-->
गोजमुमोको दिल्ली चलो संगै जन्तर मन्तरमा धर्ना  ....केन्द्रिय मंत्रीसंग भेट्

गोजमुमोको दिल्ली चलो संगै जन्तर मन्तरमा धर्ना ....केन्द्रिय मंत्रीसंग भेट्

राजेश शर्मा, कालिमन्युज, दिल्ली, 13 दिसम्बर 2013:छुट्टै राज्य गोर्खाल्याण्ड्को मागबारे केन्द्र सरकारको ध्यान आकर्षण गराउदै चाप सृष्टी गर्न संसदको शितकालीन सत्रको अवधी गोर्खा जनमुक्ति मोर्चाले दिल्लीमा गोर्खा भेलासाथ प्रदर्शन गर्ने कार्यक्रम आजदेखी प्रारम्भ गर्यो।
पूर्व घोषित कार्यक्रम अनुरुप नयादिल्लीको जंतर मंतरमा आजदेखि धर्नासंगै जनसभामा भारत भरीका गोर्खाहरु भेला भएको गोजमुमो सुत्रले बताएकोछ।
15 दिसम्बर सम्म चल्ने यो धर्नामा गोजमुमोको दार्जीलिङ पहाड र तराई अनि डुवर्सका विभिन्न शाखाहरुका प्रतिनीधीहरुले अंश ग्रहण गरेका थिए। गोजमुमो दिल्ली शाखा अध्यक्ष मनोज शंकर र सचिव रञजन शर्मा अनुसार 15 सयभन्दा अधिक गोजमुमो समर्थक दिल्ली बाहिरबाट आएका छन। यो संख्या बडेर 5 हजार सम्म पुग्ने भएको पनि तिनीहरुले थप जनाए। 
बिहान 10 बजेदेखि 2 बजेसम्म चलेको धर्नामा नाराबाजीसाथ गोजमुमो नेताहरुद्वारा सम्बोधन गर्ने क्रम चल्यो। सम्बोधन गर्दै भाजपाका भूत्पूर्व विधायक तथा त्रिपुराका पार्टी प्रभारी विजय जोलीले भाजपा छुट्टै राज्यको पक्षधर भएको अनि यसले गोर्खाल्याण्ड् राज्य निर्माणको समर्थन जनाएको बताए। वर्तमानमा देश भरि भाजपालाई आम जनताले समर्थन जनाइरहेको र यो सत्तामा आए अवश्यै छुट्टै राज्यको समर्थनमा काम गर्ने तिनले बताए। भारतिय सिमाक्षेत्रमा ज्यानको बाजी लगाएर् लड्ने गोर्खाहरुको निम्ति छुट्टै राज्य हुनै पर्ने पनि तिनले बताए। मोदि सत्तामा आए गोर्खाहरुको सपना पुरा हुने बताउदै तिनले बंगाल सरकारले कुट्नितीको पनि तिनले घोर भत्सर्ना जनाए।
आजै गोजमुमो को एक टोलीले केन्द्रिय सहगृह्मंत्री के स्कन्दनसं

ग भेट गर्यो। गोजमुमो महसचिव अनि गोक्षेप्र कार्यकारी सदस्य रोशन गिरीले नेतृत्व गरेको टोलीमा पत्रकार स्वराज थापा, दावा लामा, दिवाकर गुरुङ थिए। गोजमुमो टोलीले सह गृहमंत्रीलाई गोजमुमोको धर्ना र धर्नाको उद्धेश्यबारे बताउदै गोक्षेप्र क्षेत्रको विकाशको निम्ति गोक्षेप्रको कार्यक्षमता बारे चर्चा गर्‍यो।
सम्पूर्ण गोर्खा जातिलाई अनुसुचित जनजातिमा गाभ्नु पर्ने, गोक्षेप्रमा त्रिस्तरिय पंचायत चुनाव हुनु पर्ने, गोर्खाहरुलाई प्यारा मिलीटेरी फौजमा भर्ना गर्दा उचाई र छातिको नापमा छुट हुनु पर्ने बारे चर्चा गरेको गिरीले कालिमन्युजलाई बताए। सह गृहमंत्रीले चर्चा गरिएको विषय संगै धर्ना बारेबारे गृहमंत्रीलाई बताउने आश्वासन दिए। आगामी त्रिपक्षिय बैठक जनवरी 2014मा हुने भएको पनि गिरीले बताए।

0 Response to "गोजमुमोको दिल्ली चलो संगै जन्तर मन्तरमा धर्ना ....केन्द्रिय मंत्रीसंग भेट्"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.