-->
गेबु आच्योकको  जन्मदिवस पालन

गेबु आच्योकको जन्मदिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 दिसम्बर 2013। लेप्चा राजा गेबु आच्योकको 282औँ जन्मदिवस कार्यक्रमको दोस्रो दिन ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसन (ईल्टा) ले बिभिन्न जात गोष्ठि र राजनैतिक दलहरुलाई मेला ग्राउण्डमा भेला गराएको थियो। 
यस अवसरमा उक्त कार्यक्रमा राजनैतिक दलहरुमा दार्जीलिङ हिल तृणमूल अनि क्रामाकपा प्रतिनिधीवर्गले सहभागीता जनाएको थियो भने जातिय संगठनहरुमा तामाङ युथ एसोसिएसन, इमी भोटिया एसोसिएशन, याकथुक सुङ चुम्भो लिम्बु संगठन, किराती खम्बु राई सांस्कृतिक संस्थान, भूजेल संगठन, भोजपुरी युवा मञ्चले सहभागीता जनाएको थियो। 
यसैक्रममा समाजिक गैरराजनैतिक संस्था रेडक्रस सोसाईटी अनि पार्वत्य अपांग काल्याण संगठनले पनि लेप्चाहरुको कार्यक्रममा सहभागिता जनाएको थियो। दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चा बिकास परिषदका अध्यक्ष ल्याम्सोङ तामसाङले आजको जमघट ऐतिहासिक रहेको बताए। 
“आजसम्म यस्तो जमघट कहिल्यै पहाडमा भएको थिएन। यो ऐतिहासिक भेला हो। अब सम्पूर्ण पहाडवासीको सर्वाङ्गिन बिकासको निम्ति सबै एकबद्ध हुनपर्छ। विकास भएपछि नै जातिको चिन्हारी पनि हुनेछ। प्रत्येक जातिले आफ्नो संस्कृतिको विकासको दिशामा पहल गर्दै पहाड़को विकासको निम्ति एकमुष्ठ भएर अघि आउन जरूरी छ” एल एस तामासाङले भने। 
उक्त कार्यक्रममा बिभिन्न जात गोष्ठिका संस्थाहरुले आ आफ्नो सांस्क़ृतिक नृत्यहरु पनि प्रस्तुत गरे। कार्यक्रमलाई किराँती खम्बु राई सांस्कृतिक संस्थानका सचिव अरूण प्रकाश राई, याकथुङ सुङ चुम्भोका सीबी सुब्बाले, भूजेल संगठनका महासचिव मणि भूजेल, रेडक्रस सोसाइटीका सचिव ओबी दास, पार्वतीय अपाङ्ग कल्याण संगठनका अध्यक्ष छोटेलाल प्रसाद आदिले सम्बोधन गर्दै लेप्चाहरुको यस कार्यक्रममले सबैमा एकता प्रेम र सद्भावना सृजना हुने बताए। 
यता कार्यक्रमलाई हिल तृणमूल महिला सचिव ननिता गौतमले लेप्चाहरुको कार्यक्रमले पहाडको बिभिन्न फूलहरुलाई गाँसेर सुन्दर माला बनिएको बताउँदै उक्त एकताको मालालाई कसैले चुँढ्न नहुने बताए।

0 Response to "गेबु आच्योकको जन्मदिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.