-->
भागोपले गोजोएक छोड्ने निर्णयलाई गोरानिमोको स्वागत

भागोपले गोजोएक छोड्ने निर्णयलाई गोरानिमोको स्वागत

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 अक्टोबर 2013। भारतीय गोर्खा परिसंघले गोर्खाल्याण्ड जोईन्ट् एक्सन कमिटिबाट साथ छोडेकोमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो)ले स्वागत जनाएको छ। पार्टीका अध्यक्ष दावा पाख्रिनले आज एक पत्रकार सम्मेलन डाकेर भागोपको निर्णायलाई स्वागत जनाए।
तिनले मोर्चाको नियत पहिल्यैबाट ठिक नभएको कारण आफुहरुले समर्थन फिर्ता लिएको बताउँदै भागोपले ढिलै भए पनि स्वागतयोग्य निर्णय लिएको तिनले बताएका छन। यस अवधी पत्रकारहरु संगको कुराकानीमा सामुहिक नेतृत्वले मात्र गोर्खाल्याण्ड ल्याउँन सकिने कुरामा तिनले जोड दिए।
आज पत्रकारहरुसंग कुराकानी गर्दै तिनले भने आगामी नोभेम्बर महिनामा गोर्खाल्याण्डको निम्ति एउटा सक्रिय टोली गठन गर्ने छौ भनि बताएका छन। तिनले उक्त गठन हुने टोलीमा राम्रो मानिसहरु मात्र हुने पनि बताएका छन। यसैक्रममा तिनले मुख्य मंत्री ममता ब्यानर्जीको आलोचना गर्न पनि पछि परेनन। 
तिनले लेप्चा समुदायका मानिसहरुलाई घर निर्माणको निम्ति एक लाखको चेक प्रदान गरेको कार्यलाई स्वागत गर्दै उक्त कार्यले पहाडवासीकै बिकाश हुने बताए। आफू लेप्चाहरुको पक्षमा अघि देखिनै रहेको बताउँदै सधै साथ रहने प्रतिबद्धता समेत जाहेर गरे। 
यद्यपी तिनले ममता ब्यानर्जीले बिजनबारी पूल दुर्घटनामा प्राण त्याग्नेहरुलाई अडाईलाख प्रदान गरेको अनि यता कोलकोताको आम्री अस्पतालमा प्राण त्याग्नेहरुलाई भने पाँच लाख प्रदान गरेर पहाडवासी र मधेशवासीमा भेदभाव राख्ने कार्य गरेको तिनले आरोप लगाए। 
यस अवधी पहाडवासी कर्मचारीको वेतन काटेर अत्याचार गरेको दावा पाख्रिनले आरोप लगाए। तिनले अहिलेघरी मोर्चा जीटीएमा फर्कियो भन्दैमा जनता तृणमूल कङ्ग्रेसमा जानु ठिक नहुने बताएका छन।

0 Response to "भागोपले गोजोएक छोड्ने निर्णयलाई गोरानिमोको स्वागत "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.