बिरीक डाँडा छेउ वाहन दुर्घटनामा मोबाइल कम्पनीका 2 जनाको मृत्यु
डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 जून 2014। राष्ट्रिय राजमार्ग 31 ए बिरीक डाँडा नजिक भएको सडक दुर्घटनामा दुईजना व्यक्तिको घटना स्थलमा नै मृत्यु भएको छ। उक्त दुर्घटना हिजो सोमबार राती 9 बजेतिर भएको जानकारी प्राप्त भएको छ।
एउटा मोबाईल कम्पनीका दुईजना कर्मचारीहरुलाई सिक्किमबाट सिलगडी लगेर गईरहेको टाटा सुमो वाहन डब्ल्यु बी 73 सी - 5611 सड्कदेखि लगभग दुईसय फिट तल झरेर दुर्घटना ग्रस्त भएको छ। उक्त दुर्घटनामा परेर कोलकोता हुगली जिल्ला कुननगर निवासी पार्थ च्याटर्जी (30) अनि पुरुलिया जिल्लाका राजेश सिह (34) को घट्ना स्थलमानै मृत्यु भएको छ भने वाहनका चालक कालेबुङ लाभा निवासी दिलीप गुप्ता (24) गम्भिर रुपमा घाईते भएका छन।
दुर्घटनाको कारण गम्भिर घाईते भएका चालक दिलीप गुप्तालाई उपचारको निम्ति कालेबुङ महकुमा अस्पतालमा भर्ना गरिएको छ। तिनको शरिरको बिभिन्न भागहरुमा चोटपटक लागेको छ। चालक दिलीप गुप्ताले दिएको जानकारी अनुसार तिनी दार्जीलिङबाट जोरथाङ सिक्किम हुँदै मल्ली भएर सिलगडी गईरहेका थिए।
मोबाईल कम्पनीका कर्मचारीहरु बिभिन्न स्थानहरुमा टावरहरुको देखरेख गर्दै सिलग़डी जानेक्रममा राती 31 ए राष्ट्रीय राजमार्ग बिरीक डाँडामा पुग्दा बिपरीत दिशाबाट आइरहेका ट्र्कहरुले डिपर नगर्दा तिनले उक्त वाहनहरुलाई बाटो छोडीदिदै अघि बड्दा वाहन बाटोबाट सोझै तल झर्न पुगेको चालकले बताएका छन। दुर्घटनामा परेर मृत्यु भएकाहरुको शवलाई कालेबुङ महकुमा अस्पतालमा पोष्टमार्टम गरेर कम्पनीका मानिसहरुलाई सुम्पिएको छ।
0 Response to "बिरीक डाँडा छेउ वाहन दुर्घटनामा मोबाइल कम्पनीका 2 जनाको मृत्यु"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.