-->
पहाडमा नारीहरु कति सुरक्षित छन् ? चारवर्षमा 165 वटा नारी हिंसाका मुद्दा : अधिकांश मुद्दाहरु थाँतीमा

पहाडमा नारीहरु कति सुरक्षित छन् ? चारवर्षमा 165 वटा नारी हिंसाका मुद्दा : अधिकांश मुद्दाहरु थाँतीमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 जून 2014। कालेबुङ महकुमा क्षेत्रमा नारी उत्पिडनको घटनामा अत्याधिक बृद्धि भएको छ। वर्ष 2010 देखी बर्ष 2014को मार्च महिनासम्ममा कालेबुङ महकुमा क्षेत्रका बिभिन्न स्थानहरुमा नारी हिंसाका घटनामा अत्याधिक बृद्धि भएको कारण नारीहरु असुरक्षित भएको प्रमाणित् भएको छ।
हत्या, कुटपिट, बलात्कार, बिभिन्न प्रलोभनमा फँसाएर उत्पिडनका शिकार बन्नु जस्ता घटनाहरुले अहिलेघरी नारीहरु त्रस्त भएका छन। नारी उत्पिडनको घटनाबारे वर्ष 2010मा 12 वटा मुद्दा दर्ता भएको थियो भने उक्त दर वर्ष 2014मा आईपुग्दा अधिक बृद्धि भएकोले नारीहरु कालेबुङ महकुमा क्षेत्रमा असुरक्षित बनेको स्पष्ट भएको छ।
नारी उत्पिडनको घटनाबारे सन् 2010मा 12वटा मुद्दा दर्ता भएको थियो भने 2011मा बृद्धि भएर 22 मुद्दा दर्ता भएको थियो। यसैक्रममा वर्ष 2012मा भने एउटा मुद्दा घटेर 21 वटा मुद्दा दर्ता भएको थियो। कालेबुङ महकुमा क्षेत्रका बिभिन्न स्थानहरुमा 2013मा सबैभन्दा धेर नारी उत्पिडनको मुद्दा दर्ता भएको थियो। वर्ष 2013मा नारी हिंसाको घटनाबारे मोठ 88वटा मुद्दा दर्ता भएको थियो। यता वर्ष 2014मा पनि नारी उत्पिडनको घटना भने दिनो दिन बृद्धि भईरहको छ। यस वर्षको मार्च महिना सम्ममा 22वटा मुद्दा दर्ता भईसकेको छ। यसरी नारी हिंसाको घटनाबारे दिनो दिन मुद्दा दर्ता भईरहेको घटनाले नारीहरुको सुरक्षा बारे गम्भिर प्रश्न खडा भएको छ।
विभिन्न महानगरहरुमा नारीहरु असुरक्षित हुने गरेको घटना सामान्य बनिरहे पनि दार्जीलिङ पहाडमा भने नारी हिंसाको घटना निम्न स्तरमा हुने गरेको थियो। तर केही वर्ष यता भने नारी हिंसाका घटनाले सबैलाई सताउँन थालेको छ। ठूल ठूला महानगरीहरुमा नारीहरु असुरक्षित बन्न परे झैँ यता पहाडी क्षेत्रहरुमा पनि दिनो दिन नारी हिंसाका घटनाले उग्र रुप लिँदै गईरहेको छ। यस सम्बन्धमा पुलिस प्रशासनले कानुनी प्रक्रिया अघि बडाए पनि अपराधीहरुले समयमा सजाय नपाउँदा यस्ता घटनाहरु बृद्धि हुने गरेको मानिसहरु बताउँछन।
अपराधीहरुले अपराध गरे पछि उनीहरुलाई यथाशिघ्र कार्वाही गरेर सजाय दिए यस्ता अपराधका घटनाहरु बृद्धि हुनमा रोक लाग्न सक्ने मानिसहरुले बताउँछन। तर अपराधीहरुलाई समयमा सजाय नभएको कारण अपराध गर्नेहरुको मनोबल बृद्धि भईरहेको मानिसहरुले बताएका छन। यदी आम मानिसहरुको मन्तव्यलाई सत्य मान्नु हो भने न्यायलयमा लम्बित मुद्दाहरुको थाकले पनि आम मानिसहरुको भनाईलाई सत्य प्रमाणीत गरेको छ।
कालेबुङ महकुमाका बिभिन्न स्थानहरुमा सन 2010मा भएको नारी हिंसाका मोठ 12वटा घटनाहरुमा कालेबुङ पुलिसले चार्जसिट दर्ता गरिसकेको छ। उक्त 12वटा मुद्दाहरु मध्ये अझसम्म 8वटा मुद्दा न्यायलयमा लम्बित रहेको छ। उक्त 8वटा मुद्दाहरुमध्ये 4वटा कालेबुङको एडिसनल चिफ जुडीसियल म्याजिस्ट्रेट, 3वटा जुडीसियल म्याजिस्ट्रेट अनि एकवटा जुडीसियल म्याजिस्ट्रेट गोरुबथान न्यायलयमा लम्बित रहेको छ। सोहीक्रममा सन 2011मा कालेबुङका बिभिन्न स्थानहरुमा मोठ 22वटा नारी हिंसाका घटनाबारे मुद्दा दर्ता भएको छ भने उक्त मुद्दाहरुमा पुलिसले 21वटाको चार्जसिट दर्ता गरेको छ भने एकवटा मुद्दाको अन्तिम रिपोर्ट न्यायलयलाई बुझाएको छ। वर्ष 2011को 22वटा मुद्दाहरु मध्ये केवल एकवटा मुद्दामा न्यायलयले दोषी प्रमाणित गरेर अपराधीलाई सजाय सुनाएको छ भने 5वटा मुद्दाहरुमा आरोपीहरु निर्दोष प्रमाणित भईसकेका छन।
यता 15वटा मुद्दाहरु भने अझै पनि न्यायलयमा नै लम्बित रहेको कारण पिडीतहरु न्यायको प्रतिक्षा साँचीरहेका छन। समयमा पिडीतहरुले न्याय नपाएका कारण एकातर्फ आम मानिसहरुको न्यायलय प्रतिको बिश्वास हराउँदै गईरहेको छ भने अर्कोतर्फ अपराधका घटनाहरु दिनोदिन बडीरहेको छ। यसक्रममा बर्ष 20011को तुलनामा कालेबुङ महकुमा क्षेत्रमा नारी हिंसाको घटना भने 22बाट घटेर 21मा आएको थियो। उक्त 21वटा मुद्दाहरु मध्ये पुलिसले 19वटा मुद्दाहरुको चार्जसिट दर्ता गरिसकेको छ भने एउटा मुद्दाको फाईनल रिपोर्ट न्यायलयमा दर्ता गरेको छ। यसमध्ये 4वटा मुद्दाहरुमा आरोपीहरु बिरुद्ध दोष प्रमाणित भईसकेको छ भने 14वटा मुद्दाहरु न्यायलयमा अझै लम्बित रहेको छ। यसका साथै एउटा मुद्दाको भने अझसम्म पुलिसले चार्जसिट समेत दर्ता गर्न सकेको छैन जसको जाँच पुलिसले अझसम्म गरिरहेको छ।
न्यायलयमा एकपछि अर्कोगर्दै एकाधिक मुद्दा थुप्रिरहेको अवस्थामा अहिलेसम्ममा कालेबुङ महकुमा क्षेत्रका बिभिन्न स्थानहरुमा बर्ष 2013मा सबैभन्दा बेसी नारी हिंसाका घटनाबारे मुद्दा दर्ता गरिएको छ। नारी हिंसाबारे वर्ष 2013मा मोठ 88वटा मुद्दा दर्ता गरिएको छ भने पुलिसले सक्रियता अप्नाएर मोठ 81वटा मुद्दाहरुको चार्जसिट न्यायलयमा बुझाईसकेको छ भने 2वटा मुद्दाहरुको फाईनल रिपोर्ट बुझाएको छ।
उक्त मुद्दाहरु मध्ये 55वटा मुद्दाहरुको न्यायलयमा सुनवाई चलिरहेको छ भने 26वटा मुद्दाहरुबारे पुलिसले अहिलेसम्म चार्जसिट समेत दर्ता गर्न सकेको छैन, जुन मुद्दाहरु पुलिसले नै जाँच गरिरहेको छ। यसका साथै बर्ष 2014को मार्च महिना सम्ममा पनि नारी हिंसाका घटनाको ग्राफ दिन दिनै उँभो चडीरहेको छ। यस तीन महिनामा मात्र अहिलेसम्म 22वटा नारी हिंसाका मुद्दा दर्ता भईसकेको छ भने सबै मुद्दाहरु पुलिसले नै जाँच गरिरहेको छ जसको अझसम्म चार्जसिट समेत दर्ता नभएको न्यायलयको रिपोर्टमा उल्लेख रहेको छ।

Related Posts

0 Response to "पहाडमा नारीहरु कति सुरक्षित छन् ? चारवर्षमा 165 वटा नारी हिंसाका मुद्दा : अधिकांश मुद्दाहरु थाँतीमा "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.