-->
संविधान संशोधन नभएसम्म पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव सम्भव छैन – डा महेन्द्र पी लामा

संविधान संशोधन नभएसम्म पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव सम्भव छैन – डा महेन्द्र पी लामा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 30 नोभेम्बर 2013। “दार्जीलिङ पहाडमा संविधान संशोधन नभएसम्म त्रीस्तरीय पञ्चायत चुनाव सम्भव छैन। यदि कसैले संविधान संशोधन नभई त्रीस्तरीय पञ्चायत चुनाव ल्याउँछु भन्छन भने त्यो संविधानको अवहेलना मात्र नभएर भन्ने व्यक्तिको अनभिज्ञता पनि हो” उक्त कुरा डा हेन्द्र पी लामाले भनेका हुन। 
तिनी आज पर्यावरण सम्बन्धित अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन कालेबुङ आईपुगेका थिए। यसैअवधी पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिदै तिनले उक्त कुरा भनेका हुन।
तिनले यसक्रममा पत्रकारहरुसंग कुराकानी गर्दै दार्जीलिङ डुवर्स युनाईटेड डेभलभमेन्ट फाउण्डेसनले छुट्टै राज्यको मुद्दालाई पहिलो पंक्तिमा राखेर आगामी लोकसभा चुनाव लड्ने कसरत गरिरहेको बताए। 
यता आगामी लोकसभा चुनावमा निर्दलीय प्रार्थीको रुपमा चुनाव लड्ने घोषणा गरिसकेका डा महेन्द्र लामालाई क्षेत्रीय राजनीतिको ज्ञान नभएको कतिपय राजनैतिक दल अनि नेताहरुले घरी घरी आरोप लगाउँने गरेका छन। क्षेत्रीय राजनीतिमा कुनै प्रभाव नभएको आरोपप्रति प्रश्न गर्दा तिनले भने “क कसकोमा कति क्षमता छ कति अनुभव छ भन्ने कुरा समयले बताउँनेछ। अहिले यसबारे धेरै टिप्पणी गर्नुछैन मलाई”। 
कुराकानीको क्रममा तिनले छुट्टै राज्य माग्नेहरु एक हुनपर्ने आह्वान गर्दै शुन्य शत्रुको सिद्धान्तको उठान गर्दै छुट्टै राज्य माग्नेहरुले एकार्कालाई दुश्मनको व्यवहार गर्नु नहुने आह्वान गरे। 
“हामी छुट्टै राज्य माग्नेहरुलाई दुश्मन मान्दैनौँ। हाम्रो सिद्धान्त जिरो एनिमीको छ। जबसम्म छुट्टै राज्य प्राप्त हुँदैन तबसम्म हामी दुश्मनीको कुरा गर्दैनौँ। यदि कसैले गर्छ भने त्यो उनीहरुको सोंच हो। हामी एक अंगालोमा बाँधिएर लक्ष्य प्राप्त गर्न चाहन्छौँ” डा लामाले भने। 
अहिलेघरी बिभिन्न क्षेत्रहरुमा भईरहेको जनसम्पर्क अभियानमा तिब्रता आईरहेको दाबी गर्दै सबै क्षेत्रहरुबाट सकारात्मक टिप्पणीहरु प्राप्त भैरहेको पनि तिनले बताएका छन।
“हामीलाई बिभिन्न स्थानहरुमा मानिसहरुले बोलाईरहेका छन। बाल बृद्ध बनिता सबै नै हाम्रो जनसम्पर्क अभियानमा जोडिन्दै गईरहेका छन” तिनले अझ भने। 
यसक्रममा डा लामाले छुट्टै राज्य गठन नभएसम्म क्षेत्रको बिकास कार्यलाई कसरी अघि बडाउनुपर्ने बिषयमा पनि आफुहरुले सोंचेको अनि क्षेत्रको बिकाशको निम्ति अन्तर्राष्ट्रिय संस्थाहरुलाई ल्याउँने कार्य गर्ने तिनले बताए।

Related Posts

0 Response to "संविधान संशोधन नभएसम्म पहाडमा त्रीस्तरीय पञ्चायत चुनाव सम्भव छैन – डा महेन्द्र पी लामा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.