-->
सरकारले गोर्खाल्याण्ड्को जायज मागलाई सुन्नु पर्छ- जसवंत सिंह्

सरकारले गोर्खाल्याण्ड्को जायज मागलाई सुन्नु पर्छ- जसवंत सिंह्

राजेश शर्मा, कालिमन्युज, 15 दिसंबर । गोर्खा जनमुक्ति मोर्चा दिल्ली शाखाको आवहानमा गोर्खाल्याण्ड राज्यको मागको समर्थनमा आयोजित प्रदर्शनको अन्तिम दिन आज जन्तर मन्तरमा समापन् भयो। 
अन्तिम दिनको कार्यक्रम अंतरगत आज राष्ट पिता महात्मा गान्धीको समाधी स्थल राजघाटबाट् एक र्‍याली निकालीएको थियो जो ससद भवन मार्ग सम्म पुग्यो । 
दिल्ली पुलिस बल, केन्द्रिय रिजर्व पुलिस बल लगायत कमान्डो पुलिसले ब्यारीकेड् लगाएर संसद भवन गैरहेको र्‍यालीलाई अघि जान नदिएकोले संसद मार्गको बीच बाटोमा नै गोजमुमो समर्थकहरुले नाराबाजी लगाए । 
अंतमा र्‍याली अंतमा जंतर मंतरमा नै फर्की आइ प्राय 4.30 बजे समापन भयो । यस तिन दिने गोर्खा समागममा आज दार्जीलिंगका सांसद जसवन्त सिहं उपस्थित थिए ।
यस अवसरमा जसवन्तले सम्वोधन गर्दै बंगाल सरकारको गलत नितिको कारणले गोर्खाहरुले न्याय नपाएको बताए। धेरै गोजमुमो नेताहरु र सभासदहरुलाई बिनाकारण पक्रेकोमा तिनले आपत्ती जनाउदै उनिहरुको शिघ्र रिहायको माग गरे। तिनले पहाड्मा शान्ती रहेको र केन्द्रिय बलको आवश्यक्ता नभएको कारण चाडै फिर्ता लिने आवहान पनि गरे। यदी भाजपाले देशमा सरकार बनाउन सक्षम भए गोर्खाल्याण्ड राज्य अवश्यै निर्माण हुने संकेत तिनले दिए। 
यस तिन दिने धरना कार्यक्रमको अन्तिम दिनमा गोजमुमो महसचिव रोसन गिरीले आफ्नो सम्बोधनमा गोजमुमोको बिरोध गर्ने राजनैतिक पार्टीहरुले दिल्ली धरनालाई नाट्क भनेकोमा आपत्ती जनाउदै नाट्क त उनिहरुले विरोध जनाएर पो गर्दैछन भन्ने बताए। तिनले यसचोटीको धर्नाले केन्द्र सरकारको ध्यान आकर्षण गर्न सक्षम भएको र यो सफल भएको बताए। 
पत्रकार स्वराज थापाले गोजमुमो यो प्रदर्शन सफल भएको र यस्ता प्रदर्शनमा यस चोटी जस्तै भारको विभिन्न प्रांतबाट आएर सबैले सहयोग गर्नु पर्ने बताए। वर्तमानमा पाएको गोक्षेप्र खोक्रो भएको कारण यसलाई पूर्ण क्षमतावान बनाउन यसमा गृह बिभाग, अर्थ बिभाग लगायत अन्य अंतरभुक्त गराउन पर्ने तथा गोर्खाल्याण्ड बनाउने गोजमुमोको लक्ष्य र कटिबद्धता हो, तिनले अझै भने। 
सभालाई सभासद आशा गुरुंग, दावा लेप्चा, नर्बु जि लेप्चा, दावा लामा, दिल्ली शाखाका सह सचिव लोपसांग लामा आदीले सम्बोधन गरे। सभा संचालन दिवाकर गुरुग एंव अनु दासले गरे भने मिडिया प्रभारी दिल्ली शाखा महासचिव रंजन शर्मा थिए।

Related Posts

0 Response to "सरकारले गोर्खाल्याण्ड्को जायज मागलाई सुन्नु पर्छ- जसवंत सिंह्"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.