-->
भूईँचालोले भत्केको घर अन्तराष्ट्रिय संस्थाको सहयोगमा निर्माण

भूईँचालोले भत्केको घर अन्तराष्ट्रिय संस्थाको सहयोगमा निर्माण

डी के वाइबा, कालिमन्युज, कालेबुङ 9 नोभेम्बर 2013। 18 सितम्बर 2011 को दिन आएको बिनाशकारी भूईँचालोको चपेटमा परेर घरबिहिन बनेका कालेबुङ महकुमाको मन्दिर गाउँ र शंखे गाउँका दुई परिवारको घर निर्माण भएको छ।
अन्तराष्ट्रिय संगठन न्यू फ्युचर नेपाल युकेको सहयोग अनि होप फेमिली ट्रस्टको तत्परतामा उक्त घर निर्माण भएको हो।
“भूईँचालोले घर सबै क्षतिग्रस्त भएपछि दैनन्दिनी समाचार च्यानलबाट धेरै सहयोग भयो। हाम्रो अवस्था सबैले दैनन्दिनी मार्फत देखेकै कारण सबैबाट सहयोग पाएका हौँ। सम्पूर्ण सहयोगकर्ताहरुलाई हामी धेरै धन्यवाद दिनछौँ” शिला ठकुरीले भावुक बन्दै भनिन।
यता भुवन सिह ठकुरीले पनि घर निर्माण गर्ने सस्था अनि आपदाको समय सहयोग गर्नेहरुलाई आभार  प्रकट गरे।
कालेबुङ महकुमा अन्तर्गत गितबियोङ ग्राम पञ्चायतको मन्दिर गाउँ अनि शङ्खे गाउँका नैनबहादुर ठकुरी अनि भुवन सिह ठकुरीको घर बिनाशकारी भुईँचालोले पूर्णरुपले क्षतिग्रस्त बनाईदिएको थियो। 
भूईचालोको चपेटमा परेर आफ्नो घर क्षतिग्रस्त भए पछि घरबिहिन बनेका परिवारहरुका व्यथा कालेबुङको दैनन्दिनी समाचार च्यानलका भिडियो पत्रकार मनोज राईले आफ्नो क्यामेरामा कैद गरेर प्रसारण गरेपछि सबैले उक्त क्षेत्रका मानिसहरुलाई सहयोगका हात बडाएका थिए। 
यसैक्रममा उक्त भूईँचालोको भयावह स्थिति दैनन्दिनीले युट्युब मार्फत सार्वजनिक गरे पछि युकेका बासिन्दाहरुले सहयोगको हात होप फेमिली ट्र्स्ट मार्फत बडाएका हुन। यसरी उक्त संस्थाको सहयोगमा भूईँचालोले क्षतिग्रस्त भएका मोठ तिन परिवारहरुको घर निर्माण भईसकेको छ। 
यसभन्दा अघि नै एउटा घर निर्माण कार्य पुरा भएको थियो भने शुक्रबार सस्थाका निर्देशक एंव अध्यक्ष लिन म्याक कचईयनको बाहुलीबाट रिबन काटेर उक्त घरको औपचारिक उद्धघाटन गरी घरका सदस्यहरु भित्रिए। सोही क्रममा संस्थाका ट्रस्टी चार्ल्स बार्टन पनि उक्त घर उद्घाटन कार्यक्रममा उपस्थित बनेका थिए। 
यस अवसरमा उनीहरुलाई गाउँलेहरुले घरको आगनमानै सयपत्री फूलको माला लगाएर स्वागत अभिनन्दन जनाए भने स्थानिय स सना नानीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। 
सरकारी सहुलियत अनि बाटो बिजुली जस्ता बुनियादी सुविधाहरुबाट बञ्चित बनेका उक्त गाउँमा सरकारी निकायको नजर नपुगे पनि गैरसरकारी संगठनको भने नजर पुगेको कारण यसरी घरबिहिन बनेर पनि घर पाउन सके उक्त परिवारहरुले।

0 Response to "भूईँचालोले भत्केको घर अन्तराष्ट्रिय संस्थाको सहयोगमा निर्माण"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.