-->
जनजातिको मागमा जारि रहेको क्रमिक अन्शन समाप्त ...... मुख्यमन्त्रीको आश्वासन पाएर स्थगित गरेका हौँ - खम्बु राई राईट्स मूभमेन्ट

जनजातिको मागमा जारि रहेको क्रमिक अन्शन समाप्त ...... मुख्यमन्त्रीको आश्वासन पाएर स्थगित गरेका हौँ - खम्बु राई राईट्स मूभमेन्ट

डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 जनवरी 2014। ‘खम्बु राई राईट्स मूभमेन्ट’को आयोजनामा किराँती खम्बु राईहरुलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै सुरु गरेको क्रमिक अन्शन आज समापन भयो। 
गत पाँच दिनदेखी जारी रहेको क्रमिक अन्शनलाई ‘खम्बु राई राईट्स मूभमेन्ट’ले आजदेखि स्थगित राख्ने घोषणा गरेको छ। 
किराँती खम्बुहरुले मागिरहेको जनजातिको मान्यतालाई अघि बडाउँन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्र सरकार समक्ष पहल गरिदिने आश्वासन दिएकै कारण आखिरमा उक्त अन्शन स्थगित गरिएको ‘खम्बु राई राईट्स मूभमेन्ट’ले बताएको छ। 
गत 21 जनवरीको दिन मिरिकमा मुख्य मन्त्री ममता ब्यानर्जीले जनजातिको मागलाई केन्द्र सरकार समक्ष राखिदिने आश्वासन दिएकी थिईन। मुख्यमन्त्रीबाट उक्त आश्वासन पाए पछि आखिरमा आज देखि अन्शनलाई स्थगित गरिएको हो। 
यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा बुधबार देखि 24 घण्टा व्यापी क्रमिक अन्शनमा बसेका 15 जना युवाहरुको समय सिमा पुग्नसाथै आखिरमा उक्त अन्शनलाई स्थगित गरिएको छ। यसक्रममा किराँती खम्बु राई सांस्कृतिक संस्थानका केन्द्रिय अध्यक्ष अरुणप्रकाश राई, ‘खम्बु राई राईट्स मूभमेन्ट’का संयोजक बिनेश खम्बु, प्रवक्ता सन्दिप खम्बु लगायत बिभिन्न स्थानहरुबाट आएका किराँती खम्बुहरुले अन्शनकारीहरुलाई खदा लगाएर बधाई दिए। 
अर्कोतिर जनजातिको मागमा किराँती खम्बुहरुले सुरु गरेको अन्शनको आज अन्तिम दिन कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रील पनि अन्शन स्थलको परिभ्रमण गर्दै अन्शनकारीहरुलाई खदा लगाएर शुभकामना व्यक्त गरे। 
यसक्रममा सभासद डा आर बी भुजेल, गोजमुमो केन्द्रिय समिति सदस्य नोर्देन लामा आदिले पनि अन्शनकारीहरुलाई भेटगरेर शुभकामना व्यक्त गर्दै किराँती खम्बु राईहरुको मुद्दामा आफुहरु पनि साथ रहेको बताए। 
यता अन्शनको आज अन्तिम दिन कालेबुङ कृषक कल्याण संगठनका महासचिव बिष्णु छेत्री, सिङसा भोटिया बुद्धिष्ट ट्राईबल संघ, तक्लिङ पेशोक समष्टिका तृणमूल काङ्ग्रेस प्रतिनिधी आदिले पनि अन्शन स्थलको परिभ्रमण गर्दै खम्बुहरुको जनजातिको मागलाई समर्थन रहेको मन्तव्य जाहेर गर्दै शुभकामना व्यक्त गरे। यता किराँती खम्बु राईहरुले जारी राखेको क्रमिक अन्शनलाई अझ केहि दिन सम्म जारी राख्ने बताएको 24 घण्टा बित्न नपाई अन्शनलाई स्थगित राखेको बिषयमा ‘खम्बु राई राईट्स मूभमेन्ट’का प्रवक्ता सन्दिप खम्बुले गत 21 जनवरीको दिन मिरिकमा किराँती खम्बु राईको प्रतिनिधी टोलीलाई सकारात्मक आश्वासन दिदै जनसमावेसमा खम्बुहरुको मुद्दालाई अघि बडाउँने घोषणा गरेको कारण तिनको सकारात्मक आश्वासनलाई केन्द्र गरेर आखिरमा यस क्रमिक अन्शनलाई स्थगित राखेको स्पष्टिकरण दिएका छन। 
“मुख्यमन्त्री ममता ब्यानर्जीले हामीलाई जनजातिको मुद्दा अघि बडाईदिने आश्वासन दिएकी छिन। तिनको आश्वासन पाए पछि कोर कमिटिको बैठक बसेर नै क्रमिक अन्शन स्थगित राख्ने निर्णय गरिएको छ” सन्दिप खम्बुले भने। 
यसक्रममा तिनले जनजातिको मान्यताको माग गर्दै आज देशका प्रधानमन्त्रीलाई ‘खम्बु राई राईट्स मूभमेन्ट’ले फ्याक्सवार्ता पठाएको जानकारी गराएका छन।

0 Response to "जनजातिको मागमा जारि रहेको क्रमिक अन्शन समाप्त ...... मुख्यमन्त्रीको आश्वासन पाएर स्थगित गरेका हौँ - खम्बु राई राईट्स मूभमेन्ट"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.