भोटाङे प्रधान मंत्रीद्वारा भारतका नरेन्द्र मोदीको प्रशंसा
19 Jun 2014
Comment
राजेश शर्मा, कालिमन्युज, थिम्फू भूटान, 18 जुन 2014 । भारतिय प्रधान मंत्री नरेन्द्र मोदी भोटाङ् यात्रा शेष गरेर भारत फर्किएपछि भोटाङ्का दोस्रो प्रधान मंत्री लिन्छेन छिरिङ तोब्गेले मोदीको यात्रा र भ्रमणको मुग्ध कण्ठले प्रसशा गरेका छन।
थिम्फूको मिनिस्ट्री अफ इनफर्मेसन अफिसमा भएको भेटवार्तामा तिनले सर्वप्रथम त प्रधान मंत्री नरेन्द्र मोदीको भोटाङ् भ्रमणमा देशवाशी आनन्दित भएको जनाए । तिनले भारत एसियाको नै शक्तिशाली देशहरुमध्ये एक भएको बताए । नरेन्द्र मोदीले भोटाङ् र भारतको सम्बन्ध अझ मजबुत बनाउन गरेको प्रयास खुबै सराह्नीय र प्रशंसनीय भएको तिनले थपे ।
"भारत र भोटाङ्को सम्बन्ध अझ बलियो बनाउने प्रस्तावना अति उत्तम हो भोटाङ्कै निम्ती त झन असल हो। भारत र भोटाङ् मिलेर काम गर्न सक्नु दुवैको निम्ती हितको कुरो हो । भोटाङ्को हितको निम्ति जुन उपहार दिने घोषणा मोदीले गरे त्यो भोटाङ्को निम्ति फायदा मात्रै होइन सो सम्मानजनक उपलब्धी पनि हो" प्रधान मंत्री तोब्गेले भने ।
तिनले नरेन्द्र मोदीको प्रशसा गर्दै भने भोटाङ्को निम्ति यो गर्वको कुरा हो कि भारतका प्रधान मंत्रीले आफ्नो कार्य भार सम्हालेको 3 हप्ता पुग्दा न पुग्दा नै भोटाङ् जस्तो सानो देशको पहिलो विदेश यात्रा गर्ने निर्णय लिए, यो भारत अनि भोटाङ्को सम्बन्ध कति प्रगाड छ भन्ने एउटा उदाहरण हो । नरेन्द्र मोदीले भोटाङ्लाई लिएर हिमालय क्षेत्रसंग मिलाएर सेन्ट्रल यूनिभर्सिटि स्थापना गर्ने विचार र प्रस्तावनाले दुइ देशको सम्वन्धलाई अझ मजबुत बनाउने बताए ।
भारतले भोटाङ्मा बिध्युत उत्पादन गराउने कार्य अघिवाट नै गरेता पनि अझ चारवटा जल विध्युत उत्पादन केन्द्र बनाउने घोषणा मोदीले गरेकाले भोटाङ भारतको मित्रता अझ बलियो हुने छ । आज सम्म विध्युत उत्पादन केन्द्र स्थापना गर्न भोटाङ्लाई भारतले ऋण स्वरुप दिएको आर्थिक सहयोगमा 30 प्रतिसत ऋणमा छुट दिएको छ त्यही नै हो भारतको भोटाङ् प्रति मित्रताको उदाहरण हो भनि तोब्गेले बताए ।
भारत सरकारले भोटाङ्को बिभिन्न समस्यालाई राम्रोसंग बुझदै पनि आएको छ भारत सरकार एसियामा जति बलियो हुदै जानेछ त्यतिनै भोटाङ् सरकार र यहाका जनतालाई लाभ हुनेछ । अहिले घरि भोटाङ्मा शिक्षा, स्वास्थ आदि समस्या प्रमुख रुपमा रहेको हुनाले कुनै समस्या भए भोटाङ्लाई भारत सरकारको मदतको आवश्यकता पर्ने हुदा भोटाङ भारत माथिनै निर्भरशिल हुन्छ तथा आगामी दिनमा पनि भारत माथि नै निर्भर हुनेछ, तिनले अझै भने ।
भारत भोटाङ्को सम्वन्धमा भोटाङ सरकारले के कुनै नया योजना बनाएको छ भनि प्रश्नको उत्तरमा तिनले भने कि यो जस्तो आज छ, त्यस्तै रुपमा चलीरहने छ । यसमा थप्दै तिनले यो पनि बताए कि यो समबन्ध उच्च स्तरमा मात्र नभएर तृणमूल स्तरमा पनि राम्रो हुने संकेत मोदीले अघीवाट नै भोटाङे संसदमा बताइ सकेका छन, यसमा हामी विश्वस्त छौ ।
0 Response to "भोटाङे प्रधान मंत्रीद्वारा भारतका नरेन्द्र मोदीको प्रशंसा "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.