
मङपू गोजमुमो कार्यालयमा तृणमूल कार्यकर्ताहरुको हमला
डी के वाइबा, कालिमन्युज, मङ्पू 19 मई। मङ्पू स्थित गोर्खा जनमुक्ति मोर्चाको पार्टी कार्यलयमा आज बिहान तृणमूल काङ्ग्रेस कार्यकर्ताहरुले हमला गर्दा मोर्चा कार्यकर्ता अदिप तामाङको खुट्टा भाँच्चिएको छ भने एकजना सामान्य घाईते भएका छन।
जानकारी अनुसार आज बिहान लगभग् आठ बजेतिर मोर्चा कार्यकर्ता अदिप तामाङ अनि केवल ठकुरीले गोजमुमो पार्टी कार्यलय खोलेर बसेका थिए। यसरी पार्टी कार्यलय खोलेर बसेका समयमा साढे नौ बजेतिर अचानक केही तृणमूल कार्यकर्ताहरु सोझै मोर्चा कार्यलयमा पसेर हमला गर्दा अदिप तामाङको एउटा खुट्टा भाँचिएको छ भने केवल ठकुरी समान्य घाईते भएका छन। उनीहरुले मोर्चाको पार्टी कार्यलय पनि तोडफोड गरे। धेरै संख्यामा आएका तृणमूल कार्यकर्ताहरुले धारिलो हतियार, रड आदि हातियारहरु बोकेको आरोप लागेको छ। घाईते भएका अदिप तामाङलाई मोर्चाकै पार्टी कार्यलयमा पहिला धारिलो हतियारले प्रहार गरेको थियो भने तिनी उक्त प्रहारबाट बाँच्न सक्षम भएका थिए। यद्यपी व्यापक संख्यामा तृणमूल कार्यकर्ताहरु पसेर आक्रमण गर्दा तिनको खुट्टा भाँचिएको छ भने शरिरको बिभिन्न भागहरुमा चोटपटक लागेको छ।
यसरी अचानक मोर्चाकै कार्यलयमा पसेर तृणमूल काङ्ग्रेस कार्यकर्ताहरुले हमला गरेको घटना चारैतिर फैलिएपछि मङपू क्षेत्रमा सनसनी मच्चिएको थियो। घटनाबारे चारैतिर हल्ला फैलिए पछि चारैतिरबाट मोर्चा कार्यकर्ताहरु सडकमा निस्किएका थिए भने सम्पूर्ण दोकानपाटमा अघोषित बन्द भएको थियो। उक्त घटना पछि तत्काल पुलिसबल घटनास्थलमा तैनाथ भएको कारण दुई दलमाझ थप संघर्ष हुन पाएन।

घटनाबारे यता मङ्पू पुलिस आउटपोष्टमा तृणमूल कार्यकर्ताहरु क्रमैले निलकुमार गुरुङ, पवन बल, के एल छेत्री, मिरेन लामा, सरद थापा, यादव गुरुङ अनि अन्य बिरुद्ध प्रार्थमिकी दर्ता गरिएको छ। घटनामा संलग्न रहेका आरोपीहरुलाई मोर्चाले साँझ छ बजेभित्रमा पक्राऊ गर्नुपर्ने पुलिस प्रशासनलाई अल्टिमेटम दिएको छ भने यदि पक्राऊ नगरे सम्पूर्ण सिन्कोना बगान बन्द गर्ने चेतावनी दिएको छ। आफूहरु पार्टी कार्यलयमा बसिरहेको समयमा तृणमूल कङ्ग्रेसका युवाहरु धारिलो हतियार् बोकेर पार्टी कार्यलयमा अचानक् पसेर हमला गरेको घाईते अदिप तामाङले बताएका छन।

“तृणमूल कार्यकर्ताहरुले अचानक हतियारहरुले हमला गर्दा अदिप तामाङको खुट्टा भाँच्चिएको छ। यस अवधी पार्टी कार्यलयबाट दुई लाख नगद रुपीया चोरी भएको छ” गगन राईले भने। यसका साथै यस अवधी पार्टी कार्यलयमा भएका केवल ठकुरीको बाईकको सम्पूर्ण कागजपत्र अनि मणीपर्स हराएको पनि तिनले बताए।
घटनाको कारण आक्रोशित मानिसहरुले तोडफोड गरेको वाहनका मालिक संजय थापाले आफ्नो वाहन सदा झै मङ्पूबाट सिलगडी जानको निम्ति आफ्ना यात्रीहरुलाई लिन रेशेप बजार गईरहेको समय बाटोमा झगडा भईरहेको देखे पछि वाहनलाई घरमा ल्याएर राखेको बताए।

अर्कोतर्फ एकजना तृणमूल कङ्ग्रेसका कार्यकर्ताले आफ्नो नाउँ प्रकाशित नगरिदिने सर्त राख्दै आईतबार राती अज्ञात मानिसहरुले तृणमूल कार्यलयमा लगाईएको पार्टीको झण्डा निकालेर जलाएको थियो। बिशेष आईतबार मङ्पूमा गोजमुमो पार्टीले बिजय उत्सव पालन गरेको कारण उक्त झण्डा मोर्चाले नै निकालेर जलाउँने कार्य गरेको हुनसक्ने सबैले अनुमान गरेका थिए।
यता झण्डा जलाईएको घट्ना बिहान तृणमूल कार्यकर्ताहरुले थाह पाए पछि सबै आक्रोशित बनेर पार्टी कार्यलय पुगेको तिनले जनकारी गराए। यसरी दुईदलमाझ संघर्षको घटना सृजना भएको तिनले बताएका छन।
0 Response to "मङपू गोजमुमो कार्यालयमा तृणमूल कार्यकर्ताहरुको हमला"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.