्लबले पनि घोर भर्त्सना जनाएको छ। कालेबुङ प्रेस क्लबका अध्यक्ष अरुण कुमार रसाईले उक्त घट्नाको निन्दा गर्दै पत्रकारलाई अपमान गर्नु गणतन्त्रको हत्या गर्नु हो भने। 
“मन्त्रीले गणतन्त्र बुझेका हुन्छन। तर यस्ता जिम्मेवारी व्यक्तिले गणतन्त्रकै हत्या गर्छन भने यो अत्यन्तै दुर्भाग्यपूर्ण हो। यसको हामी घोर बिरोध गर्दछौँ” कालेबुङ प्रेस क्लबका अध्यक्ष अरुण कुमार रसाईलीले भने।

0 Response to "पत्रकार कुटपिटको घटनाप्रति पत्रकार संगठनहरुको बिरोध"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.