-->
“गोर्खाल्याण्ड प्राप्त गर्न सक्ने धेरै बाटोहरु छन- स्वराज थापा   ...  गोजमुमोको जनसभामा गोरामुमो अनि तृणमूलमाथी प्रहार छैटौ अनुसूची नफल्ने बनतरुल – रोशन गिरी

“गोर्खाल्याण्ड प्राप्त गर्न सक्ने धेरै बाटोहरु छन- स्वराज थापा ... गोजमुमोको जनसभामा गोरामुमो अनि तृणमूलमाथी प्रहार छैटौ अनुसूची नफल्ने बनतरुल – रोशन गिरी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 17 नोभेम्बर 2013। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन पछि गोर्खा जनमुक्ति मोर्चाले जीटीएको सत्तामा फर्किएर अहिले जीटीएकै बडीबडाई गर्न शुरु गरेको छ।
आन्दोलन पछि जीटीएमा फर्किएर दार्जीलिङमा पहिलो जनसभा पछि आज कालेबुङको मेला ग्राउण्डमा मोर्चाले जनसभा गरेर पुन: गोर्खाल्याण्डको वकालती गर्दै जीटीएकै गुणगान धेरै गाए। यद्यपी वक्ताहरुले गोर्खाल्याण्ड राज्यको मागलाई पनि निकै प्रमुखता दिएर भाषणमा समेटेका थिए। 
यता गोर्खाल्याण्ड राज्यबारे बिशेषरुपले बोल्दै गोजमुमो स्टडी फोरमका सदस्य स्वराज थापाले राज्यप्राप्तिको बाटोहरु बताए। 
“गोर्खाल्याण्ड प्राप्त गर्न सक्ने एउटा मात्र बाटो छैन। हामीले भारतीय संविधानको धारा 3 मार्फत सोझै गोर्खाल्याण्ड पाउन सक्छौ अनि यसबाहेक पनि धेरै बाटोहरु छन। जीटीएको माध्यमबाट पनि गोर्खाल्याण्डमा पुग्न सकिन्छ। युनियन टेरीटोरी, दोस्रो राज्य पुनर्गठन आयोग अनि अर्को संविधानको धारा 3 लाई सस्पेन्सन गरेर पनि गोर्खाल्याण्ड बनिन सक्छ” गोजमुमो पार्टीका स्टडी फोरमका सदस्य एंव राष्ट्रिय पत्रकार स्वराज थापाले मेला ग्राउण्डमा आयोजित गोजमुमो पार्टीको जनसभालाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन। 
तिनी छुट्टै राज्य गठनको सम्भावना बारे जनसभामा भेला भएका मानिसहरुलाई सम्बोधन गर्दै थिए। यसक्रममा गोर्खाल्याण्ड गठनको असम्भावनालाई तिनले सोझै खारेज गर्दै यसलाई प्राप्त गर्न सकिने बाटोहरु बारे बताउँदै थिए। 
“1966 सालमा जब ईन्दिरा गान्धीले शाषण गरिरहेकी थिईन त्यस समय आपतकालिन स्थिती लागु हुँदा संविधानको सम्पूर्ण प्रावधानहरु बन्द भएको थियो। यसैक्रममा अविभाजित पञ्जाबलाई हरियाणा अनि पञ्जाब राज्य बनाईएको हो” तिनले संविधानको धारा तीन लागु नभएको समयमा पनि छुट्टै राज्य गठन हुन सक्ने सम्भावना बारे बताए। 
दिल्लीमा आगामी चुनाव पछि सिंगो पार्टीले सत्ता हासिल गर्न निकै चर्को हुने सम्भावना व्यक्त गर्दै आगामी दिनहरुमा क्षेत्रिय पार्टीको भूमिका समेत,महत्वपूर्ण हुने अनि यसकुरामा सबैले ध्यान दिन आवश्यक रहेको पनि सबैलाई बताए। यता जनसभालाई सम्बोधन गर्ने क्रममा गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले दार्जीलिङ पहाडमा अहिलेघरी बिस्तारित हुँदैगरेको गोरामुमो पार्टी अनि तृणमूल कङ्ग्रेसको खुलेर आलोचना गरे।
“छैटौ अनुसूची कहिल्यै नफल्ने बनतरुल हो। छैटौ अनुसूचीको मुद्दालाई स्ट्याण्डिङ कमिटिले खारेज गरिसकेको छ। यसकारण यो अब कहिल्यै यस धर्तीमा फल्नेछैन। हरियो झण्डाले न्याय दिनेछैन” रोशन गिरीले गोरामुमो अनि सुवास घिसिङको आलोचना गर्दै भने। आफ्नो सम्बोधनको क्रममा तिनले जीटीए र छैटौ अनुसूचीको तुलना गर्दै जीटीएको बडीबडाई गर्दै छैटौ अनुसूचीलाई नकारात्मक बताउँन पछि परेनन। “हरियो झण्डा अनि सुवास घिसिङले सदाको निम्ति गोर्खाल्याण्डको मुद्दा ड्रप गरेको थियो। गोजमुमोले यसो गरेको छैन। हामी जनतालाई धोका दिदैनौ। जीटीए क्षमतावान व्यवस्था हो। छैटौ अनुसुची संवैधानिक व्यवस्था हो तर यसले गोर्खाल्याण्डको माग सदैवलाई ड्रप गरिदिनेछ। यसर्थ हामीले संवैधानिक ग्यारण्टि नभएको जीटीए लिएका हौँ किन भने यसैबाट हामी गोर्खाल्याण्डको सिडीँ चड्न सक्नेछौँ” रोशन गिरीले स्पष्ट भने। 
यता जनसभालाई सम्बोधन गर्दै मोर्चा महासचिव गिरीले अहिलेघरी मोर्चा त्यागेर तृणमूल कङ्ग्रेसमा जानेहरुलाई पनि राजनैतिक प्रहार गरे। “तृणमूल कङ्ग्रेसले गोर्खाल्याण्डको बिरोध गर्छ। गोर्खाल्याण्ड होबेना भन्छ। आज गोर्खाल्याण्ड होबेना भन्नेहरुको झण्डा कसरी समात्दैछन ? यदि आफ्नो छात्तिभित्र आत्मस्वाभिमान छ भने उनीहरुले तृणमूलको झण्डा समात्नेछैनन” गिरीले अझ भने। 
आफ्नो लामो सम्बोधनमा जीटीएको बडीबडाई गर्दै जीटीएले पहाडमा के के गर्न सक्छ भन्ने बिषयमा नै तिनले जोड दिए। यसक्रमा तिनले अस्थायी कर्मचारीवर्गको स्थायीकरण जीटीएले गर्न सक्ने बताउँन चुकेनन। 
गोजमुमो कालेबुङ महकुमा समितिको आयोजनामा सम्पन्न भएको उक्त जनसभामा बिभिन्न स्थानबाट मानिसहरु व्यापक मात्रमा भेला भएका थिए। 
यस अवसरमा मिलिन चियाबगानका क्रामाकपा पार्टीका दिलीप रसाईली लगात अन्य 10 घर गोजमुमो पार्टीमा सामेल भएको जनसभाको मञ्चबाट घोषणा गरियो। यता क्रामाकपा त्यागेर मोर्चामा सामेल हुनेहरुलाई मोर्चा अध्यक्ष बिमल गुरुङले आफ्नो पार्टीको झण्डा दिएर स्वागत जनाए। 
गोजमुमो कालेबुङ महकुमा समितिका अध्यक्ष श्रीमती सरिताले राईले अध्यक्षता गरेको उक्त जनसभालाई दार्जीलिङ महकुमा समितिका युवा मोर्चा सचिव सरद राई, सावन राई, मोतिप्रसाद शर्मा आदिले पनि सम्बोधन गरेका थिए। उनीहरुले पनि आफ्नो सम्बोधनमा गोरामुमो अनि तृणमूल कङ्ग्रेसको खुलेर आलोचना गरे। उक्त जनसभामा जीटीए डिपुटी चिफ कर्णल रमेश आले, श्रीमती आशा गुरुङ, आरपी वाईबा लगायत बिभिन्न समष्टिका सभासद लगायत अन्य मोर्चा नेताहरुको बिशेष उपस्थिति रहेको थियो।

Related Posts

0 Response to "“गोर्खाल्याण्ड प्राप्त गर्न सक्ने धेरै बाटोहरु छन- स्वराज थापा ... गोजमुमोको जनसभामा गोरामुमो अनि तृणमूलमाथी प्रहार छैटौ अनुसूची नफल्ने बनतरुल – रोशन गिरी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.