-->
दुई नाबालिकहरुलाई हिमाचल प्रदेशबाट उद्धार

दुई नाबालिकहरुलाई हिमाचल प्रदेशबाट उद्धार

डी के वाइबा, कालिमन्युज, कालेबुङ 27 दिसम्बर 2013। बिभिन्न प्रलोभनमा परी घरबाट चम्पट कस्ने कालेबुङ शहरदेखी केहि नजिकै एउटा गाउँकी दुई नाबालिकहरुलाई कालेबुङ पुलिस अनि बाल सुरक्षा अभियानले संयुक्त अभियान चलाएर उद्धार गरिएको छ। 
गत 21 अक्टोबर 2013 को दिन घरबाट कसैलाई सुईँको नदिई चम्पट कस्नेहरु क्रमैले प्रिया अनि सलिमा (दुवै काल्पनिक नाम) हुन। 13 वर्षिय दुवै नाबालिकहरुलाई हिमाचल प्रदेशको कुल्लु जिल्ला निवासी महेश्वर सिंह उर्फ मासुम ठाकुर (23)ले कालेबुङबाट लगेको थियो भने तिनले उक्त दुवै नाबालिकहरुलाई हिमाचल प्रदेशकै सोलन जिल्ला अन्तर्गत धरमपुर गाउँमा पुर्‍याएको थियो। 
दुवै पिडीता नाबालिकहरुलाई सोही ठाउँबाट उद्धार गरेर कालेबुङ ल्याईपुर्‍याईएको छ भने आरोपी महेश्वर सिंह उर्फ मासुम ठाकुरलाई पुलिसले पक्राऊ गरेको छ। आरोपी बिरुद्ध पुलिसले भारतीय दण्ड सहिताको धारा 363, 366 अन्तर्गत अपहरणको आरोपमा मुद्दा दर्ता गरेको छ। 
जानकारी अनुसार आरोपी युवक उक्त गाउँका एकजना युवक संग परिचित भएर कालेबुङ आएको समयमा उक्त नाबालिकहरुसंग परिचय भएको थियो। यसरी परिचित बनेपछि आरोपी युवकले उक्त पिडीताहरुलाई बिभिन्न प्रलोभन देखाएर कालेबुङबाट चम्पट कसेका थिए। उक्त बिषयमा पिडीता नाबालिकहरुका परिवार पक्षले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेर खोजी कार्य चलाए पनि उनीहरुको कुनै पत्तो लाग्न सकेको थिएन। 
यसैक्रममा गत 19 दिसम्बरको दिन अचानक हिमाचल प्रदेशबाट एउटा अञ्जान नम्बरबाट फोन आएर पिडीताहरुको घरमा उनीहरुको अवस्थाबारे जानकारी दिईएको थियो। यसरी अञ्जान नम्बरबाट अपरिचित व्यक्तिले जानकारी दिए घरका परिवार पक्षले कालेबुङ थाना अनि बाल सुरक्षा अभियानलाई जानकारी दिए पछि नै उनीहरुलाई उद्धार गर्न सफल बनेको हो। यसरी जानकारी प्राप्त भएपछि उक्त नम्बरको आधारमा कालेबुङको बाल सुरक्षा अभियानले हिमाचल प्रदेशको टोलीलाई जानकारी गराए पछि हिमाचल प्रदेशको कुल्लु पुलिसको सहयोगमा उनीहरुलाई 20 दिसम्बरको दिन उद्धार गरिनुको साथै आरोपी युवकलाई पनि पक्राऊ गरिएको हो। 
उनीहरुलाई कालेबुङ पुलिस अनि बाल सुरक्षा अभियानको एक टोलीले आज कालेबुङ ल्याईपुर्‍याईएको छ। जानकारी अनुसार उक्त पिडीता नाबालिकहरुलाई आरोपी युवकले घरेलु कार्यमा लगाएका थिए भने घरबाट भागेर जान नदिनलाई बिभिन्न डर देखाएर एउटा भाडाको घरमा आफूसंगै राखेका थिए। यसरी घरबाट लापत्ता बनेको उक्त नाबालिक दुवैलाई दुई महिना पछि कालेबुङ ल्याईपुर्‍याईको छ भने यता आरोपी महेश्वर सिंह उर्फ मासुम ठाकुरलाई कालेबुङ पुलिसके आज यहाँको न्यायलयमा पेश गरेको छ। 
यता कालेबुङबाट उक्त आरोपी अनि उद्धार गरिएको दुई नाबालिकहरुलाई लिन कालेबुङ पुलिसका सी एन शेर्पा अनि तिनका टोली लगायत बाल सुरक्षा अभियानका टी के थापा अनि वर्ल्ड भिजन चाईल्ड प्रोटेक्सन युनिटका प्रतिनिधी रहेका थिए।

0 Response to "दुई नाबालिकहरुलाई हिमाचल प्रदेशबाट उद्धार "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.