-->
नेपाली चलचित्र अनमोल क्षण प्रिमियर शो कालेबुङमा गरिने

नेपाली चलचित्र अनमोल क्षण प्रिमियर शो कालेबुङमा गरिने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 दिसम्बर 2013। कालेबुङका युवा निर्देशक अनमोल गुरुङको निर्देशनमा नेपाली चलचित्र ‘अनमोल क्षण’को प्रिमियर सो आगामी 20 दिसम्बरको दिन कालेबुङमा हुने भएको छ। उक्त जानकारी आज चलचित्रका निर्देशक अनि तिनका टोलीले एक पत्रकार सम्मेलन डाकेर दिएका छन। 
किशोर दुङमालीद्वारा निर्मित उक्त चलचित्र पारिवारिक प्रेम प्रसंगमा अडेको छ। चलचित्रको केन्द्रबिन्दु घरबाट बिभिन्न कारणले टाडा गएका छोराछोरी अनि परिवार माझको प्रेम प्रसंग रहेको छ। आफ्नो घर छोडेर टाडा गएका छोराहरु छोरीहरु बिभिन्न कारणले घातक रोगहरुका शिकार बनेको प्रसंगमा पारिवारिक प्रेम जोडीएको छ। 
उक्त चलचित्रको छायाङकन कालेबुङको बिभिन्न स्थान लगायत सिक्किम अनि कोलकोतामा भएको छ भने चलचित्रको सम्पादन पन्नु लक्समले गरेका छन। यता उक्त चलचित्रबारे निर्माणबारे सम्पादक पन्नु लक्सम अनि निर्देशक अनमोल गुरुङले जानकारी दिएका छन।

0 Response to "नेपाली चलचित्र अनमोल क्षण प्रिमियर शो कालेबुङमा गरिने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.