दार्जिलिङको समस्या समाधान गर्ने हो भने विकल्प सिक्किमसंग एकिकरण वा केन्द्र शासीत राज्य गठन :राष्टीय मजदुर अध्यक्ष अशोक चौधरी
मजदुर संगठन अध्यक्ष अशोक चौधरी अनि महासचिव राजा राई |
2014को लोक सभा चुनाँउलाई मध्य नजर राख्दै सत्तामा रहेको केन्द्रीय काग्रेस पार्टीको मजदुर संगठन अध्यक्ष अशोक चौधरीसंग लिएको एक अन्तरवार्तामा तिनले भने कि "अहिले परिवर्तनको पक्षमा जनता छन यसैले पार्टीले आफ्नो रणनिति सठिक रुपमा अपनाउनू पर्छ "। तिनले यो पनि भने कि "य़ुपिए सरकार देशको विकाश बारे चिंतित छ साथ साथै यो नया राज्य निर्माणको पक्षमा पनि छ यसैले स-साना राज्य गठनको बिषय माथी यसले चर्चा गरीरहेको छ । पार्टी भित्र स-साना राज्य गठन हुदाँ लाभ हुने वा नहुने त्यस माथी दिनोदिन चर्चा भैरहेकोछ । तर भाजपा पार्टीले जनतालाई भ्रममा राख्दै तिनीहरु मात्र स-साना राज्यको पक्षमा रहेको बताउदैछ्" ।
"दार्जीलिङको गोर्खाल्याण्ड राज्यको निर्माण बारे दार्जीलिङ लगायत डुवार्स अनि तराईलाई लिएर केन्द्र सरकारले केही गर्ने नयाँ सोच राख्दै चर्चा गरी रहेको छ तथा यूपीए सरकारले केन्द्र शासीत प्रदेशको दर्जा दिने पनि एउटा विकल्पको रुपमा समाधान बारे सोचिरहेकोछ। दार्जीलिङ लगायत, डुवर्स एंव तराईलाई मिलाएर एउटा बोर्ड् तयार गर्ने वा सिक्किमसंग एकिकरण गर्ने वा केन्द्र शासीत ब्यवस्था उपलब्ध गराउने विकल्पहरुको रुपमा प्रस्तावना आएको र त्यसबारे चर्चा भई रहेको छ," तिनले थप बताए । यस बिषयमा सिक्किमका जनता अनि सिक्किम सरकार तथा छुट्टै राज्य आन्दोलनकारी बीचमा आलोचना गरी गोर्खाल्याण्ड राज्यको साटो केन्द्र शासीत राज्य वा सिक्किम राज्यसंग मिलाउने सम्भावना कति सम्म सम्भाव्य छ या छैन त्यो निर्क्योल गरेर निर्णय लिनु पर्ने भएको तिनले थप बताए ।
चौधरीलाई बर्तमान राजनैतिक परिवर्तन बारेमा प्रश्न् राख्दाँ तिनले भने "तिनको पार्टीका कतिपय कार्यकर्ताहरुको पार्टी क्रियाकलाप ठिक नहुदाँ आज चुनाँउमा नराम्रो परिणाम भएको हो । काग्रेस पार्टी देशको सबैभन्दा पुरानो पार्टी हो जो 40 सालसम्म देशमा पहिलो स्थानमा रहेको थियो तर आज किन यस्तो अवस्था भयो भने पार्टीका कर्मठ सदस्यहरुले जनताको हितमा काम नगरेको कारणनै आज पार्टीले यस्तो दुरअवस्थाको मुख देख्न परेको हो। "
"अहिले पार्टीले तर आफ्नो रणनितीमा परिवर्तन ल्याएको छ त्यो हो मजदुर अनि गरिब जनताको हित एंव साधारण जनताको हितको निम्ति काम गर्ने र यसमा खास ध्यान दिने । कतिपय बैठकमा यी विषयहरुमा पार्टीले कतिपय प्रस्तावना पारीत गरी सकेको छ" तिनले थप बताए ।
बिगत् दिनमा पार्टीबाट भएको भूललाई सुधार गर्दै काग्रेस सत्तामा रहदाँ जनताको हितमा गरेको काम अनि गरिब जनताको हितमा बनाइएको योजनाहरु जनता समक्ष प्रचारमा कमी भएकोलेनै आज यस्तो अवस्थाको शिकार भएको तिनले थप बताए । तिनले भने "सत्तामा रहदाँ 3 रुपियी केजी चामल औ 2 रुपियाँ गहु वितरण इन्दिरा गांधी सड्क योजना, 100 दिने योजनाहरु आदि काग्रेसको सरकारले गरिसकेकोछ" ।
"गरीब श्रमीकहरुको ज्यादाँ संख्या चिया बगानको क्षेत्रमा रहेकोले पार्टीले चिया बगान क्षेत्रमा रहेको मजदुरको हाल खबरको जायजा लिदै रिपोट तयार पार्ने यूनियनका मूल सचिव राजा राईलाई कार्य भार सुम्पिएकोछ । आगामी 2014 को लोक सभा चुनाँउमा अन्य कुनै पार्टीहरु संग गठबंधन नगरि कांग्रेस पार्टी सिक्किम, असम औ बंगालमा चुनाउँमा उत्रिनेछ" चौधरीले अझै बताए।
0 Response to "दार्जिलिङको समस्या समाधान गर्ने हो भने विकल्प सिक्किमसंग एकिकरण वा केन्द्र शासीत राज्य गठन :राष्टीय मजदुर अध्यक्ष अशोक चौधरी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.