प्रशासनिक सुविधाको कारण नयाँ खण्ड निर्माणको प्रक्रिया शुरु
13 Nov 2013
Comment
आठवटा खण्डहरुलाई आवश्यक्ता अनुसार बिभाजन गरेर नयाँ खण्डहरुको निर्माणको निम्ति प्रशासनिक कार्यको थालनी महकुमा स्तरबाट शुरु भएको छ। उक्त बिषयमा आज कालेबुङ महकुमा अधिकारीको निर्देशनमा एउटा बैठक सम्पन्न भयो। महकुमा अधिकारीको निर्देशनमा सम्पन्न भएको उक्त बैठकमा जीटीएका सभासदहरुको बिशेष उपस्थिति रहेको थियो। बैठकमा कालेबुङ महकुमा अधिनस्थ रहेका तीनवटा खण्डहरुलाई बिभाजन गरेर मोठ सातवटा निर्माण गर्ने प्रस्ताव ग्रहण गरिएको छ।
कालेबुङ महकुमा भित्र अगावै कालेबुङ खण्ड एक, कालेबुङ खण्ड दुइ अलगडा अनि गोरुबथान खण्ड रहेको थियो भने आज बैठकमा नयाँ चारवटा खण्डहरु निर्माण गर्नु पर्ने प्रस्ताव ग्रहण गरिएको छ। बैठकमा नयाँ खण्डहरु क्रमैले रेली डिभिजन ब्लक, समथार डिभिजन ब्लक, कागे डिभिजन ब्लक अनि जलढका डिभिजन ब्लक थपिनुपर्ने प्रस्ताव ग्रहण गरिएको छ। उक्त बिषयमा कालेबुङ महकुमा अधिकारी राधिका के अय्यरसंग जान्न चाहँदा तिनले जीटीए सचिवालयको निर्देशनमा आफुले बैठक ग़रेको बताईन।
महकुमा अधिकारी कार्यालयमा सम्पन्न बैठकमा महकुमा अधिकारी के राधिका अय्यर, खण्ड विकास अधिकारीहरू, डिपुटी मेजिस्ट्रेट प्रितम लिम्बु, सभासद्हरू डा. आरबी भुजेल, चन्द्र योञ्जन, दावा लेप्चा, सिपि पौड्याल, सामुएल गुरुङ अनि गोपाल रुचाल उपस्थित थिए। प्रशासनिक असुविधाहरूबारे लामो चर्चा परिचर्चापछि कालेबुङ महकुमाको तीनवटा खण्डलाई विभाजन गरी मोठ आठवटा बनाइने प्रस्ताव ग्रहण गरेर जिटिए सचिवलाई पठाइएको छ।
“जीटीए सचिवालयबाट नयाँ खण्ड निर्माणको निम्ति बैठक डाकेर प्रस्ताव ग्रहण गर्ने निर्देश आएको छ। यसैको आधारमा आज महकुमा भरिका सभसदहरु निम्ताएर बैठक् गरिएको हो” तिनले भनिन। सभासद्हरूसितको लामो छलफलपछि महकुमाका तीनवटा खण्डहरूलाई विभाजन गरेर सातवटा बनाउने कुरामा द्वपक्षीय सहमति बनेको हो।
आज लिएको प्रस्तावनुसार, कालेबुङ डेभ्लोप्मेन्ट ब्लकमा टासिडिङ, कालेबुङ, बोङ्, भालुखोप, डा. ग्राम्स् होम्स, डुङ्ग्रा, सिन्देबुङ, अप्पर इच्छे, लोवर इच्छे अनि पुदुङलाई समावेश गरिएको छ।
यसरी नै नयाँ रेली डेभ्लोप्मेन्ट ब्लकमा लोले, कफेर-कान्केबुङ, गित्डाब्लिङ अनि स्योकबिरलाई सामेल गरिएको छ भने समथार डेभ्लोप्मेन्ट ब्लकमा समालबुङ, निम्बोङ, समथार, याङ्माकुम, पाब्रिङ्टारलाई मिलाएर बनाउनुपर्ने प्रस्तावना छ।
यसरी नै नयाँ रेली डेभ्लोप्मेन्ट ब्लकमा लोले, कफेर-कान्केबुङ, गित्डाब्लिङ अनि स्योकबिरलाई सामेल गरिएको छ भने समथार डेभ्लोप्मेन्ट ब्लकमा समालबुङ, निम्बोङ, समथार, याङ्माकुम, पाब्रिङ्टारलाई मिलाएर बनाउनुपर्ने प्रस्तावना छ।
नयाँ कागे डेभ्लोप्मेन्ट ब्लकमा लिङ्से, लिङ्सेखा, कागे 1 अनि कागे 2 लाई अन्तर्भुक्त गरिनेछ। अलगढा डेभ्लोप्मेन्ट ब्लकमा साङ्से, साकयोङ, दलपचन्द, पय्योङ, कास्योङ सन्तुक, पेदोङ अनि लाभा-गितडाब्लिङ मात्र रहनेछ।
गोरुबथान ब्लकमा निम, गोरुबथान 1, 2 दालिम, आहाले पोख्रेबुङ अनि पाब्रिङटार हुनेछ।
यसरी नै जलढका ब्लकमा तोदे-ताङ्ता, पाटेन गोदक, रोङ्गो, सामसिङ अनि कुमाईलाई मिलाएर निर्माण हुनुपर्ने प्रस्तावना ग्रहण गरिएको छ।
0 Response to "प्रशासनिक सुविधाको कारण नयाँ खण्ड निर्माणको प्रक्रिया शुरु"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.