मास क्म्युनिकेशन पत्रकारितामा कालेबुङ प्रेस क्लबले सर्टिफिकेट कोर्श शुरू गर्ने
कालिमन्युज, 1 जुन 2014: पत्रकारितामा चासो राख्ने र यसलाई पेशा बनाउन चाहने व्यक्तिहरुलाई एउटा सुनौलो मौका कालेबुङ प्रेस क्लबले दिने भएको छ।
स्किल डेभलपमेंट् इनिसिएटिभ स्किम कौशल विकाश अन्तर्गत मास कम्युनिकेशन विषयमा 3 महिने 180 घण्टाको सर्टिफिकेट कोर्स यही जुन महिनादेखि शुरू गरिने भएको छ।
कालेबुङ प्रेस क्लबका सचिव एके राईले जनाए अनुसार कम भन्दा कम दशौ श्रेणी पडेकाहरुको निम्ति यो पत्रकारिता तालिमको निम्ति क्लबको कार्यालयबाट आवेदन फारम वितरण प्रारम्भ भएको छ । 16 जुन भित्रमा फारम भरेर बुझाउनु पर्ने भएकोले र सिट केवल 20 जनाको मात्रै भएको पनि तिनले थप जनाएका छन।
पत्रकारिता अन्तर्गत मास कम्युनिकेशनमा तालिम लिने लक्ष्य राखेका या यस्तै तालिम लिइरहेका वा लिइसकेका युवाहरुको निम्ति यो तालिम लाभदायक ठहर्ने र तालिमको निम्ति हप्तामा दुई दिन गरेर 3 महिना भित्रमा 180 घण्टाको थ्योरि र प्रयाक्टिकल शिक्षा दिने व्यवस्था हुने पनि तिनले थप बताए।
केन्द्र सरकारको लेबर एण्ड इमप्लोयमेण्ट् मंत्रालय अधिनस्थ रोजगार अनि तालिम निर्देशालयद्वारा भोकेशनल इनिसिएटिभ ट्रेनिङ प्रोभाइडर अन्तर्गत यो तालिम सण्चालन हुनेछ।
कालेबुङमा यस प्रकारको रोजगार मूलक तालिम पहिलो चोटी गरिएको र पहिलो ब्याचको कोर्स सकिए पछि यो क्रमलाई क्लबले निरन्तरता दिने चाजो पनि मिलाएको तिनले थप बताए।
यता क्लबले फोटोग्राफीमा पनि फोटो फोकससंग मिलेर 90 घण्टाको यस्तै तालिम दिने चाजो मिलाइरहेको जनाएकोछ।
यता क्लबले फोटोग्राफीमा पनि फोटो फोकससंग मिलेर 90 घण्टाको यस्तै तालिम दिने चाजो मिलाइरहेको जनाएकोछ।
0 Response to "मास क्म्युनिकेशन पत्रकारितामा कालेबुङ प्रेस क्लबले सर्टिफिकेट कोर्श शुरू गर्ने"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.