-->
विविध समस्याहरु समाधानको माग गर्दै क्रामाकपाले भेटे महकुमा अधिकारीलाई

विविध समस्याहरु समाधानको माग गर्दै क्रामाकपाले भेटे महकुमा अधिकारीलाई

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 28 फरवरी 2014: । क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले कालेबुङको बिभिन्न समस्याहरुबारे आज महकुमा अधिकारी के राधीका अय्यरलाई भेट गरेर एक ज्ञापन पत्र चडाएको छ। 
पार्टीका केन्द्रिय उपाध्यक्ष जे बी राईको नेतृत्वमा रहेको टोलीले महकुमा अधिकारीलाई शहरमा बडदो पिउने पानीको समस्या, मैलाको समस्या, ट्राफिक समस्या, कार्यलयहरुमा अधिकारीवर्गको कमी, बाटोहरुको दुरावस्था, जनशौचालयको अभाव, सयदिने रोजगार कार्यमा भ्रष्टचार आदि समस्याहरु रहेका छन। उक्त समस्याहरु समाधानको निम्ति यथाशिघ्र पहल गर्नुपर्ने माग गर्दै उक्त समस्याहरुले दैनिक कालेबुङका जनताहरु पिडीत बनिरहेको बताएको छ। 
यस सम्बन्धमा क्रामाकपा उपाध्यक्ष जे बी राईले कुराकानी गर्दै कालेबुङ शहरमा मैलाको समस्या जटील बनिरहेको बताउँदै यसलाई दिर्घकालिन समाधानको निम्ति उचित पहल हुनुपर्ने माग गरे। “कालेबुङ नगरपालिकाले डम्पिङको समस्या अझसम्म पूर्णरुपले गर्न सकेको छैन। शहरमा फोहोर मैलाको बृद्धीले यहाँका जनताले दिनो दिन समस्या भोग्न परिरहेका छन। 
यस अघि डम्पिङको समस्या समाधान गर्नको निम्ति पहल गरे पनि यो पुरा भएको छैन। यदि नगरपालिकाले डम्पिङ निर्माणको निम्ति बन बिभागलाई आफ्नो जमिन हस्तान्तरण गरेर बन बिभागको जमिन लिएर कार्य गरे दिर्घकालिन समस्या समाधानको पहल हुनेछ” जे बी राईले भने। 
यसैक्रममा क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले दार्जीलिङ पहाडमा सय दिने रोजगार कार्यमा व्यापक भ्रष्टचार भईरहेको आरोप लगाउँदै यसबारे बिभागले जाँच गर्नुपर्ने माग गरे। तिनले टिस्टा जलबिद्युत परियोजनाको कारणले टिस्टा नदि किनारामा कोईरी चलाएर जीविका उपार्जन गर्ने सयौ परिवार रोजगार बिहिन भएको बताउँदै यसबारे बिभागले आवश्यक पहल गरेर रोजगार बिहिन जनताको निम्ति सही पदक्षेप ग्रहण गर्नुपर्ने माग गरेका छन। 
तिनले आईला अनि भुकम्प पिडीतहरुले अझसम्म सरकारी सहुलियत पाउँन नसकेको आरोप लगाउँदै उक्त पिडीतहरुलाई न्याय दिनुपर्ने माग गरेका छन।

Related Posts

0 Response to "विविध समस्याहरु समाधानको माग गर्दै क्रामाकपाले भेटे महकुमा अधिकारीलाई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.