-->
सरकारी जमीनहरु पैसामा बिक्री गर्दैछन – तारा सुन्दास

सरकारी जमीनहरु पैसामा बिक्री गर्दैछन – तारा सुन्दास

Tara sundasडी के वाइबा, कालिमन्युज, कालेबुङ 24 जून 2014। मार्क्सवादी कम्युनिष्ट पार्टीका नेता तारा सुन्दासले आज कालेबुङ महकुमाको भूमी अनि भूमीसुधार अधिकारीलाई भेट गरेर सरकारी जमिनहरु अवैद्य बिक्री बितरण भईरहेको सन्दर्भमा ज्ञापन पत्र सुम्पिएर बिरोध जनाए। 
तिनले भूमी अनि भूमी सुधार अधिकारी एज्रा थोमस नाम्चुलाई तिनकै कार्यलयमा भेट गरेर कालेबुङमा बिभागले अवैद्यरुपमा कागजपत्र बनाएर जमीन बिक्री गर्ने कार्य गरिरहेको आरोप लगाए। तिनले जनाए अनुसार, पश्चिम बङ्गाल सरकारको राजस्व विभागको बेङ्गाल गभरमेन्ट इस्टेट मेनुएल 1932 को आधारमा प्रदान गरिएका तौजी जमीन किनबेचमा नाम परिवर्तन गर्नपरे कलेक्टरको अनुमति अनिवार्य हुन्छ। तर भूमि-राजस्व अनि भुमि सुधार विभागले यहाँको थानाडाँडामा तेम्पो देनसेपाको नाममा प्रदान गरिएको जमीनको नाम परिवर्तन गरी विभागले अन्य 12 जनालाई खतियान नम्बर दिएको आरोप लगाएका छन्। यसलाई एउटा उदाहरणको रूपमा प्रस्तुत गर्दै उनले आज बुझाएको ज्ञापन पत्रमा खतियान नम्बर आदि सबै उल्लेख गरेका छन्। यी जमीनहरूको कतिपय मुद्दा न्यायालयमा चलिरहेको भएपनि विभागले पर्चा-पट्टा प्रदान गरेको उनले आरोप लगाएका छन्। 
आफूले लगाएका आरोपहरु यदि असत्य हो भनेर बिभागले दाबी गर्छ भने आफूलाई मानहानीको मूद्दा हाल्ने चेतावनी पनि तारा सुन्दासले दिएका छन।
“बिभागले पैसा थापेर अवैद्यरुपमा जमीन बिक्री गर्दैछ। माकपा पार्टीले यसको बिरोध गर्छ। यदि यस्तो पैसा खाएर जमीनहरु अवैद्यरुपमा बिक्री गर्ने कार्यको रोकथाम नगरे हामी न्यायलयको शरणमा जानेछौँ” सुन्दासले भने। तिनले उक्त जमीनहरु ठूल ठूला ठेकादारहरुलाई दिएर बिभागले अन्याय गरीरहेको आरोप लगाउँदै उक्त जमीनहरु गरीब मानिसहरुलाई बितरण गर्न पर्ने माग गरे।
नगरपालीका क्षेत्रका यस्ता जमीनहरु अवैद्य रुपमा बिक्री गर्ने कार्यबारे नगरपालिका प्रशासनले पनि उचित पदक्षेप ग्रहण गर्नुपर्ने माग गर्दै यदि नगरपालिकाले उचित पहल नगरे नगर प्रशासन पनि बिक्री भएको प्रमाणित हुने तिनले दाबी गरे। अर्कोतर्फ झूटो कागजपत्रको आधारमा पर्चा-पट्टा दिएको सन्दर्भमा भूमि-राजस्व अनि भुमि सुधार अधिकारी एज्रा थोमस नाम्चूले सन्तोषजनक प्रत्युत्तर दिएनन्। 
तिनले यसबारे पूर्ण रूपमा बिभागीय जाँच गरेर कार्वाही गरिने आश्वासन दिएका छन। तिनले सुन्दासका आरोपहरु आफ्नो कार्यकालमा नभएको दाबी गर्दै यद्यपी यसबारे जाँच गर्ने बताएका छन।

0 Response to "सरकारी जमीनहरु पैसामा बिक्री गर्दैछन – तारा सुन्दास"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.