कालेबुङको बिभिन्न स्थानहरुमा विश्व पर्यावरण दिवस पालन
यस अवसरमा कार्यक्रममा नगरपालिका अध्यक्ष एल बी परियार, उपाध्यक्ष गंगामाया गुरुङ लगायत नगर पार्षदहरुको उपस्थिति रहेको थियो। सोही अवसरमा यहाँको उज्ज्वल बोङ संघ, गणेश प्राथमिक पाठशाला, गणेष उच्च बिद्यालय, सरस्वती प्राथमिक पाठशाला, हिल सोसियल वेल्फेयर सोसाईटी, जन कल्याण संघ आदिले शहरमा विश्व पर्यावरण दिवस पालन गर्दै एउटा र्याली निकालेको थियो।
पर्यावरण चेतना जगाउँन निकालिएको उक्त र्यालीमा बिद्यार्थीवर्ग लगायत अन्य मानिसहरुले पर्यावरण सम्बन्धि लेखिएका बिभिन्न प्लाकर्डहरु बोकेका थिए। यहाँको नगरपालीका कार्यलयबाट शुरु भएको उक्त सचेतनता र्यालीले यहाँको मेन रोड हुँदै दश माईल फाटक भएर नगर परिक्रमा गरेपछि यहाँको डम्बर चौकमा आईपुगेर समापन भएको थियो। यस अवसरमा बिभिन्न बिद्यालयबाट आएका शिक्षक शिक्षिकावर्गले पर्यावरण चेतना बिषयमा मानिसहरुलाई अवगत गराए।
यसरी नै यहाँको डुङ्ग्रा स्थित डुङ्ग्रा स्वनिर्भर भवनमा पनि विश्वपर्यावरण दिवस पालन गरियो। सेंटर फर माउण्टेन डाईनमिक अनि डुङ्ग्रा स्वनिर्भर समुह क्लस्टरको सयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई पूर्व प्रधान नयन प्रधानले अध्यक्षता गरेका थिए भने सह अभियन्ता राजु दियाली मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रममा क्षेत्रका बिभिन्न संघ संस्था लगायत बिद्यार्थीवर्गको सहभागीता रहेको थियो। सोही अवसरमा बड्दो पर्यावरण प्रदुषण प्रति जागरुक बन्नुपर्ने वक्ताहरुले अह्वान गरे।
बड्दो पर्यावरण प्रदुषण प्रति सन्तुलन ल्याउँन बृक्ष रोपन अनिवार्य रहेको बताउँदै सोही क्षेत्रमा बिभिन्न प्रजातिका बृक्ष रोपन कार्य पनि सम्पन्न भएको थियो।
अर्कोतिर यहाँको बी एल दिक्षित रोडमा अवस्थित प्यारामाउण्ट बिद्यालयमा पनि विश्व पर्यावरण दिवस पालन गरियो। बिद्यालयका प्राचार्य अनुपम लामाले कार्यक्रमलाई सम्बोधन गर्दै बनस्पति पौधाहरु बिषयमा अवगत गराए। तिनले पर्यावरण प्रति सचेत बन्ने आह्वान गर्दै बिद्यार्थीवर्गलाई पर्यावरण चेतना सम्बन्धि जानकारी गराए। यस अवसरमा बिद्यार्थीहरुले पर्यावरण सम्बन्धि बनाएका बिभिन्न प्रकारका चित्र प्रदर्शनी सम्पन्न भएको थियो।
यसरी नै यहाँको ईण्डो टिबेटेन बिद्यालयमा पनि विश्व पर्यावरण दिवस पालन गरियो। यस अवसरमा बिद्यालयमा शिक्षक शिक्षिकावर्गको अगुवाईमा बिद्यालय परिसरमा बिद्यार्थीवर्गले बृक्ष रोपन गरे।
0 Response to "कालेबुङको बिभिन्न स्थानहरुमा विश्व पर्यावरण दिवस पालन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.