-->
तेलेंगना गठनको घोषणा हुँदा गोर्खाल्याण्ड आन्दोलन जरुरी थियो – स्वराज थापा....गोर्खाल्याण्ड आन्दोलनमा बिद्यार्थीवर्गको भूमिका सराहनीय छ – रोशन गिरी

तेलेंगना गठनको घोषणा हुँदा गोर्खाल्याण्ड आन्दोलन जरुरी थियो – स्वराज थापा....गोर्खाल्याण्ड आन्दोलनमा बिद्यार्थीवर्गको भूमिका सराहनीय छ – रोशन गिरी

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 16 नोभेम्बर 2013। “गोर्खाल्याण्डको आन्दोलन राजनैतिक लडाई हो। योप राजनैतिक लडाईमा आजको भोली निर्णय हुँदैन। हामी छिटो निर्णयमा पुग्छौँ। आन्दोलन सकियो भन्ने अहिलेनै भन्न सकिन्न। यो राजनैतिक लडाईमा निर्णय हुन लामो प्रक्रिया चल्छ” राष्ट्रिय वरिष्ठ् पत्रकार एंव गोजमुमो स्टडी फोरमका सदस्य स्वराज थापाले उक्त कुरा भनेका हुन। तिनी आज विद्यार्थी मोर्चाको सातौ स्थापना दिवस कार्यक्रममा सहभागी बन्न आएका थिए। 
यसैक्रममा पत्रकारहरुसंगको कुराकानीमा तिनले एक प्रश्नको उत्तर दिदै उक्त कुरा भनेका हुन। छुट्टै राज्य तेलेंगना गठनको घोषणाले यता दार्जीलिङ पहाडमा गोर्खाल्याण्डको आन्दोलनलाई प्रभावित बनाएको बताउँदै तेलेंगना गठनको घोषणा हुँदा गोर्खाल्याण्ड आन्दोलनको घोषणा हुनु कुनै गलत थिएन भन्ने तिनले बताए। “केन्द्रमा तेलेंगना गठन हुने घोषणा हुँदा गोर्खाल्याण्डको आन्दोलन हुनु जरुरी थियो। दार्जीलिङमा आन्दोलनको जुन निर्णय भयो त्यो गलत निर्णय भने होईन” थापाले भने। तिनले बिगत 2000 सालमा तीनवटा राज्यहरु निर्माण हुँदा कुनै आन्दोलन नभएर गलत भएको बताउँदै यसपल्ट आन्दोलन हुनु सही थियो भन्ने दाबी समेत गरे। 
तेलेंगना राज्य गठनको घोषणा पछि आफु स्टडी फोरमका सदस्य भएको नातामा मोर्चा अध्यक्ष बिमल गुरुङले आफ्नो बिचार समेत लिएको तिनले बताए। आन्दोलन सही प्रकार भए पनि आन्दोलनलाई वार्ताको टेबलमा राख्दा भने केही चुक भएको तिनले बिचार राखे। यता अहिलेघरी दार्जीलिङ पहाडमा अगामी लोकसभा चुनावलाई लिएर राजनैतिक हावा तातिन्दै गईरहेको अवस्थामा कतै पत्रकार थापा स्वय सांसदको चुनाव लडने ताकमा छन कि भन्ने प्रश्न गर्दा तिनले उक्त प्रश्नलाई सोझै नकारेका छन। 
“म सांसद बन्ने दौडमा छुईन” तिनले स्पष्टरुपमा भने। यता छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति राष्ट्रिय स्तरमा काङग्रेस अथवा भाजपाको समर्थन आवश्यक रहेको बताउँदै उक्त दलहरुको समर्थन बिना छुट्टै राज्य सम्भव नहुने पनि तिनले बताए। 
“गोर्खाल्याण्ड गठनको निम्ति राष्ट्रिय स्तरको पार्टी काङ्ग्रेस अथवा भाजपाको समर्थन आवश्यक छ। 2009 मा हामीले उक्त कुरा बुझेर नै जसवन्त सिहलाई जिताएका हौँ। यदि यसपल्ट भाजपाले गोर्खाल्याण्डको बिषयमा लिखित समर्थन गर्छ भने जसवंत सिहलाई पुन: प्रार्थी बनाउँनु उचित छ” स्वराज थापाले भने। “यदि काङ्ग्रेसले पनि चुनावी मेनिफेस्टोमा गोर्खाल्याण्डको मुद्दा समावेश गर्छ भने कङ्ग्रेसलाई पनि समर्थन गर्न तयार हुनपर्ने मेरो बिचार छ” थापाले अझ भने। 
यता दार्जीलिङ पहाडबाट आगामी लोकसभा चुनावमा निर्दलीय प्रार्थीको रुपमा चुनाव लड्ने घोषणा गरिसकेका डा महेन्द्र पी लामाबारे प्रश्न गर्दा तिनले डा लामाको घोषणाले आफू आश्चर्य चकित भएको बताए| 

गोर्खाल्याण्ड आन्दोलनमा बिद्यार्थीवर्गको भूमिका सराहनीय छ – रोशन गिरी 
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 16 नोभेम्बर। गोर्खा जनमुक्ति मोर्चाको भातृसंगठन बिद्यार्थी मोर्चाले आज आफ्नो सातौँ स्थापना दिवस यहाँक़ो रामकृष्ण रंगमञ्चमा पालन गर्‍यो। गोजबिमो केन्द्रिय समितिको आयोजनामा सम्पन्न उक्त स्थापना दिवस कार्यक्रममा मोर्चा अध्यक्ष बिमल गुरुङको बिशेष उपस्थिति रहेको थियो भने मोर्चा महासचिव रोशन गिरी, जीटीए डिपुटी चिफ कर्णल रमेश आले, श्रीमती आशा गुरुङ राष्ट्रिय पत्रकार स्वाराज थापाको पनि बिशेष उपस्थिति रहेको थियो। 
सातौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सारेगम अनि ईण्डियन आईडल जुनियर शिर्ष दशका प्रतियोगि अपूर्व तामाङले सांगीतिक प्रस्तुति केन्द्रबिन्दु बनेको थियो। यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। 
यस अवसरमा बिभिन्न क्षेत्रमा समाजप्रति योगदान पुर्‍य़ाउँनेहरुलाई पनि सम्मान जनाईयो। यता बिद्यार्थी मोर्चाका नेताहरुले सम्बोधन गर्ने क्रममा राजनीतिमा बिद्यार्थीवर्गको सहभागीता हुनपर्ने बिषयमा निकै जोड दिए। 
बिगतका आन्दोलनहरुमा बिद्यार्थीहरुले जुनै पनि ठाउँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै गोर्खाल्याण्ड आन्दोलनमा बिद्यार्थीहरु संलग्न हुँदा बिभिन्न आरोप लगाउँन उचित नहुने उनीहरुले बताईरहेका थिए। 
यता बिद्यार्थीहरुलाई सम्बोधन गर्दै गोजमुमो महासचिव रोशन गिरीले आजसम्म बिद्यार्थी मोर्चाले आन्दोलन अनि पार्टीलाई महत्वपूर्ण सहयोग गरेको बताउँदै आभार प्रकट गरे। 
“गोजमुमो आन्दोलनलाई जहासम्म पुर्‍याएर लगेको छ त्यसमा बिद्यार्थीहरुको उत्तिकै महत्वपूर्ण भूमिका छ। कुनै पनि आन्दोलनमा बिद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहेको छ भने गोर्खाल्याण्ड आन्दोलनमा पनि बिद्यार्थीवर्गको भूमिका उत्तिकै महत्वपूर्ण रहेको छ” रोशन गिरीले भने। 
तिनले भोलिको दिनमा गोर्खाल्याण्ड आन्दोलनको निम्ति बिद्यार्थीवर्गको भूमिका अझ महत्वपूर्ण हुने पनि बताए। यता कार्यक्रममा बिशेषरुपले उपस्थित रहेका राष्ट्रिय पत्रकार स्वराज थापाले आफ्नो सम्बोधनमा बिद्यार्थेवर्गको खुलेर प्रशंसा गर्दै आन्दोलनमा बिद्यार्थीहरुको भूमिकाबारे बताए। 
“यदि अलग राज्य गोर्खाल्याण्ड् सम्भव छ भने त्यो युवा शक्तिको कारण मात्र सम्भव हुन्छ। युवाहरूले इमान्दारितापूर्वक आन्दोलन गरे अलग राज्य गोर्खाल्याण्ड् टाडो छैन” स्वराज थापाले भने। तिनले आफ्नो सम्बोधनमा पहाडमा छैटौ अनुसूची लागु हुन नसक्ने बिषयमा पनि जोड दिए।
छैटौ अनुसूचीको मुद्दालाई स्ट्याण्डिङ कमिटिले खारेज गरिसकेको बताउँदै खारेज भएको छैटौ अनुसूची लागु हुनु अपत्यारिलो रहेको तिनले बताए। 
विद्यार्थी मोर्चा केन्द्रिय उपाध्यक्ष दिप थापाको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रमलाई विद्यार्थी मोर्चा केन्द्रिय सह-सचिव रोशन सुब्बा, खरसाङका अध्यक्ष सोना लामा, साङ्गठनिक सचिव भाष्कर राई, दिपिका परियार आदिले सम्बोधन गरेका थिए।

Related Posts

0 Response to "तेलेंगना गठनको घोषणा हुँदा गोर्खाल्याण्ड आन्दोलन जरुरी थियो – स्वराज थापा....गोर्खाल्याण्ड आन्दोलनमा बिद्यार्थीवर्गको भूमिका सराहनीय छ – रोशन गिरी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.