-->
बन्द तोर्सा  चिया बगानको समस्या समाधानार्थ प्रसाशन अघि आउन आवस्यक: जोन बारला

बन्द तोर्सा चिया बगानको समस्या समाधानार्थ प्रसाशन अघि आउन आवस्यक: जोन बारला

राजेश शर्मा, कालिमन्युज, जयगांव 3 फरवरी 2014 । डुवर्सका बन्द भएका कतिपय चिया बगानहरु खोल्ने प्रयास भैरहेको भएता पनि पुन नया चिया बगानहरु बन्द हुन लागेकोले मजदुरहरु बिचल्नीमा परेका छन। अदिवासी नेता जोन बारलाले यस सम्बन्धमा डुवर्सका बिभिन्न चिया बगानको भ्रमण गरिरहेका छन।
यसै क्रममा तिनले 18 दिनदेखि बन्दभएको तोर्सा चिया बगान पुगेर यस चिया बगानका मजदुरहरुसंग एक बैठक बसे। यस बैठकबारे प्रश्न गर्दा उनले कालिमन्युजलाई बताए कि यस डुवर्स क्षेत्रमा लगभग चार भन्दा ज्यादा चिया बगान अझै पनि बन्द छन। यी चिया बगानहरुमा श्रमीक मजदुरको रुपमा काम गर्ने बेसी मानिस गोर्खा एंव आदिवासी छन। उनिहरु सबैको हालत यहा गम्भिर देखिएको छ। यसको निम्ति सरकार अघि आएर समस्या सुल्झाउने प्रयास गर्नु पर्नेछ। 
मजदुरहरुसंग चिया बगान बन्दबारे प्रश्न गर्दा उनिहरुले बताए कि बगानमा गरीब जनतालाई शोसन गर्ने काम युगौदेखि भैरहेकोछ जो अझ सम्म रोकिएकोछैन। शोसन रोकिनसाथ नै बगानको समस्या सुल्झिनेछ। 
मालिक पक्षलाई चिया बगान बन्दबारे प्रश्न गर्दा आगामी 10 फरवरीमा तोर्सा बगान खोलिने बताए| उक्त बगान त्यस दिन नखोलिए भूटान एंव हासिमारा पथमा मजदुरवर्ग उत्रिएर प्रदर्शन गर्ने सम्भावना रहेकोछ । 
बारलाले बताए कि मालिक एंव मजदुरमाझ बैठक बसेर् समस्या समाधान गर्नु पर्नेछ नत्र मजदुरवर्गको सहनशिलताले सिमा पार गरे जोरदार आन्दोलन हुन सक्नेछ। हुन सक्नेछ यस आन्दोलनलाई सम्पूर्ण डुवर्सलाई नै प्रभाव पार्नेछ। उनले यो पनि बताए कि उनका समर्थकहरुले पनि यसमा समर्थन जनाउनेछन ।
आज जोन बारलासंग बसेको बैठकमा तोर्साचिया बगानका सबै ट्रेड यूनियनका नेता उपस्थित थिए। बैठकमा तोर्सा चिया बगानका पंचायत समिति प्रधान ललित किराला, उपप्रधान बिनोद उराव, DTDPLU का पुस्प सुवेदी, NEPUWका जुनास खालको,PTWUका सनि उराव, सुजित महाली, सुधिर मोक्तान लगायत अन्यहरू उपस्थित थिए ।

0 Response to "बन्द तोर्सा चिया बगानको समस्या समाधानार्थ प्रसाशन अघि आउन आवस्यक: जोन बारला "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.