
भाईचुङ भोटीया भूमीपुत्र नै हुन – हिल युवा तृणमूल
डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 मार्च 2014। आगामी लोकसभा चुनावलाई केन्द्र गरेर हिल तृणमूल युवा कङ्ग्रेसले संगठन बलियो बनाउँने कार्य आरम्भ गरेको छ। यसैक्रममा आज हिल तृणमूल युवा कङ्ग्रेस कालेबुङ महकुमा समिति गठन गरियो। यहाँक़ो ठकुरबाडी स्थित श्यामा देवी भवनमा आयोजित संगठनको सभमा कालेबुङ महकुमा समिति गठन गरिएको छ। उक्त नवगठित समितिमा सभापति प्रणय थुलुङ, महासचिव पुष्कर ठकुरी, सचिवको पदमा क्रमैले फिरोज प्रधान, यकिन लामिछाने, यौवन शेर्पा, राजेश गर्ग अनि बिपिन प्रधान चयन गरिएको छ। यसका साथै नवगठित समितिमा चारजना सांगठनिक सचिव आदि चयन गरिएको छ।
यस सम्बन्धमा दार्जीलिङ हिल तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष छेवाङ भोटीयाले आगामी लोकसभा चुनावलाई केन्द्र गरेरनै संगठन बलियो पार्ने कार्य गरिरहेको जानकारी दिएका छन। यसक्रममा बोल्दै छेवाङ भोटीयाले तृणमूल युवा कङ्ग्रेसको अब दार्जीलिङ, खरसाङ महकुमा समिति गठन गरेर जिल्ला समिति पनि गठन गर्ने जानकारी गराए। उक्त जिल्ला कमिटिको गठन समाप्त भए पछि आफूहरुले भाईचुङको चुनावी प्रचार अभियानलाई तिब्र पार्ने बताएका छन।
यसक्रममा तिनले भाईचुङ भोटीयाको उम्मेद्वारीतालाई लिएर हिल तृणमूल कङ्ग्रेसमा कुनै फाटो नआएको दाबी गर्दै भोटीया सिक्किम राज्यको भए पनि पहाडको निम्ति भूमीपुत्र बराबर रहेको दाबी गरे। तिनी सांसदको चुनावमा यदि कुनै कारणवस पराजय भए पनि पहाडमा तिनले ममता ब्यानर्जीको माध्यमबाट योजनाहरु ल्याउँन सक्ने जनाए। “राजस्थानको जसवन्त सिह भूमीपुत्र हो ? बप्पी लाहीरी भूमीपुत्र हो ? यसको सट्टा हाम्रा भाईचुङ भूमीपुत्र नै हुन” छेवाङ भोटीयाले भने।
0 Response to "भाईचुङ भोटीया भूमीपुत्र नै हुन – हिल युवा तृणमूल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.