-->
बिमल गुरुङको उपस्थितिमा मोर्चाको सागठनिक कार्य तिब्र

बिमल गुरुङको उपस्थितिमा मोर्चाको सागठनिक कार्य तिब्र

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 9 नोभेम्बर 2013। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीले आफ्नो संगठन बलियो बनाउँने कार्यलाई तिब्रता दिएको छ। एकातिर तृणमूल कङ्ग्रेसले संगठन बिस्तारको कार्य जारी राखेको छ भने अर्कोतर्फ गोरामुमो पार्टीले पनि झण्डा फर्फराउँने कार्य गरिरहेको छ। यस्तो अवस्थामा मोर्चाले आफ्नो धरातल बलियो बनाउँने अभियानलाई तिब्रता दिएको छ। 
बिहिबार कालेबुङ आईपुगेका गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङको उपस्थितिमा आज मोर्चाले 33 नम्बर छिबो टाँसिडिङ समष्टि अन्तर्गत लिची ग्राउण्डमा दलको सभा डाकेर सांगठनिक कार्यलाई तिब्रता दिने कार्य प्रारम्भ गरेको छ। पहाडमा अहिले चलिरहेको राजनैतिक अस्थिरताबिच गोजमुमो छोडॆर तृणमूल अनि गोरामुमो पार्टीमा सामेल हुने कार्यलाई रोक्न समेत मोर्चा प्रमुख गुरुङले आफैले सक्रियता अप्नाएको छ। 
यसक्रममा आज उक्त समष्टि स्तरिय सभामा मोर्चा अध्यक्ष बिमल गुरुङ आफै कार्यकर्ताहरुको मनोभाव बुझ्न क्षेत्रमा पुगेका थिए। जोग चाम्लिङको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा बिमल गुरुङको उपस्थिति भए पनि तिनले सम्बोधन भने गरेनन। तिनले कार्यकर्ताहरुलाई सम्बोधन नगरेपनि क्षेत्रका बासिन्दाहरुको गुनासोहरु भने ध्यानपूर्वक सुने। 
उक्त सभालाई सम्बोधन गर्नेक्रममा सभासद सामुएल गुरुङले मुख्यमंत्री ममता ब्यानर्जीको आलोचना गर्न पछि परेनन। तिनले ममता ब्यानर्जीको आलोचना गर्दै अहिलेघरी तिनी सपनामा बाँचिरहेका छिन भने। “ममता ब्यानर्जी सपना बाँचेकी छन। तिनी निन्द्राबाट ब्यूँझेपछि मात्र थाह हुनेछ” सामुएल गुरुङले भने। 
यसैक्रममा तिनले स्थानिय तृणमूल नेताहरुको टिप्पणी गर्दै अहिले उनीहरुले ढोडको आगो तापिरहेको अनि यसको राप क्षणिक हुने बताए। मोर्चालाई षडयन्त्रमा पारेर तृणमूल कङ्ग्रेसले जीटीए चालाउँने षडयन्त्र समेत रचिरहेको आरोप लगाउँदै मोर्चाले उक्त षडॅयंत्रलाई बुझेर जीटीएमा फर्किएको तिनले दाबी गरे। तिनले अहिलेको परिस्थितिमा मोर्चा जीटीएमा फर्कनु राजनैतिक सकारात्मक निर्णय हो भन्न पनि पछि परेनन। 
“गोजमुमो जीटीएमा फर्किएर कुनै भूल गरेको छैन। यो सही निर्णय हो। हामीले गोर्खाल्याण्डको मुद्दालाई बिराम लगाएका छैनौ। जीटीएको सम्झौतामा गोर्खाल्याण्डको मागलाई यथावत राखिएको छ” सामुएल गुरुङले अझ भने। 
पहाडमा बिगत दिनहरुमा बामफ्रण्टले केही कार्य नगरेको जस्तै तृणमूलले समेत केही नगर्ने तिनले दाबी गरे। यता उक्त सभालाई गोजमुमो केन्द्रिय समिति सदस्य मोतिप्रसाद शर्माले पनि सम्बोधन गरेका थिए। तिनले पनि स्थानिय तृणमूल नेताहरुको जोडले आलोचना गरे। 
कार्यक्रमलाई नारी मोर्चा नेत्री बन्दना योञ्जन, काजिमछिरिङ भोटिया, तोपदेन भोटिया, कुमार चामलिङ आदिले सम्बोधन गरेका थिए भने कार्यक्रममा तारा लोहार लेप्चा, सभासद् कल्पना तामाङ, दावा लेप्चा आदि प्रमुख रूपले उपस्थित थिए।

0 Response to "बिमल गुरुङको उपस्थितिमा मोर्चाको सागठनिक कार्य तिब्र"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.