-->
किराँती खम्बुहरुको मागलाई सय प्रतिसत समर्थन छ – डा हर्कबहादुर छेत्री

किराँती खम्बुहरुको मागलाई सय प्रतिसत समर्थन छ – डा हर्कबहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 23 जनवरी 2014। “हामीले यस मागलाई केवल राई सम्प्रदायको माग मात्र हो भनेर हेरेका छैनौँ। राईहरु गोर्खा जातिको एउटा अभिन्न अंग भएका कारण पनि हामीले यसलाई गोर्खा जातिकै मागको रुपमा हेरेका छौँ। आज राई जस्तै लिम्बुले जनजातिको मान्य पाउँदा राईलाई छोड्नु ठिक होईन। आज यिनीहरुको क्रमिक अन्शनले राज्य सरकारमा खबर पुगेको छ। अब राज्य सरकारको जिम्मेवारी सीआरआईलाई दबाव दिएर जनजातिको मान्यता दिलाउँनु हो” उक्त कुरा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले किराँती खम्बु राईहरुको क्रमिक अन्शन स्थलको दौडाह गरेर भनेका हुन। 
जनजातिको मागमा शुरु गरेको अन्शनको आज अन्तिम दिन आएका बिधायक डा हर्कबहादुर छेत्रीले यस अवसरमा किराँती खम्बुहरुको मागलाई आफूहरुको सय प्रतिसत समर्थन रहेको बताउँदै आफ्नो पक्षबाट सकेसम्म सहयोग गर्ने आश्वासन दिए। “हामी यहाँ अन्शन स्थलमा तपाईँहरुको मागलाई समर्थन गर्दै खम्बुहरुको आन्दोलन केवल खम्बुहरुको मात्र होईन हाम्रो पनि हो भन्न आएका हौँ। खम्बुहरुले जनजातिको मान्यता पाए गोर्खा जातिकै बिकास हुनेछन” डा छेत्रीले भने। 
यसक्रममा तिनले आफू बिधायक भएको नातामा आगमी दिनमा यस मुद्दालाई कोलकोता अनि दिल्लीमा अघि बडाउँने कार्यमा अघि बडाउँने तिनले बताए। यसक्रमा तिनले किराँती राईहरुसंग अनुसूची बाहेक सम्पूर्ण गोर्खा जातिलाई नै जनजातिको मान्यता दिनपर्ने तिनले माग गरे।
अर्कोतर्फ तिनलाई सुवास घिसिङले छैटौँ अनुसूचीको माग गरेको बिषयमा मोर्चाले अघिका दिनहरुमा गरेको बिरोध अनि अहिले आएर गोजमुमो आफैले जनजातिको मागलाई अघि बडाईरहेको बिषयमा प्रश्न गर्दा डा छेत्रीले सुवास घिसिङको छैटौँ अनुसुची कतिपय राम्रो भए पनि त्यस छैटौँ अनुसूचीमा बहुसंख्यकको सुनवाई नहुने अवस्था भएको बताए। 
यसैक्रममा तिनलाई आग्मी लोकसभा चुनाव बिषयमा प्रश्न गर्दा मोर्चाले यसबारे अहिले केही नसोचेको बताउँदै समय आए पछि मात्र चर्चा गर्ने स्पष्ट परे।

0 Response to "किराँती खम्बुहरुको मागलाई सय प्रतिसत समर्थन छ – डा हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.