-->
जनजातिको मान्यता नदिए चुनाव बहिष्कार गर्नेछौँ - खम्बु राई राईट्स मुभमेन्ट

जनजातिको मान्यता नदिए चुनाव बहिष्कार गर्नेछौँ - खम्बु राई राईट्स मुभमेन्ट

डी के वाइबा, कालिमन्युज, कालेबुङ 16 जनवरी 2014। किरातीँ खम्बु राईलाई भारत सरकारले जनजातिको मान्यता दिनुपर्ने किरातीँ खम्बु राई साँस्कृतिक संस्थानले माग गरेको छ। जनजातिको मागमा धेरै चोटी सरकारलाई दस्तावेजहरु चडाईसकेको संस्थानको युवा संगठनले अब उसो सडकमा आन्दोलन गर्ने घोषणा पनि कालेबुङको मेला ग्राउण्डबाट गरेको छ। 
किराँतहरुको 5074 औँ नयाँ वर्ष यलेदोङ पर्वको आवसरमा आयोजित कार्यक्रममा जनजातिको मागमा अब सडकमा आन्दोलन गर्ने घोषणा गरेको हो। किराँती खम्बु राई सांस्कृतिक संस्थानको युवा संगठनको देखरेखमा गठन गरिएको ‘खम्बु राई राईट्स मुभमेन्ट’ले अब उसो जनजातिको आन्दोलनलाई अघि बडाउँने घोषणा गर्दै खम्बु राई राईट्स मुभमेन्ट’का प्रवक्ता सन्दिप खम्बुले आन्दोलनको घोषणा गरे। 
“खम्बुहरु जनजाति हुन अनि सरकारले यथाशिघ्र जनजातिको मागलाई संविधान अनुसार मान्यता दिनुपर्छ। जनजातिको मागमा अब ‘खम्बु राई राईट्स मुभमेन्ट’को पहिलो कार्यक्रम 18 जनवरी 2014 को दिन देखि कालेबुङको त्रिकोण पार्कमा रिले अन्शनबाट सुरु हुनेछ। सुरुमा 9 जना खम्बुहरुले रिले अन्शन गर्नेछन” सन्दिप खम्बुले कार्यक्रमको घोषणा गर्दै भने। यसक्रममा तिनले सरकारले यदि खम्बुहरुको जनजातिको मागलाई ध्यान नदिए आमरण अन्शन गर्ने चेतावनी पनि दिएका छन। 
“खम्बुहरु जनजाति हो भन्ने हामीले सरकारलाई भनिसकेका छौँ। यदि सरकारले यसकुरामा उचित पदक्षेप नगरे आगामी दिनमा खम्बुहरुले लोकसभा चुनाव समेत बहिस्कार गर्न पछि पर्नेछैन। गणतन्त्रमा जनताले गणतान्त्रिक परिकारले गर्ने कार्यहरु हामी सबै गर्नेछौँ” सन्दिप खम्बुले अझ भने। 
यसक्रममा तिनले कोलकोता अनि दार्जीलिङ जिल्लाको कालेबुङ, खरसाङ अनि दार्जीलिङमा खम्बु भवन निर्माण गर्ने माग पनि गरेका छन। किराँती खम्बुहरुले जनजातिको माग गर्दा गोर्खा जातिको बिभाजन नहुने बताउँदै यहाँ गोर्खा जातिमा बिभाजन ल्यायो भन्ने किराँती खम्बुहरुलाई आरोप नलगाईदिने तिनले आह्वान गरे। “जनजातिको मागमा हामीले गोर्खा जातिमा बिभाजन ल्याउँने कार्य गरेका होईनौँ। हाम्रा गोर्खा जातिमा अन्य समुदायले जानजातिको मर्यादा पाउँदा बिभाजन भएका छैनौ भने हामीले जनजातिको माग गर्दा पनि बिभाजन हुने प्रश्न छैन” तिनले भने। यसक्रममा सन्दिप खम्बुले सरकारले यस मागलाई ध्यान दिने माग गर्दै जनजातिको मागमा युवाहरुले आन्दोलनलाई अघि बडाउँने घोषणा गरे। 
“दार्जीलिङ पहाडमा चार लाख किराँती खम्बुहरु छन। सरकारले यसकुरालाई बुझेर कार्य गर्नु उचित हुनेछ। पहाडका राजनैतिक दलहरुले पनि किराँती खम्बुहरुको मागलाई अघि बडाउँने कार्य गरेर सहयोग गर्नुपर्छ” तिनले अझ भने। यसक्रममा तिनले सरकारलाई दार्जीलिङ पहाडमा किराँती खम्बुहरुको जनसंख्या देखाउँन आगमी दिनमा आवश्यक परे पञ्चायत चुनाव लडेर बर्चस्व देखाउँने चेतावनी पनि दिएका छन। यता खम्बु राई राईट्स मुभमेन्टका संयोजक बिनेश राईले आफ्नो सम्बोधनमा भारत सरकारले किराँती खम्बुहरुलाई अवहेलना गरेको आरोप लगाउँदै एउटै दाजु भाई मानिने लिम्बुहरुलाई जनजातिको मान्यता दिंदा खम्बु राईहरुलाई किन छोडियो भनु प्रश्न गरे। 
“भारत सरकारले कोल्टे नीति गर्दैछ। हामीले सरकारलाई जनजाति हौँ भन्ने दस्तावेजहरु बुझाईसक्दा पनि किन यसरी हेला गर्ने कार्य भयो ? सरकारले अवहेलना गरेकै कारण अब खम्बुहरु आन्दोलित भईरहेको छ। जनजातिको संवैधानिक लडाईमा अब खम्बुहरुले सडकमा ओर्लिएर आन्दोलन गर्नेछ” बिनेश राईले भने। तिनले किराँती खम्बु राईहरु प्रकृति पूजक रहेको बताउँदै सम्पूर्ण भाषा, साहित्य र संकृतिले किराँतहरु जनजाति हो भन्ने प्रमाण गर्दा पनि सरकारले भने कोल्टे नीति अप्नाएको आरोप लगाउँदै अब केन्द्र अनि राज्य सरकारले यस मागलाई ध्यान दिनपर्ने बताए। 
यता किराँती खम्बु राईलाई जनजातिको माग दिनुपर्छ भन्दै ‘खम्बु राई राईट्स मुभमेन्ट’ले घोषणा गरेको कार्यक्रममा किराँती खम्बु राई सांकृतिक संस्थान खरसाङ शाखा सचिव बिशाल राईले स्वागत गर्दै आन्दोलनलाई अघि बडाउँने बताए। अर्कोतर्फ सम्बोधनकै क्रममा किराँती खम्बु राईका युवा संगठन प्रमुख अर्पण खम्बु अनि युवा अध्यक्ष मंजिल खम्बुले पनि उक्त घोषणाको स्वागत गर्दै खम्बुहरु आफ्नो हक र अधिकारको निम्ति आन्दोलन लडने बताए।

Related Posts

0 Response to "जनजातिको मान्यता नदिए चुनाव बहिष्कार गर्नेछौँ - खम्बु राई राईट्स मुभमेन्ट"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.