
व्यवसायिक प्रतिष्ठानहरुको लाईन काटने कार्य आरम्भ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 फरवरी। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयमा गोजमुमो पार्टीले असहयोग आन्दोलनको नाउँमा बिजुलीको बिल नतिर्ने घोषणा गरेको थियो। आज आएर उक्त बिजुलीको बिल घाँटीमा अड्केको हड्डी नै भएको छ। एकातिर बिद्युत बिभागले बारम्बार आन्दोलनकालमा नतिरेका बिलहरु तिर्नु भन्दै उपभोक्ताहरुलाई नोटीस पठाईरहेको छ भने अर्कोतर्फ बिल नतिर्ने घोषणा गर्ने गोजमुमोले भने यसबारे सरकारसंग बसेर आधिकारीक छिना फानाको कुराकानी समेत गरेको छैन।
यसैक्रममा बिद्युत बिभागले बिल नतिर्ने व्यवसायिक प्रतिष्ठान अनि घरेलु उद्योगहरुको लाईन काटने कार्य पनि आरम्भ गरेको छ। यसक्रममा आज कालेबुङ बिद्युत बिभागका स्टेसन म्यानेजर संजीव अग्रवालको नेतृत्वमा एक टोलीले आन्दोलनकालको बिल नतिर्ने व्यवसायिक प्रतिष्ठान अनि घरेलु उद्योगहरुको लाईन काटने कार्य आरम्भ गरेको छ। यसक्रममा व्यवसायिक प्रतिष्ठानहरुमा आन्दोलनकालमा बिल नतिर्नेहरुको सूचीमा अत्याधिक बिल भएको कालेबुङको चर्चित डा ग्राह्म होम्स बिद्यालय रहेको छ।
डा ग्राह्म होम्स बिद्यालयको आन्दोलन कालमा नतिरेको मोठ बिल 1 करोड 18 लाख रहेको छ भने लाभा बौद्ध गुम्बाको 1 लाख 86 हजार रहेको छ। यस सन्दर्भमा कालेबुङ बिद्युत बिभागका स्टेसन म्यानेजर संजीव अग्रवाललाई प्रश्न गर्दा आन्दोलन कालमा बिजुलीको बिल नतिर्ने अनि अहिलेसम्म अत्याधिक बिल भएका व्यवसायिक प्रतिष्ठानहरुको लाईन काट्ने निर्देश बिद्युत बिभागको उच्च अधिकारीबाट आएको जानकारी गराए। प्रारम्भिक चरणमा कालेबुङका मोठ 26 वटा व्यवसायिक प्रतिष्ठानहरुको बिजुली काटने निर्देश आएको जानकारी गराउँदै उक्त लाईनहरु बिल नतिरेसम्म काटिने जानकारी गराएका छन।
यस अघि बिद्युत बिभागले बिजुलीको बिल काटने नोटीस जारी गरेपछि कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले राज्यको उर्जा मन्त्रीसंग बैठक गरेर बिल माफीको कुरा गर्ने बताएका थिए। यस सम्बन्धमा डा छेत्रीले उर्जा मन्त्रीसंग बैठक गरे पनि उर्जा मन्त्रीले आन्दोलनकालमा नतिरेका सम्पूर्ण बिलहरु उपभोक्ताहरुबाट वसुली गर्नु भन्ने बिभागलाई निर्देश दिएको अनि बिल नतिर्नेहरुका लाईनहरु काटने निर्देश दिएको संजीव अग्रवालले बताएका छन।
“डा हर्कबहादुर छेत्रीले उर्जा मंत्रीसंग कुराकानी गरेको जानकारी प्राप्त भएको छ। यद्यपी उर्जा मन्त्रीले बिल तिर्नै पर्ने बताएको जानकारी पाएका छौँ। यस सन्दर्भमा जीटीएका मुख्य सचिव डा आर डी मिनासंग हाम्रा बिभागीय अधिकारीले कुराकानी गर्दा तिनले यसबारे बिल नतिर्ने उपभोक्ताहरुको लाईन काटने बताएका छन” – संजीव अग्रवालले भने।
0 Response to "व्यवसायिक प्रतिष्ठानहरुको लाईन काटने कार्य आरम्भ "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.