-->
नारी तस्करीको आरोपमा किशोरी संगै एक युवक पक्राऊ

नारी तस्करीको आरोपमा किशोरी संगै एक युवक पक्राऊ

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 24 अक्टोबर 2013। यहाँक़ो छोटा भालुखोप निवासी रमेश विश्वकर्म (18)
लाई नारी तस्करीको कार्यमा संलग्न रहेको आरोपमा कालेबुङ पुलिसले पक्राऊ गरेको छ। तिनलाई कालेबुङ पुलिसले एनजेपी रेल्वे स्टेशन परिसरबाट पक्राउ गरेर आफ्नो कब्जामा लिएको छ।
शहरको नजिकै रहेको एउटा गाउँबाट तीनजना किशोरीहरु लापत्ता भएको घटनालाई केन्द्र गरी उक्त युवकलाई पुलिसले पक्राऊ गरेको हो। पुलिसले हराएका तीन किशोरीहरु मध्ये एकजना सृष्टि (परिवर्तित नाउँ) लाई उक्त युवक संगै उद्धार गरेको छ। उक्त किशोरी लापत्ता भए पछि परिवार पक्षले कालेबुङ थानामा प्राथमिकी दर्ता गरे पछि पुलिसले अभियान चलाएर आरोपी युवकसंगै तिनलाई उद्धार गर्न सक्षम भएको हो। 
यहाँको एउटा माध्यमिक विद्यालयमा आठौ कक्षामा अध्ययनरत रहेकी उक्त किशोरीलाई आरोपी युवकले फकाएर लगेको परिवार पक्षको आरोप रहेको छ। यता पुलिसले आरोपी युवक अनि पिडीत किशोरीलाई सोधखोज गर्दा आफुहरुमाझ प्रेम सम्बन्धमा रहेको बयान दिएका छन। दुवैले आफुहरु गत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताउँदै बिहे गर्ने उदेश्यले घरबाट भागेको अझ बताएका छन। 
घरबाट भागेका दुवैलाई आज पुलिसले चण्ढीगड जाने अवस्थामा पक्राऊ गरेको हो। पुलिसले युवकविरुद्ध भारतीय दण्ड संहिताको धारा 363 अनि 366 अन्तर्गत अपहरणको प्रयाससँग सम्बन्धित मुद्दाहरू दर्ता गरेको छ भने किशोरी नाबालिक रहेको कारण यहाँको एउटा पुनर्वास केन्द्रमा पठाएको छ। आरोपी युवकलाई आज यहाँको न्यायालयमा पेश गरिएको थियो भने तिनलाई 14 दिनको न्यायिक हिरासतमा पठाएको छ। यता सोही गाउँबाट हराएका अन्य दुई किशोरीहरुलाई भने पुलिसले फेला पार्न सकेन। उनीहरुलाई आरोपी युवकका साथी मौसम ठाकुर(24)ले साथमा लिएर गएको थाह लागेको छ। 
मौसम ठाकुर चण्ढीगड निवासी रहेको कारण उक्त युवतीहरुलाई तिनले चण्ढीगड नै लगेर जान सक्ने आशंका रहेको छ। आरोपी ठाकुरसंग नगमा (काल्पनिक नाउँ)को प्रेम सम्बन्ध रहेको अनि उक्त युवकले पनि बिहे गर्ने प्रलोभनमा लिएर गएको थाह लागेको छ। यता उक्त किशोरी संगै तिनको साथी श्रद्धा पनि गएकी छिन।
ती दुइ किशोरी र मौसम ठाकुर नामक युवक पहिले सिलगढी पुगेर बसेका थिए भने रमेश र सृष्टि पछि गएका थिए। सिलगढीमा भेटेर सबै एकसाथ चण्ढीगढ जाने उनीहरूको योजना थियो। तर पक्रा परेका युवक रमेशले सिलगढीमा पुगेर मौसम ठाकुरसँग सम्पर्क गर्न असफल भएको थियो। पूर्वनिर्धारित योजना असफल भएपछि रमेश र सृष्टि मात्र चण्ढीगढ जाने प्रयास गरिरहेको अवस्थामा आज कालेबुङ पुलिसले तिनीहरूलाई नियञ्त्रणमा लिएको थियो।

0 Response to "नारी तस्करीको आरोपमा किशोरी संगै एक युवक पक्राऊ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.