-->
मोर्चाको समष्टि स्तरिय जनसभामा बिपक्षी पार्टीहरुको आलोचना

मोर्चाको समष्टि स्तरिय जनसभामा बिपक्षी पार्टीहरुको आलोचना

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 12 नोभेम्बर 2013। दार्जीलिङ पहाडको दिनदिनै परिवर्तन हुँदै गईरहेको राजनैतिक परिस्थितिमा गोजमुमोले आफ्नो आधिपत्य जमाएर राख्न सांगठनिक गतिबिधिलाई सक्रिय बनाएको छ। यसक्रममा अहिले मोर्चाले समष्टि स्तरिय जनसभाहरु डाक्दै पार्टीलाई बलियो बनाउँने अभियान चलाईरहेको छ। आज मोर्चाको स्मष्टि स्तरिय जनसभा 37 नम्बर समष्टि अन्तर्गत 17 माईल पागाङगुम्बा उच्चतर माध्यमिक स्कूलको खेल मैदानमा सम्पन्न भयो।
मोर्चा अध्यक्ष बिमल गुरुङको बिशेष उपस्थितिमा सम्पन्न उक्त सभामा बिमल गुरुङ आफैले भने सम्बोधन गरेनन। सभामा क्षेत्रिय सभासद कल्पना तामङ, गोजमुमो केन्द्रिय समिति सदस्य नोर्देन लामा, बिजय सुन्दास, दिपेन शेर्पा, बन्दना योञ्जन आदि बिशेषरुपले उपस्थित रहेका थिए।
उक्त सभालाई मोर्चा प्रमुख बिमल गुरुङ्ले सम्बोधन नगरे पनि पार्टीका अन्य नेताहरुले भने आफ्नो सम्बोधनको क्रममा पहाडमा बिस्तार हुँदै गरेको तृणमूल अनि गोरामुमो बिरुद्ध निकै आक्रमण गरे। 
समष्टि सभासद कल्पना तामाङले पहाडमा अन्य राजनैतिक पार्टीहरुले आफ्नो राजनैतिक कार्य जारी राख्ने स्वतन्त्रता भए पनि मोर्चाको जनाधार हरायो भन्ने दुप्रचार नगर्ने चेतावनी दिएकी छन। यसक्रममा तिनले अवसरवादीहरुले पार्टी छोडेर जाँदैमा कुनै फरक नपर्ने दाबी गरिन। 
यता जनसभालाई मोर्चाको केन्द्रीय समिति सदस्य देशभक्त सुब्बा, महकुमा समितिका दीपेन शेर्पा, नारी मोर्चा नेत्री बन्दना योञ्जन, प्रसाद घिमिरे आदिले पनि सम्बोधन गरेका थिए।
वक्ताहरूले दलकर्मीहरूलाई सम्बोधन गर्दै अहिले देखा परेको राजनैतिक उतारचढाउको घटनालाई हेरेर कार्यकर्ता र समर्थकहरू निराश हुन नहुने आह्वान गरे।

0 Response to "मोर्चाको समष्टि स्तरिय जनसभामा बिपक्षी पार्टीहरुको आलोचना"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.