-->
बालश्रम मुक्त समाज निर्माणको औपचारिक कार्यक्रमको घोषणा

बालश्रम मुक्त समाज निर्माणको औपचारिक कार्यक्रमको घोषणा

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 29 अक्टोबर । बालश्रम मुक्त समाज निर्माणको पक्षमा गैरसरकारी संगठन बाल सुरक्षा अभियान अनि अनुज्ञालयले औपचारिक कार्यक्रमको घोषणा नै गरेको छ।
‘बालश्रममुक्त समाजको दिशामा अग्रसर’ नामक स्लोगान दिएर संगठनले अभियान शुरु गरेको छ।
यहाँको रामकृष्ण रंगमञ्चमा सम्पन्न उक्त कार्यक्रममा दार्जीलिङ जिल्लापाल पुनित यादव मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए भने दार्जीलिङ डायोसिसका बिशप स्टेफन लेप्चा, क्षेत्रिय विधायक डा हर्कबहादुर छेत्री, अतिरिक्त पुलिस अधिक्षक के कन्नन, क्लुनी सिस्टर्सको पूर्वोत्तर भारत अनि नेपाल प्रान्तकी उपप्रमुख सिस्टर रेचल छेत्री लगायत विभिन्न सरकारी अनि सामाजिक संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बीएसएकी निर्देशिका सिस्टर सुवेष्णा थापाले यस अभियानको उद्देश्यबारे प्रकाश पारिन।
यस अभियानअन्तर्गत संगठनले बालश्रमको शिकार बनेका नानीहरूको उद्धार, सुरक्षा, पुनर्वास लगायत बालअधिकार सम्बन्धी जनचेतनाको प्रचारप्रसार लगायत कानूनी पक्ष आदि कुराहरूमा आफ्नो गतिविधि केन्द्रीत गर्ने थापाले बताईन। आफ्नो सम्बोधनको क्रममा तिनले बालश्रमको उन्मूलनको दिशामा सरकारी अनि गैरसरकारी निकायहरूबीच अझ तालमेलपूर्ण कार्य शैलीको खाँचो रहेको बताएकी छन।
यता कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित रहेका जिल्लापाल यादवले बाल सुरक्षा र अधिकारको दिशामा सरकारी अनि गैरसरकारी निकायहरू लगायत नागरिक समाजले मिलेर काम गर्नु पर्ने आवश्यकतामाथि जोर दिए। तिनले यस क्षेत्रमा काम गरिरहेका संगठन बीएसए अनि अनुज्ञालयलाई जनचेतनाका सामग्रीहरू प्रदान गरेर सहयोग पुर्‍याउने वचन पनि दिएका छन।

0 Response to "बालश्रम मुक्त समाज निर्माणको औपचारिक कार्यक्रमको घोषणा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.