-->
लिम्बु राजाको 310 औँ जन्मदिवस पालन

लिम्बु राजाको 310 औँ जन्मदिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 दिसम्बर 2013। याक्थुङ सोङ चुम्भो लिम्बु संगठनको आयोजनामा आज यहाँको डुंग्रा स्थित संगठनकै भवनमा लिम्बु राजा त्ये ओंगसी सिरिजंघाको 310 औँ जन्म दिवस पालन गरियो।
यस अवसरमा संगठनका अध्यक्ष एन डी लिम्बु, प्रमुख सल्लाहकार के बी सिंगफांगफे बिशेषरुपले उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अथिति अनि बिशिष्ट अतिथिहरुको बाहुलीबाट त्ये ओंगसी सिरिजंघाको तस्बिरमा माल्यअर्पण गरेपछि फेदांगमा अम्बर बहादुर लिबुले मुन्धुम उच्चारण गरेर कार्यक्रम सुरुआत भएको थियो। यस अवसरमा संगठनका सचिव सीबी सुब्बाले स्वागत सम्बोधन गरे।
प्रत्येक वर्ष झै यस वर्ष पनि कार्यक्रममा बिभिन्न स्थानहरुबाट आएका लिम्बु संगठनका सास्ंकृतिक टोलीहरुले च्याब्रुङ नृत्य, धान नाच आदि प्रस्तुत गरेका थिए। कार्यक्रममा संगठनका सहसचिव गौरी नेम्बाङले त्ये ओंगसी सिरिजंघा माथी वार्ता प्रस्तुत गरेका थिए भने लिम्बु संस्कृति बिषयमा तिर्थ केरुङले आफ्नो वक्तब्य राखे।
यसक्रममा छुट्टै बिकास बोर्डको माग गरिरहेको सन्दर्भमा संगठनका अध्यक्ष एन डी लिम्बुसंग प्रश्न गर्दा तिनले लिम्बु जातिको सर्वाङ्गिन बिकासको निम्ति सरकारले लेप्चाहरुलाई जस्तै बिकास बोर्ड गठन गरिदिनुपर्ने माग गरे। यस्को निम्ति संगठनले आवश्यक पहल गरिरहेको जानकारी दिदै मुख्यमन्त्रीले उचित पहल गरिदिने अपेक्षा साँचेको बताएका छन।

0 Response to "लिम्बु राजाको 310 औँ जन्मदिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.