-->
चार दिवसीय कृषी मेलाको उद्घाटन जीटीए क्षेत्रको सर्वाङ्गिन बिकास गर्न चाहन्छु – बिमल गुरुङ

चार दिवसीय कृषी मेलाको उद्घाटन जीटीए क्षेत्रको सर्वाङ्गिन बिकास गर्न चाहन्छु – बिमल गुरुङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 13 जनवरी 2014। “अब जोसुकैले जेसुकै भनोस, मलाई कुनै पर्वाह हुँदैन। म केवल दार्जीलिङ, कालेबुङ, खरसाङ लगायत सम्पूर्ण जीटीए क्षेत्रका मानिसहरुको बिकासको निम्ति मात्र पर्वाह गर्नेछु। म जनतालाई दिएको बचन पुरा गरी जीटीए क्षेत्रकै सर्वाङ्गिन बिकास गर्न चाहन्छु। यदि मैले दिएको बचन पुरा गर्न सकिँन भने जनताले मलाई नस्वीकार्दा हुनेछ” – उक्त कुरा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख बिमल गुरुङले भनेका हुन। तिनी आज यहाँको रेली पाला मिशनटारमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अनि पश्चिम बङ्गाल सरकारको संयुक्त आयोजनामा सम्पन्न चार दिवसव्यापी कृषी मेलाको उद्घाटन गर्न मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए।
तिनले कार्यक्रममा दिप प्रज्वलन गरेर कृषी मेलाको औपचारिक उद्घाटन भएको घोषणा गरे। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपालको पदभार दोस्रोचोटी सम्हालेपछि प्रथमचोटी कालेबुङ आएका बिमल गुरुङले कालेबुङका जनतालाई जीटीएको पक्षबाट उपहार भन्दै पुरानै घोषणा दोहोर्‍य़ाए। बिमल गुरुङले दार्जीलिङ पहाडमा जीटीए मार्फत सर्वाङ्गिन बिकास गर्ने बताउँदै कृषकवर्गको हक अधिकारको निम्ति जीटीएले कार्य गर्ने घोषणा गरे। “मैले अजम्बरी बुट्टी ल्याएर आएको छुईन। जतिदिन छु त्यतिदिन राम्रो कार्य गर्नेछु। जीटीएमा धेरै पैसा छ, बिभाग पनि छ। यसले हामी कृषकवर्गको हितमा कार्य गर्नेछौँ” बिमल गुरुङले कृषकवर्गलाई आश्वासन दिदै भने।
यसक्रममा तिनले कालेबुङ क्षेत्रको बिकास गर्न क्षेत्रीय सभासदहरुले पनि जोडदार कार्य गर्नुपर्ने निर्देश दिदै स्थानीय मानिसहरुले पनि सहयोग गर्नुपर्ने अपिल गरे।
“कालेबुङ अस्पताल नजिकै एउटा 3 सय बेड भएको अस्पाताल निर्माण हुनेछ। यसको चाँडै शिल्यान्यास गरिनेछ। बरबोट् क्षेत्रमा 15 बेड अस्पताल निर्माण गरिनेछ। यसको साथै बरबोट् माध्यमिक बिद्यालय निर्माण गरिनेछ” जीटीए प्रमुख बिमल गुरुङले कालेबुङवासीलाई जीटीएको कोशेली भन्दै घोषणा गरे।
तिनले कालेबुङवासीलाई उपहार भन्दै यहाँको डेलोदेखि कालेबुङ शहर भएर रेली मिशनटारसम्म रोपवे निर्माण गरेर पर्यटनको बिकास गर्ने पुरानै घोषणा पनि आज पुन: दोहोर्‍य़ाए। तिनले उक्त बिकासका कार्यहरु आगामी तीन वर्षभित्रमा पुरा हुनपर्ने बताउँदै यसको निम्ति सबैले ईमान्दारपूर्वक कार्यगर्नुपर्ने बताए।
जनताको बिकास कार्यमा सम्झौता नगर्ने अडान राख्दै तिनले ठेकेदारहरुले राम्रो कार्य गर्नुपर्ने पनि निर्देश दिए। जीटीएमा बिकासको निम्ति पर्याप्त धनराशी भएको बताउँदै आगामी मार्च महिना भित्रमा पुरानो पैसा बिकास कार्यको निम्ति खर्च गर्नु पर्ने चुनौति आफुअघि रहेको पनि गुरुङले जनाए।
“पहाडकी रानी दार्जीलिङ विश्वप्रसिद्ध छ तर अहिले यो केवल नाउँ मात्र भएको छ। अव हामी दार्जीलिङलाई साँच्चै पहाडकी रानी बनाउँनेछौँ” बिमल गुरुङले अझ भने। तिनले आफ्नो सम्बोधनको क्रममा पहाडमा बिकास कार्यलाई जीटीएको माध्यमबाट अघि बडाउँने बताउँदै कालेबुङ महकुमा क्षेत्रमा पर्यटन बिकास कार्यलाई प्रमुखता दिएको दाबी गरे।
आजदेखि शुरु भएको उक्त चार दिन व्यापी कृषी मेलाको उद्घाटन समारोहलाई क्षेत्रका सभासद डा आर बी भुजेलले सम्बोधन गर्दै स्वागत सम्बोधन राखे भने कृषी बिभागका सभासद कल्याण देवानले कृषी बिषयमा जीटीएले राखेको लक्ष्यबारे जानकारी गराए। यसक्रममा आजको कार्यक्रममा जीटीएको पक्षबाट स्व कमानसिंह रामुदामु स्मृति बृद्ध भत्ता जीटीए प्रमुख बिमल गुरुङको बाहुलीबाट बितरण गरेपछि कालेबुङ महकुमा अधिनस्थ रहेका 13 वटा समष्टीहरु मध्ये 10 वटा समष्टिका 70 वर्ष भन्दा माथीका बृद्धहरुलाई चार महिनाको बृद्ध भत्ता बितरण, अन्य सभासद लगायत असम गोर्खा सम्मेलनका अरुण उपाध्ययको बाहुलीबाट बितरण गरियो। यसका साथै कृषी बिज्ञान केन्द्रको पक्षबाट कृषी क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आईरहेका दुईजना कृषकवर्ग क्रमैले योगेन्द्र खड्का अनि अरुण छेत्रीलाई जीटीए प्रमुख गुरुङको बाहुलीबाट दोसल्ला ओडाएर स्मृति चिन्ह प्रदान गरि सम्मान गरियो।
यता आजदेखि शुरु भएको चार दिन व्यापी कृषी मेलामा यहाँको बिभिन्न समुदायका मानिसहरुले आ-आफ्नो सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। अर्कोतिर चारदिनव्यापी कृषी मेलामा यहाँक़ो पशु सम्पदा बिभाग, रेशम बिभाग, वागवानी बिभाग, कृषी बिज्ञान केन्द्र, हस्तसिल्प केन्द्र लगायत अन्य बिभिन्न बिभागहरुले कृषी सम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखेको थियो भने पशु पंक्षीहरुको पनि मेला प्रदर्शनीमा राखिएको थियो। आजदेखि शुरु भएको चारदिवसिय कृषी मेलाको उद्घाटन कार्यक्रममा मोर्चाका स्टडी फोरम सदस्य स्वराज थापा, सभासदहरु क्रमैले कल्याण देवान, लोबसाङ लामा, डा आर बी भुजेल, सामुएल गुरुङ, कल्पना तामाङ, चन्द्र योञ्जन, निमा तामाङ, सुनिल प्रधान आदि उपस्थित रहेका थिए। यसका साथै असम गोर्खा सम्मेलनका अरुण उपाध्यायको पनि कार्यक्रममा बिशेष उपस्थिति रहेको थियो।

Related Posts

0 Response to "चार दिवसीय कृषी मेलाको उद्घाटन जीटीए क्षेत्रको सर्वाङ्गिन बिकास गर्न चाहन्छु – बिमल गुरुङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.