-->
राष्ट्रिय आपदा प्रबन्धन दिवस पालन

राष्ट्रिय आपदा प्रबन्धन दिवस पालन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 अक्टोबर। कालेबुङ महकुमा अधिकारी कार्यलयको आपदा प्रबन्धन बिभागको आयोजनमा आज राष्ट्रिय आपदा प्रबन्धन दिवस पालन गरियो। 
यहाँको टाउन हलमा आयोजित उक्त कार्यक्रममा महकुमा अधिकारी कार्यलयका डिपुटी म्याजिस्ट्रेट प्रितम लिम्बु बिशेष रुपले उपस्थित रहेका थिए। यस अवसरमा कार्यक्रममा सेभ द हिल्सका अध्यक्ष प्रफुल्ल रावले आपदा प्रबन्धन बिषयमा पावर पोईन्ट प्रेजेन्टेसन प्रस्तुत गरेका थिए।
तिनले आपदा आएको समयमा के कस्ता सुरक्षाको पदक्षेप ग्रहण गर्नु पर्ने अनि मानिसहरुलाई कसरी उद्धार गर्न पर्छ भन्ने बिषयमा जानकारी गराएका थिए।
उक्त आपदा प्रबन्धन कार्यक्रममा यहाँको एसयुएमआई, कुमुदिनी होम्स, सप्तश्री विद्यापिठ् आदि विद्यालयका बिद्यार्थीहरुले भाग लिएका थिए।

0 Response to "राष्ट्रिय आपदा प्रबन्धन दिवस पालन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.