-->
चरित्रको समालोचना बिशेषाङ्क लोकार्पण

चरित्रको समालोचना बिशेषाङ्क लोकार्पण

फोटो सौजन्य : हीरा छेत्री फेस बुक
डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 दिसम्बर 2013। चरित्र प्रकाशनद्वारा प्रकाशित समायिक साहित्यिक पत्रिका ‘चरित्र’को समालोचना बिशेषाङ्क आज एक साहित्यिक कार्यक्रम बिच विधिवत लोकार्पण गरियो। यहाँको हिमालयन होटलको प्रेक्षागृहमा आयोजित कार्यक्रममा मुख्य अतिथिका रुपमा सिक्किम विश्व विद्यालयका डिन डा प्रतापचन्द्र प्रधान उपस्थित रहेका थिए। 
बी आर छेत्रीले अध्यक्षता गरेको उक्त कार्यक्रममा डा कविता लामा, वासुदेव पुलामी बिशिष्ट अतिथिका रुपमा उपस्थित रहेका थिए भने बयोबृद्ध साहित्यकार श्रीमती सानुमति राईको पनि बिशेष उपस्थिति रहेको थियो। यस अवसरमा युवा कवि एंव समालोचक वासुदेव पुलामीले नेपाली साहित्यमा सर्वेक्षणात्मक् लेख बिषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए भने समालोचक डा कविता लामाले भारतीय नेपाली समालोचनाको वर्तमान स्थिति बिषयमा आफ्नो वार्ता प्रस्तुत गरिन। 
तिनले भारतीय नेपाली समालोचनाको अवस्था चिन्ताजनक रहेको बताउँदै कृतिको सही समालोचना हुन पर्ने बताए। नेपाली साहित्यमा सर्जकले सृजना गरेको कृतिको समालोचना गर्दा प्रशंसा गर्ने कार्यहरु अब बन्द हुन आवश्यक रहेको बताउँदै कृतिको सही मूल्याङ्कनको निम्ति समालोचक अनि सर्जकहरु सचेत बन्नुपर्ने आह्वान समेत गरिन। यसक्रममा कवि किशोर छेत्रीले कार्यक्रममा आफ्नो कविता वाचन गरेका थिए। 
चरित्र प्रकाशनले समसामायिक रुपमा प्रकाशित गर्दै आईरहेको चरित्र पत्रिकाको समालोचना बिशेषाङ्क मुख्य अतिथि डा प्रतापचन्द्र प्रधान, डा कविता लामा, वासुदेव पुलामी अनि प्रकाशक सहदेव एस गिरीको बाहुलीबाट विधिवत लोकार्पण गरियो। 
उक्त कार्यक्रममा नेपाली साहित्य अकादमी 2013ले सम्मानित युवा कथाकार उदय थुलुङ, कवि वासुदेव पुलामी अनि दिल्ली प्रसाद अधिकारीलाई मुख्य अतिथिको बाहुलीबाट स्मारक पत्र प्रदान गरेर सम्मान पनि जनाईयो। कार्यक्रमलाई हीरा छेत्रीले सञ्चालन गरेका थिए।

0 Response to "चरित्रको समालोचना बिशेषाङ्क लोकार्पण"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.