-->
खम्बु राई राईट्स मुभमेन्ट जनजातिको मागमा आन्दोलन गर्ने तयारीमा

खम्बु राई राईट्स मुभमेन्ट जनजातिको मागमा आन्दोलन गर्ने तयारीमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 31 मई 2014। खम्बु राई राईट्स मुभमेन्ट जनजातिको मागमा आन्दोलन गर्ने तयारीमा रहेको छ। 
आज एक पत्रकार सम्मेलन डाकेर संगठनले यस आसयको जानकारी दिएको छ। खम्बु राई राईट्स मुभमेन्ट अनि किराँती खम्बु राई साँस्कृतिक संस्थानले आज छुट्टा छुट्टै मुख्यमन्त्री ममता ब्यानर्जी, सिक्किमका मुख्यमन्त्री पवन चामलिङ, सांसद एस एस आहलुवालीया, जीटीए चिफ बिमल गुरुङलाई फ्याक्सवार्ता पठाएको छ। बिशेष गरेर जीटीए चिफ बिमल गुरुङले राई समुदाय लगायत अन्य जातिहरुलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै सरकारलाई पत्राचार् गरेको कारण तिनलाई खम्बु राई राईट्स मुभमेन्टले आभार प्रकट गरेको छ। 
संगठनका प्रवक्ता सन्दिप कुलुङ, सयोजक बिनेश खम्बु, कोषाध्यक्ष मनोज राईले पत्रकार सम्मेलन डाकेर उक्त फ्याक्सवार्ताबारे जानकारी दिदै आगामी दिनहरुमा जनजातिको मुद्दालाई अघि बडाउँने बताएको छ। यसैक्रममा पहाडबाट यसपल्ट सांसद बनेका एस एस आहलुवालीयाले उक्त मुद्दालाई केन्द्रमा उठान गरिदिनको निम्ति खम्बु राई राईट्स मुभमेन्टले बिमल गुरुङलाई आग्रह गर्ने भएको छ। यसका साथै सांसद आहलुवालीयालाई पनि आगामी दिनहरुमा भेटघाट गरेर जनजातिको मुद्दाबारे आवाज उठाईदिने आग्रह गर्ने भएको छ। 
किराँती खम्बु राईहरु खाँटी जनजाति भएको कारण सरकारले जनजातिको मान्यता दियाजाओस भनि सांसद आहलुवालीयालाई जनजातिको दस्तावेज पनि पठाएको छ। 
यता बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले केही महिना अघि राज्य बिधानसभाको क्याबिनेटमा राई जातिहरु जनजाति हुन भनि आवाज उठाएको कारण खम्बु राई राईट्स मुभमेन्ट तिनलाई पनि आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सकारात्मक पहल गरिदिने कुरामा खँम्बुहरु आशावादी भएका छन। 
अर्कोतर्फ संगठनले यता सिक्किमका मुख्यमन्त्री पवन चामलिङलाई खम्बु राई राईट्स मुभमेन्टले पाँचौपल्ट मुख्यमन्त्री चुनिएकोमा बधाई दिदै जनजातिको आवाजलाई बुलन्द गरिदिने आग्रह गर्दै पत्राचार् गरेको छ।

Related Posts

0 Response to "खम्बु राई राईट्स मुभमेन्ट जनजातिको मागमा आन्दोलन गर्ने तयारीमा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.