-->
गोर्खाल्याण्डको मागप्रति केन्द्र सरकारको सोँच सकारात्मक् छ –मन्त्री ओस्कार फर्नांन्डीस

गोर्खाल्याण्डको मागप्रति केन्द्र सरकारको सोँच सकारात्मक् छ –मन्त्री ओस्कार फर्नांन्डीस

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 23 दिसम्बर 2013। भारतमा चलिरहेको राजनैतिक परिर्वतनमा जनताको कौतुहलता देश भरीनै दिन प्रति दिन बड्दै गैरहेकोछ। केन्द्रिय सड़क परिवहन एंव राजमार्ग मन्त्री ऑसकार फर्नांन्डीसको उनकै निजी कार्यलयमा कालिमन्युजसंग एक अन्तर वार्तामा भारत सरकारले देश र जनताको हितको निम्ति प्रशस्तै कार्य गरेको बताउदै आउने 2014 मा हुने चुनाँउमा कांग्रेस पार्टीको पकड़ बनी रहने दावी गरेका छन् ।
दार्जीलिङ क्षेत्रमा भइरहेको अलग राज्यको मागको बारेमा तिनको पार्टी र तिनको सोच कस्तो छ भनी प्रश्न् गर्दा तिनले बताए कि गोर्खा जातीको योगदान देशको सुरक्षाको निम्ति अत्यन्तै महत्वपूर्ण रहेको र गोर्खाहरुले एउटा अलग परिचय बनाएर राख्न सफल भएको बताए। दार्जीलिङ एक रमणीय पर्यट्कस्थलको रुपमा चिनीने गरेको र यसले भारतको नाम बिश्वमानै परिचित गरेको बताउदै तिनले भने गोर्खा जातीको हितमा तिनको सरकार वा पार्टीले सकारात्मक र राम्रो सोच राखेको बताए। अहिले यस क्षेत्रको निम्ति गृहमंत्री र गृहसचिवले काम गरी रहेका छन र गोर्खाल्याण्ड राज्य नभए भने पनि गोर्खा जाती र् पहाड़को हितमा रहेको कुनै राम्रो प्रावधान दिने दिशामा काम भैरहेको संकेत पनि आफ्नो पक्षबाट तिनले दिए ।
तिनले भने उनको पार्टी सरकारमा रहदाँ गरीब जनता, बेरोजगारवर्ग भारतीय नागरीकहरुलाई 100 दिने काम जस्ता कार्यक्रम गरिरहेको अवगत गराउँदै आर्थक उन्नती, गरीब शिशुहरुलाई नि:शुल्क शिक्षाको प्रवन्ध आदी गरेको प्रत्येक् भारतीय नागरीकको अघि प्रत्यक्ष छ भनी तिनले बताए । भारत सरकारले गरीबहरुको अवस्थालाई ध्यानमा राख्दै 3 रुपीयाँमा चामल, 2 रुपीयाँमा गहु दिने कार्य गरीसकेको छ,जब 75 प्रतिसत गाँउमा बस्ने गरीबी सिमा मुनिका औ शहरमा बस्ने गरीबी सिमा मुनिकालाई 25 प्रतिसत सहुलियत दिन् सकेकोछ, जसको बारेमा शिक्षित जनतालाई बुझाउन नपर्ने बताउदै तिनले भोट कुन पार्टीलाई दिएर परिवर्तन ल्याउनु पर्ने हो सो जनता स्वयँले तय गर्ने बताए ।
"भारत सरकारले अहिले घरी पहाड़ी क्षेत्रमा बस्ने गरीब जनतामाथि खास ध्यान राखेको छ, त्यस क्षेत्रमा बसो-बासो गर्ने जनजाती बर्गलाई जमिन आदि प्रदान गर्ने काम भैसकेको पनि जनता समक्ष उजागर भइसकेको छ यस बारेमा जनताले बुझिसकेको छ", तिनले अझै भने । एक स्थानलाई अर्को स्थानसंग जोडेर जनसम्पर्क बनाइ राख्न अति आवस्यक भएको समयमा भारत सरकारले नर्थइष्ट क्षेत्रलाई प्रमुखता दिदै आर्थिक सहुलियत दिने र बिजुली उत्पादन केन्द्र निर्माण गर्ने, बाटो निर्माण गर्ने आदी काम गरी त्यस क्षेत्रको बिकास गर्ने कार्य गरीसकेको छ भनी तिनले नर्थइष्टमा रहेको सिक्किम असम वा दार्जीलिङ क्षेत्रलाई भारत सरकारले खुबै माया गरेको तिनले बताए ।
राजनैतिक क्षेत्रमा पश्चिम बंगाल माथी आउँदो 2014 मा कस्तो आशा राखिएको छ भनी प्रश्न् राख्दा तिनले भने "पश्चिम बेगालमा काग्रेस पार्टीले 2014 मा राम्रै परिणाम ल्याउने दावी गर्दै तिनले सिक्किमा पनि चुनाउ राम्रो नै हुनेछ" ।

0 Response to "गोर्खाल्याण्डको मागप्रति केन्द्र सरकारको सोँच सकारात्मक् छ –मन्त्री ओस्कार फर्नांन्डीस"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.