-->
डा महेन्द्र पी लामा एकमात्र योग्य भूमीपुत्र प्रार्थी हुन – क्रामाकपा

डा महेन्द्र पी लामा एकमात्र योग्य भूमीपुत्र प्रार्थी हुन – क्रामाकपा

Taramani Rai
डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 मार्च। दार्जीलिङ पहाड अनि तराई डुवर्सलाई मिलाएर छुट्टै राज्य गठनको वकालत गर्दै चुनावी मैदानमा निर्दलीय प्रार्थीका रुपमा उत्रेका डा महेन्द्र पी लामालाई बिजय बनाउँन क्रामाकपाले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने भएको छ। डा लामालाई समर्थनको घोषणा पछि अब तिनको पक्षमा चुनाव प्रचार गर्न क्रामाकपा मैदानमा ओर्लिने भएको छ। 
क्रामाकपाले डा लामाको पक्षमा चुनाव प्रचार गर्नको निम्ति आज कालेबुङमा आञ्चलिक चुनाव समिति गठन गरेको छ। क्रामाकपा केन्द्रिय महासचिव तारामणी राईले पत्रकारहरु संग कुराकानी गर्दै डा लामा एकमात्र योग्य भूमीपूत्र प्रार्थी हुन भनि दाबी गरे। “
डा लामा योग्य भूमीपूत्र प्रार्थी हुन। जनताले चाहेको भूमीपूत्र अनि योग्य प्रार्थीलाई हामीले समर्थन गरेका छौँ। अब जनताले योग्य भूमीपुत्रलाई साथ दिन आवश्यक छ” तारामणी राईले भने। यस अवसरमा तिनले डा महेन्द्र पी लामालाई समर्थन गर्नुको कारणहरु पनि सार्बजनिक गरे। क्रामाकपाले यस अघिका चुनावहरुमा धेरै प्रार्थीहरुलाई बिनासर्त समर्थन गरे पनि आजसम्म उक्त प्रार्थीहरुले आखिरममा धोका दिएको कारण यसपल्ट पार्टीले सर्त राखेको बताए। 
क्रामाकपाले राखेका सर्तहरुलाई डा लामाले स्वीकार गरेको कारण तिनलाई समर्थन गरेको बताउँदै अव पार्टीले सम्पूर्ण शक्तिहरुलाई प्रयोगमा ल्याउँदै तिनको प्रचारलाई तिब्र अघि बडाउँने बताए। यस अघि पार्टीको डा लामासंग दुईचोटी बैठक भएको अनि बैठका सम्पूर्ण बिषयहरुमा गहन चर्चा पछि सबैको सहमती बनेको तिनले बताए। लोकसभा चुनावको परिणाम पछि एउटा नीति निर्धारण समिति गठन गरिने पनि तिनले जानकारी दिदै यस समितिमा संसदको मामिलाहरूसित सम्बन्धित विशेषज्ञहरू रहने तिनले बताएका छन। 
“लामा सासंद भएको खण्डमा उनले आफूखुशी मात्र काम गर्दैनन् तर नीति निर्धारण कमिटीको सुझाउलाई पनि सिरोपर गर्नेछन्। अलग राज्य गोर्खाल्याण्डको मुद्दासितै अन्य विकासका मुद्दाहरूलाई सासंदमा उठाउन समितिले तयार पारेको आवश्यकीय सुझाउहरूलाई पनि डा. लामाले स्वीकार गरेर काम गर्ने कुरामा सहमति बनिसकेको छ। सासंद भएर उनले उठाएका मुद्दाहरूको संसदमा सुनुवाई नभए पदबाट राजीनिमा दिएर जनआन्दोलनमा उत्रिने क्रामाकपाको सुझाउलाई पनि डा. लामाले स्वीकार गरिसकेका छन्” तारामणी राईले भने। 
यसरी नै राईले अझ भने अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हासिल गरेको खण्डमा देशमा सरकार बनाउन कुनै राष्ट्रिय दलसित हात मिलाउनु परेको खण्डमा पनि नीति निर्धारण समितिको परामर्श लिन डा. लामा तयार भएका छन्। यसबाहेक सासंद कोशसमेत समितिसितको आपसी सहमतिमा उचित ठाउँमा प्रयोग गरिनेछ। यी जम्मै कुराहरू डा. लामाले स्वीकार गरेकाले पनि क्रामाकपाले डा. लामालाई समर्थन गरेका हुन्। तिनले कुराकानीकै क्रममा अब चाँडै डा लामाको चुनावी घोषणा पत्र जारी गरिने अनि उक्त घोषणा पत्रमा छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा पहिलो मुद्दा हुने तिनले जनाए। यसका साथै चुनावी घोषणा पत्रमा पहाड विकासका योजना, कृषक, वनबासी एंव श्रमिकहरूका शिक्षा, रोजगार. पिउने पानी जस्ता सर्वसाधरणका समस्याहरू उल्लेख हुने पनि राईले बताए। 
डा लामालाई बिजय बनाउँनको निम्ति पार्टीले केन्द्रीय स्तरदेखि महकुमा, जोनल लगयात बुथ स्तरमा दार्जीलिङ डुवर्स युनाइटेड डेभलप्मेन्ट फाउन्डेसनसित मिलेर संयुक्त कार्यक्रमहरू गर्ने भएको तिनले अझ जानकारी गराए। यता कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले डा. लामाका प्रचारका निम्ति क्रामाकपाले आज 14 जनाको चुनाउ समितिले गठन गरेको जानकारी गराए। उक्त समितिले कालेबुङ महकुमा लगयात संलग्न क्षेत्रहरूमा सडकमा ओर्लेर कार्यक्रम गर्ने तिनले अझ बताएका छन।

0 Response to "डा महेन्द्र पी लामा एकमात्र योग्य भूमीपुत्र प्रार्थी हुन – क्रामाकपा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.