-->
बिश्व पर्यावरण दिवस: शहरको मैला प्रदुषण फैलाउँदै

बिश्व पर्यावरण दिवस: शहरको मैला प्रदुषण फैलाउँदै

डी के वाइबा, कालिमन्युज, कालेबुङ 5 जुन। दैनिक शहरमा बडीरहेको प्रदुषण अनि प्रर्यावरण नष्ट प्रति जागरुक बन्नुपर्ने आह्वान गर्दै प्रत्येक वर्ष पर्यावरण दिवसको अवसरमा बिभिन्न संघ सस्था, सरकारी कार्यलय आदिले पर्यावरण सचेतना कार्यक्रम गर्ने गर्दछ। वर्षमा एक दिन पालन गरिने उक्त पर्यावरण दिवस अहिले घरी केवल एउटा पर्व सरह नै बनेको छ। 
घरको भित्तामा झुण्डिएको क्यालेण्डरमा 5 जुनलाई पर्यावरण दिवस पालन गरिने अघिबाटै तय गरेपछि मानिसहरु शहरमा हरियो बन राष्ट्रको धन, शहरलाई सफा राखौ आदि स्लोगानहरु लेखिएको बिभिन्न प्लाकार्डहरु बोकेर र्‍याली निकाल्छन। हैसेमा होष्टे थप्न कतै बृक्ष रोप्ने कार्य हुन्छ त कतै मैला टिप्ने कार्यहरु समेत हुने गर्छ। तर उक्त कार्यक्रमहरु पर्यावरण दिवस सकेको भोलिपल्टनै केवल कार्यक्रममा सिमित बन्दै आईरहेको छ। 
चाहे पर्यावरण दिवसको दिन र्‍यालीमा हिड्नेहरु होस अथवा बृक्ष रोपन गर्नेहरु होस कार्यक्रम समाप्ति पछि भने साँच्चै पार्यवरण प्रति सचेत भने पटक्क देखिएको छैन। यसमा चाहे नगरमा बस्ने आम नगरिकहरु होस अथवा नगरलाई सञ्चालन गर्ने नगर प्रशासन नै किन नहोस। कालेबुङ शहरको सन्दर्भमा भन्न पर्दा स्वच्छ कालेबुङ शहरलाई सफा राख्ने जिम्मेवारी आम नागरिकहरुले नगरलाई सञ्चालन गर्ने नगर प्रशासनको देख्ने गरेको छ। शहरका बासिन्दाहरुबाट बिभिन्न प्रकारका ट्याक्सहरु संकलन गर्ने नगरपालिकाले शहरलाई स्वच्छ बनाउँनुपर्ने जिम्मेवारी हो भनेर शहरवासीहरुले निर्धक्क भन्ने गरिरहेका छन। तर नगरलाई सञ्चालन गर्ने कालेबुङ नगरपालिका भने शहरभरी मैलाको थाकहरु थुपारेर विश्व पर्यावरण दिवसको औपचारिकता पुरा गर्न नै व्यस्त रहेको देखिएको छ। 
उसै पनि शहर सुन्दरीकरणको नारा लगाएर शहरलाई सुन्दर बनाउँने परियोजनाहरु नगर प्रशासनले हातमा लिने गरे पनि उक्त परियोजनाहरु पनि केवल कागजमा नै सिमित बन्दै आईरहेको छ भने शहर सुन्दरीकरणको नारा पनि शहरमा थुप्रिएको मैलाको थाकहरुले गलत प्रमाणित गरिदिएका छन। यद्यपी वर्षमा एक दिन भित्ताको क्यालेण्डरमा झुण्डिएको 5 जुनलाई भने केवल औपचारिकताकै निम्ति भए पनि विश्व पर्यावरण दिवस पालन गरिन्छ। ठिक त्यस्तै घटना आज पनि भयो। 
विश्व पर्यावरण दिवसको अवसरमा सदा झै आज पनि कालेबुङ शहरको बिभिन्न स्थानहरुमा पर्यावरण दिवस पालन गरियो। मानिसहरु पर्यावरण सम्बन्धि लेखिएका प्ला कार्डहरु बोकेर जुलुसमा निस्किए। कालेबुङ नगरपालिकाले पनि सदा झै आज पनि पर्यावरण दिवस पालन गर्‍यो। तर यता शहरमा भने मैलाको थाकहरुले पर्यावरण दिवस कार्यक्रमलाई नै मानिसहरुले अवहेलना गरिरहेका छन कि भनेर हेरिरहेको जस्तो देखिन्थ्यो। 
यहाँको कञ्चन सिनेमा हल अघिल्लतिर थुप्रिएको मैलाको थाक होस अथवा, हाटबजारमा थुप्रिएको मैलाको थाकहरुले होस आज विश्व पर्यावरण दिवस पालन गर्ने सबैलाई नै जिस्काएको जस्तै देखिन्थ्यो। 
यता शहरमा पर्यावरण दिवस पालन गर्ने मात्र होईन शहरमा आफैलाई सभ्य भनेर घमण्ड गर्दै बस्नेहरुलाई पनि शहरमा थुप्रिएको मैलाको थाकहरुले विश्व पर्यावरण दिवसकै अवसरमा व्यङ्ग्य कसिरहेको थियो। शहरलाई सञ्चालन गर्ने नगर प्रशासन प्रति त शहरमा बड्दो मैलाको थाकहरुको ब्यङ्ग्य थियो नै साथै शहरवासीलाई पनि पर्यावरण चेतनाको गतिलो पाठ पडाउँनै पर्ने अप्रत्याशित बङ्ग्य मैलाकै थाकहरुले कसिरहेको थियो। 

Related Posts

0 Response to "बिश्व पर्यावरण दिवस: शहरको मैला प्रदुषण फैलाउँदै"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.