-->
सुवास घिसिङलाई पहाडमा स्वागत गरिनेछ – बिमल गुरुङ

सुवास घिसिङलाई पहाडमा स्वागत गरिनेछ – बिमल गुरुङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 दिसम्बर। “मानवताको आधारमा म सुवास घिसिङलाई पहाडमा स्वागत गर्न चाहन्छु। तिनको स्वास्थ्य पनि ठिक छैन अहिले। तर म तिनलाई यो अपिल गर्दछु कि तिनी राजनैतिबाट टाडा बसुन्” – उक्त कुरा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुवास घिसिङलाई पहाडमा भित्राउँने प्रसंग गर्दै गोजमुमो अध्यक्षले तिनले फेसबुक मार्फत सार्बजनिक गरेका छन। 
21 बर्ष दार्जीलिङ पहाडमा शाषण गर्ने गोरामुमो अध्यक्ष सुवास घिसिङ गोर्खा जनमुक्ति मोर्चाको गठन पछि बिस्तापित जीव बिताई रहेका छन। पहाडबाट बिस्थापित बनेका सुवास घिसिङलाई गोजमुमो अध्यक्ष बिमल गुरुङले “पछि न्वारण गरेर ल्याउँनेछौँ” भनि अघिका जनसभाहरुमा भन्ने गर्थे। यद्यपि तिनलाई कहिले पहाड आउँन दिनेहुन भन्ने भने कसैलाई थाह थिएन। यस्तो अवस्थामा आखिरमा गोजमुमो अध्यक्ष बिमल गुरुङले सुवास घिसिङलाई पहाडमा स्वागत छ भनेर एकाएक सबैलाई आश्चर्यचकित पारेका छन। 
दिल्लीमा मोर्चाले गोर्खाल्याण्डको माग गर्दै सबै शिर्षस्थ नेता, सभासद अनि कार्यकर्ताहरु तीन दिवसिय धर्ना गरिरहेको समयमा यता बिमल गुरुङले भने सोसियल नेटवर्क फेसबुक मार्फत सुवास घिसिङलाई दार्जीलिङ पहाडमा स्वागतको घोषणा गरेका छन। 
यस क्रममा तिनले छैटौ अनुसूचीको मुद्दा खारेज भएको अनि यो पहाडमा कहिल्यै लागु हुन नसक्ने कुरा आरटीआईले खुलासा गरेको लेखेका छन। सूचनाको अधिकारले छैटौँ अनुसूचीबारे उक्त खुलासा भए पछि तिनले फेसबुक मार्फत “छैटौँ अनुसूची डेड च्याप्टर हो अब गोरामुमो पार्टीको कुनै राजनैतिक एजेण्डा छैन” भनेका छन। छैटौ अनुसूचीको मुद्दा यसरी समाप्त भए पछि गोरामुमो पार्टीको समेत समाप्त भएको दाबी गर्दै तिनले गोरामुमो अध्यक्ष सुवास घिसिङकोमा कुनै राजनैतिक एजेण्डा नभएको कारण अब तिनलाई पहाडमा स्वागत गरिने भनि लेखेका छन। 
तिनले सुवास घिसिङलाई जीटीएले कति बिकास कार्य गर्नेछ भन्ने हेरेर ज्ञान प्राप्त गरुन भन्दै गोर्खाल्याण्ड केवल जीटीए मार्फ प्राप्त हुने पनि गुरुङले दाबी गरेका छन। 
यता गोरामुमो पार्टीले छैटौँ अनुसूचीको सम्झौता पत्रमा हस्ताक्षर गर्नेसाथ गोर्खाल्याण्डको मुद्दालाई ड्रप गरेको दाबी गर्दै जीटीएको सम्झौतामा गोर्खाल्याण्डको मुद्दालाई रेकर्डमा राख्नेकार्य गरेको बिमल गुरुङले दाबी गरेका छन। यसक्रममा तिनले जीटीएलाई ‘पाईला राख्ने ढुंगा हो’ भनेका छन। 
बिकासको मुद्दा आईडेन्टिटीको मुद्दा भन्दा महत्वपूर्ण बनेको कारण आफूहरुले बिकास कार्यमा साधारण जनताको हितमा कार्य गरेको पनि तिनले दाबी गरेका छन। तिनले आगामी 20 दिसम्बरको दिन मुख्यमन्त्री ममता ब्यानर्जीले बैठकको निम्ति  बोलाएको अनि उक्त बैठकमा आफू सहभागी बनेर सम्पूर्ण माग उठाउँने जानकारी पनि तिनले दिएका छन।

0 Response to "सुवास घिसिङलाई पहाडमा स्वागत गरिनेछ – बिमल गुरुङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.