-->
पाँचौ भेटेरेन्स फूटबल टुर्नाममेण्ट शुरु...दार्जीलिङ गोर्खा कराते डु एसोसिएसन अनि सिटोरियो सिको काई कराते एसोसिएसनको भारत भोटाङ मैत्रीपूर्ण कराते च्याम्पियन सिप

पाँचौ भेटेरेन्स फूटबल टुर्नाममेण्ट शुरु...दार्जीलिङ गोर्खा कराते डु एसोसिएसन अनि सिटोरियो सिको काई कराते एसोसिएसनको भारत भोटाङ मैत्रीपूर्ण कराते च्याम्पियन सिप

डी के वाइबा, कालिमन्युज, 23 दिसम्बर 2013: कालेबुङ भेटेरेन्स क्लबको आयोजना अनि पेदोङ भेटेरेन्स क्लबको सहयोगितामा आज देखि यहाँक़ो मेला ग्राउण्डमा पाँचौ भेटेरेन्स फूटबल टुर्नाममेण्ट शुरु भएको छ। 
कालेबुङका अन्तराष्ट्रिय फूटबल खेलाडी स्व प्रेम दोर्जी अनि स्व बी बी प्रधानको स्मृतिमा आयोजित उक्त फूटबल खेलाको आज पहिलो दिन सोनाली माल्दा अनि अलिपुरद्वार भेटेरेन्स माझ सम्पन्न भयो।
उक्त खेलमा दुवै दलका खेलाडीहरुले उत्क़ृष्ट खेलको प्रदर्शन गरेका थिए। 
खेलको प्रारम्भ देखिनै दौवै दलका खेलाडीवर्गले रोमाञ्चक खेल प्रस्तुत गरेर दर्शकवर्गलाई भरपूर खेलको आनन्द दिलाए। उक्त खेलमा सोनाली माल्दा भेटेरेन्सले अलिपुर भेटेरेन्सलाई एक गोलको बिरुद्ध तीन गोल गरेर बिजय हासिल गर्‍यो। यता दोस्रो खेल भने नाम्चि भेटेरेन्स अनि माल्दा भेटेरेन्स माझ सम्पन्न भएको थियो।
दोस्रो खेलामा पनि खेलाडीहरुले सुरु देखीनै आफ्नो सुन्दर खेल खेलेका थिए भने दुवै दलले एकाधिक गोल गर्ने मौका गुमाएको थियो। सुरु देखीनै नाम्चि भेटेरेन्स माथी आक्रमण खेल खेल्ने माल्दा भेटेरेन्सले खेलको पहिलो सत्रमा नै दुई गोल गरेर आफ्नो बिजय यात्रालाई अघि बडाएको थियो।
यता आजदेखी सम्पन्न भएको उक्त खेलको उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा गोजमुमो केन्द्रिय समिति सदस्य नोर्देन लामा उपस्थित रहेका थिए।
कालिमन्युज, कालेबुङ, 23 दिसम्बर। दार्जीलिङ गोर्खा कराते डु एसोसिएसन अनि सिटोरियो सिकोकाई कराते एसोसिएसनको आयोजनामा सम्पन्न भईरहेको दुई दिवसिय भारत भोटाङ मैत्रीपूर्ण करातेते च्याम्पियन सिपको आज समापन भयो। यहाँक़ो रामकृष्ण रंगमञ्चमा आयोजित उक्त कराते च्याम्पियन सिपमा स्थानीय लगायत भूटानका कराते खेलाड़ीहरूले अंशग्रहण गरेका थिए।
पहिलो दिनको कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डिपुटी चीफ अवकाशप्राप्त कर्णेल रमेश आले मुख्य अतिथिको रूपमा उपस्थित थिए भने सितारियो करॉंते डो एसोसिएशनका दार्जीलिङ अध्यक्ष दावा लामा अनि एसयूएमआइका उप प्राचार्य जायन लेप्चा विशिष्ट अतिथिको रूपमा आसिन रहेका थिए। यता दोस्रो दिनको प्रतियोगितामा कालेबुङ महकुमा अधिकारी के राधिका अय्यर मुख्य अथिथिका रुपमा उपस्थित रहेकी थिईन।
जुनियर अनि सब जुनियरवर्गका खेलाड़ीहरूबीच सम्पन्न भएको उक्त प्रतियोगितामा भारत-भूटानका मोठ 95 जना प्रतियोगीहरूले अंशग्रहण गरेका थिए भने आज दोस्रो
दिन भएको थियो। यस अवसरमा खेलाडीहरुले आ आफ्नो खेलको उत्क़ृष्ट प्रदर्शन गरे। यता उक्त कराते च्याम्पियनसिप बारे सुसन थापाले जानकारी दिदै कराते खेल प्रति युवाहरुलाई आकर्षित गर्न यसरी खेलको आयोजना गरेको जानकारी दिएका छन।

0 Response to "पाँचौ भेटेरेन्स फूटबल टुर्नाममेण्ट शुरु...दार्जीलिङ गोर्खा कराते डु एसोसिएसन अनि सिटोरियो सिको काई कराते एसोसिएसनको भारत भोटाङ मैत्रीपूर्ण कराते च्याम्पियन सिप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.