-->
बाल गजल सङ्ग्रह 'रानी चरी’को लोकार्पण

बाल गजल सङ्ग्रह 'रानी चरी’को लोकार्पण

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 दिसम्बर 2013। कालेबुङका युवा गजलकार सुवास श्रेष्ठको छैटौँ कृति बाल गजल संग्रह ‘रानी चरी’को आज लोकार्पण गरियो। यहाँको नेपाली साहित्य अध्ययन समितिको भाईचन्द प्रधान प्रेक्षा गृहमा आयोजित कार्यक्रममा कालेबुङका पत्रकार प्रदिप लोहागुण, नरेन्द्र तामाङ, शिवु छेत्री, बिमल प्रधानको बाहुलीबाट उक्त कृतिको विधिवत लोकार्पण गरियो।
यस अवसरमा स्थानीय युवा गजलकारहरुको उपस्थिति रहेको थियो। भारतीय गजल मञ्च कालेबुङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डी बी मंगरले सुवास श्रेष्ठको गजलकारिताबारे जानकारी गराए। भारतीय गजल साहित्यलाई अघि बडाउँने क्रममा अहिलेसम्म पाँचौ कृति प्रकासित गरिसकेका गजलकार सुवास श्रेष्ठको गजल बारे तुलात्मक चर्चा गर्दै तिनको गजलकारिताबारे प्रशंसा गरे। 
यसक्रममा गजलकार सुवास श्रेष्ठले बाल बालिकाहरुलाई लिएर बाल साहित्यको बिकासको निम्ति कलम चलाउँन आवश्यक रहेको बताए। कार्यक्रममा गजकार बिरेन्द्र खड्का, धिरेन संघर्ष, प्रदिप लोहागुण, अरुण साम्पाङ, शिव छेत्री आदिले गजल वाचन गरे।

समाजको बार्षिक खेलकूद कार्यक्रम सम्पन्न 
डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 दिसम्बर 2013। यहाँको लिची ग्राउण्ड कल्याण् समाजको आयोजनमा बार्षिक खेलकूद कार्यक्रम सम्पन्न भयो। लिची ग्राउण्ड खेल मैदानमा आयोजित उक्त समाजको बार्षिक खेलकूद कार्यक्रममा समाजका साठ्ठी वर्ष नाघेका बृद्धहरुले भाग लिएका थिए। 
बिशेष युवाहरुलाई खेलप्रति आकर्षित गर्न अनि बृद्धहरुलाई शारिरिक स्वास्थ्य बन्नको निम्ति उक्त कार्यक्रम आयोजना गरिएको थियो। यसका साथै कार्यक्रममा समाजका स साना नानीहरुले पनि भाग लिएका थिए। अहिले पहाडका सम्पूर्ण बिद्यालयहरु शितकालिन बिदा भएको कारण छुट्टीका समयमा बिद्यार्थीहरु नराम्रो कूलतहरुमा नलागोस अनि यसको निम्ति उनीहरुले खेलकूद प्रति रुची जगाउँन पनि समाजले उक्त खेलकूद आयोजना गरेको थियो। 
यसक्रममा उक्त बार्षिक खेलकूद प्रतियोगीमा भग लिने सबै प्रतियोगीहरुलाई समाजका बरिष्ठ सदस्यहरुको बाहुलीबाट पारितोषीक वितरण गरियो। यसका साथै सोही दिन समाजले वार्षिक बनभोज आयोजना गरेको समाजका सभापति टाँसी भोटियाले जानकारी दिदै समाजमा भएकाहरुलाई आपसी सद्भावना, मित्रता कायम राख्न आयोजना गरिएको तिनले अझ बताएका छन।

0 Response to "बाल गजल सङ्ग्रह 'रानी चरी’को लोकार्पण"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.