-->
कालेबुङमा पति-पत्निको जघन्य हत्याले सनसनी

कालेबुङमा पति-पत्निको जघन्य हत्याले सनसनी

गम्भिर घाईते भएकी याङ्की ओङ्मु भोटीया
डी के वाइबा, कालिमन्युज, कालेबुङ 19 जून 2014। कालेबुङ शहरदेखी लगभग 30 किलोमिटर टाडामा अवस्थित गितडाब्लिङ को लोअर बियोङमा आज एउटै परिवारका पति पत्नीको निर्मम हत्याको घटनाले सनसनी छाएको छ।
जानकारी अनुसार उक्त घटना राती भएको हो। 
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको 41 नम्बर समष्टि अन्तर्गत पर्ने बियोङका डोमेनिक भोटीया (38) अनि तिनकी पत्नी क्रिष्टिना भोटीया (35) लाई अज्ञात व्यक्तिहरुले रातीको समय उनीहरुकै घरमा प्राणघातक हमला गरेर निर्मम हत्या गरेको छ। त्यस समय उनीहरु सुतिरहेका थिए भने छोरी याङ्की ओङ्मु भोटीया हमलामा(12) गम्भिर रुपमा घाईते भएका छन। यता सानो छोरी रिञ्जी ओङ्मु भोटीया (8) भाग्यले बाँचेका छन। 
रातीको समय उनीहरु चारजना सपरिवार सुतिरहेका थिए भने सोही समय अज्ञात व्यक्तिहरुले घरमा प्राणघातक हमला गर्दा पति पत्निको घट्ना स्थलमा नै मृत्यु भएको छ। सोही समय आफ्ना आमा बाबासंगै रहेकी ठूलो छोरी याङ्की ओङ्मु भोटीयाको हातमा धारिलो हतियारले लागेर गम्भिर चोट लागेको छ। धारिलो हतियारको प्रहारले तिनको एउटा आँखा फूटेको जानकारी प्राप्त भएको छ भने तिनलाई कालेबुङ महकुमा अस्पतालमा उपचार गरेर सिलगडी रेफर गरिएको छ। 
यता संगै रहेकी सानो छोरी रिञ्जी ओङ्मु भोटीयालाई भने कुनै चोटपटक लागेको छैन। सानो छोरी रिञ्जी ओङ्मु भोटीया पनि घटनाको समय राती आफ्ना आमा बाबाकै साथमा थिई। सोही समय अज्ञात व्यक्तिहरुले प्राणघातक हमला गर्दा तिनी भागेर नजिकैको मकै बारीमा लुकेर ज्यान बँचाउन सक्षम भएको स्थानिय मानिसहरुले बताएका छन। उक्त प्राणघातक आक्रमण अज्ञात व्यक्तिहरुले रातीको समयमा नकाबपोश् लगाएर गरेको हुनसकसक्ने स्थानिय बासिन्दाहरुले आशंका व्यक्त गरेका छन। 
स्थानिय बासिन्दा चन्द्र छेत्रीले दिएको जानकारी अनुसार रातीको समय अज्ञात व्यक्तिहरुले गरेको प्राणघातक हमलाबारे सुरक्षित रहेकी सानो छोरी रिञ्जी ओङ्मु भोटीयाले आफ्ना फूपुलाई बिहानै जानकारी गराए पछि घट्नाबारे सम्पूर्ण गाउँलेहरुले थाह पाएका थिए। सोही क्रममा गाउँलेहरु घटना स्थलमा पुग्दा ठूलो छोरी याङ्की ओङ्मु भोटीया गम्भिर घाईते अवस्थामा गाउँलेहरुले भेटेपछि तिनलाई तत्काल स्थानिय मानिसहरुले कालेबुङ महकुमा अस्पतालमा उपचारको निम्ति ल्याएको थियो। 
यता गम्भिर घाईते भएकी नाबालिक भोटीयालाई महकुमा अस्पतालमा प्राथमिक उपचार गरेपछि सिलगडी रेफर गरिएको छ। घटनाबारे सम्पूर्ण गाउँलेहरु थाह पाए पछि यसबारे कालेबुङ पुलिसलाई सूचित गरिएको थियो। घटनाका सूचना प्राप्त भए पछि कालेबुङ थाना प्रभारी अचिन्ता गुप्त दलबल सहित घटना स्थलमा पुगेका थिए। 
अर्कोतर्फ स्थानिय बासिन्दा एंव मृतक डोमेनिक भोटीयाको सोल्टी क्लेमेन्ट लेप्चाले घटनाबारे बिहान जानकारी प्राप्त भए पछि बिहान घटना स्थलमा पुग्दा दुई पति पत्नि मृत अवस्थामा देखेको बताए। “घटनाबारे बिहान फोन मार्फत जानकारी प्राप्त भएपछि त्यहाँ पुग्दा दैलो नजिक सोल्टिनी मृत अवस्थामा थिईन। तिनको एउटा हातको तल्लो भाग शरिरबाट चुडीएर भूईँमा थियो। उता डोमेनिक भोटीया भने सिरक ओडेर सुतेको अवस्थामा नै मृत थिए” क्लेमेन्ट लेप्चाले भने। तिनले घटना स्थलको दृष्यहरु हेर्दा अज्ञात व्यक्तिहरुले दैलो ढक् ढकाउँदा क्रिष्टिना भोटीयाले दैलो खोलेको हुनसक्ने बताउँदै तिनले दैलो खोल्न साथै तिनी माथी धारिलो हतियारले आक्रमण गरेको हुन सक्ने बताए। किन भने दैलो नजिक क्रिष्टिना भोटीयाको मृत शरिर र चुडीएको हात लडीरहेको अवस्थाले आक्रमणकारीहरुले पहिला तिनलाई प्रहार गरेको सम्भावना हुनसक्ने तिनले बताएका छन। 
“डोमेनिक भोटीया सामाजिक कार्यकर्ता हुन। तिनलाई आपद बिपदको समय जुनसुकै समय बोलाउँन जाँदा सहयोग गर्न आउँछन। राती पनि सहयोगको निम्ति अघि आउँछन। सायद राती तिनलाई कसैले बोलाउँदा सदा झैँ दैलो खोले पछि आक्रमणकारीहरुले हत्या गरेको हुन सक्ने तिनले आशंका व्यक्त गरे। उक्त घटना बिहानीपख दुई – तीन बजे घटेको हुनसक्ने तिनले आशंका व्यक्त गरे। “यो हत्या सुनियोजित गरेको हुन सक्छ। हत्या जसले पनि गरे उक्त व्यक्ति टाडाका होईनन भन्ने हामीलाई लागेको छ” क्लेमेन्ट लेप्चाले भने। अर्कोतर्फ उक्त घटना सम्बन्धी कालेबुङ पुलिसले छिमेकी पुरण राई (28) लाई पक्राऊ गरेको छ। घट्नाको जाँच गर्न पुगेका कालेबुङ पुलिसले छिमेकी पुरण राई उक्त प्राणघातक हमलाकाण्डमा संलग्न हुनसक्ने शंका गरेर सोही क्षेत्रबाट नै पक्राऊ गरेर ल्याएको छ। यता उक्त घटना सम्बन्धि क्षेत्रका सभासद कल्याण देवाणले भर्त्सना गर्दै अपराधीलाई कडा सजाय दिन पर्ने माग गरेका छन।

Related Posts

0 Response to "कालेबुङमा पति-पत्निको जघन्य हत्याले सनसनी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.