-->
जनजातिको मागमा “खम्बु राई राईट्स मूभमेन्ट”ले शुरु गर्‍यो क्रमिक अन्शन

जनजातिको मागमा “खम्बु राई राईट्स मूभमेन्ट”ले शुरु गर्‍यो क्रमिक अन्शन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 18 जनवरी 2014। “खम्बु राई राईट्स मूभमेन्ट”ले किराँती खम्बुहरुलाई सरकारले अनुसूचित जनजातिको मान्यता दिनुपर्ने माग गर्दै आज देखि यहाँको थाना डाँडा स्थित त्रिकोण पार्कमा क्रमिक अन्शन शुरु गरेको छ।
आज देखि शुरु गरिएको 24 घण्टाव्यापी क्रमिक अन्शनको पहिलो दिन महाकाल डाडा शाखाका 9 जना खम्बु युवाहरुले भाग लिएका छन। बिहान किराँती पुरोहित माङपाहरुले किराँती विधी अनुसार पुजा अर्चना गरेपछि उक्त अन्शन शुरु भएको हो। 
यस अवसरमा किराँती खम्बु राई सांस्कृतिक संस्थानका केन्द्रिय अध्यक्ष अरुण प्रकाश राईले अन्शनकारीहरुलाई खदा लगाएर शुभकामना व्यक्त गरे। 
यस अघि किराँती खम्बु राईहरुको मेला ग्राउण्डमा आयोजित कार्यक्रममा सरकारले जनजातिको मान्यता दिनुपर्ने माग गर्दै आज देखि क्रमिक अन्शन गर्ने घोषणा गरेपछि नै उक्त अन्शन शुरु भएको हो। 
पहिलो दिनको अन्शनमा विजय राई, युगल राई, भुपिन राई, सितल राई, अन्मोल राई, सहदेव राई, विसन राई, विरेन खम्बु अनि अनुप राई बसेका छन्। किराँती राईहरू खाँटी जनजाति भए पनि सरकारले आजसम्म जनजातिको मान्यता नदिएको कारण यसरी क्रमिक अंन्शन गरेर सरकारको ध्यान आकर्षण गरेको “खम्बु राई राईट्स मूभमेन्ट”का प्रवक्ता सन्दिप खम्बुले बताएका छन।

0 Response to "जनजातिको मागमा “खम्बु राई राईट्स मूभमेन्ट”ले शुरु गर्‍यो क्रमिक अन्शन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.