-->
तेलेंगना गठन प्रक्रियाले गोर्खाल्याण्डको बाटो खोलिदिएको छ – भागोप

तेलेंगना गठन प्रक्रियाले गोर्खाल्याण्डको बाटो खोलिदिएको छ – भागोप

डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 अक्टोबर 2013| ।कुनै पनि सहुलियतहरुमा सम्झौता नगरी छुट्टै राज्य तेलेंगना गठनको मागमा नेताहरुले आन्दोलनलाई जारी राखेको परिणाम नै उनीहरुले राज्य प्राप्ति गर्नु हो। यता हामी बिभिन्न सहुलियतहरुमा सम्झौता गर्दै बसेको कारण आज छुट्टै गोर्खाल्याण्ड राज्य गठनको प्रक्रियाबाट बञ्चित बनेका छौँ” – उक्त कुरा भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले भनेका हुन। तिनलाई तेलेंगना राज्यको मागलाई क्याबिनेटले स्वीकृति दिएको अवसरमा प्रतिक्रिया लिन चाहँदा उक्त कुरा भनेका हुन। 
यस अवधी तिनले तेंलेंगनावासीलाई बधाई समेत दिदै सरकारको उक्त पहलले गोर्खाल्याण्ड राज्य गठनको मार्ग प्रशस्त खुल्ला गरिदिएको पनि दाबी गरे। तेलेंगनावासीले सम्झौताविहिन संघर्ष गरेको उपलब्धि आज हासिल गरेको अनि यता गोर्खाहरुको सम्झौतावादी नेतृत्वले आज पछि परेको बताए। ‘हामीले दागोपाप पायौं, 21 बर्ष त्यहाँ भुलियौँ। कङ्ग्रेसले हिल अफेर्यस् दिएर हामीलाई पहाडी क्षेत्रमा मात्रै झुक्काइ राख्यो। सिलगढी स्वात्तै लग्यो अनि संसदीय क्षेत्र पनि फेरबदल गरिदियो। अहिले स्वच्छ आन्दोलन हुने अपेक्षा गरिरहेको अवस्थामा जीटीएमा अल्झेका छौं” प्रधानले भने। 
तिनले अहिलेघरी जीटीए थाप्नेहरूले विभिन्न प्रकारले यसलाई न्यायसंगत बनाउन खोजी रहेको आरोप लगाउँदै भने –‘मलाई हाँस उठछ, कोहीबेला भन्छन यो सिँढी हो। कोही बेला भन्छन यो राज्यभित्रको राज्य हो। अहिले भन्दैछन, यो हतियार अरे। अन्दोलनमा जाँदा हतियार फ्याँक्नु कहाँ हुन्छ भन्दैछन् । साथीहरू हतियार लिएरै बसी रहून्। हतियार नहुने बिदर्भ चैँ अघि छिरिसक्छ’। ‘म तेलङ्गनावासीहरूलाई स्यावासी र बधाई दिन चहान्छु। उनीहरुलाई पनि धेरैवटा प्रलोभन देखाइएको हो तर राज्यको मुद्दामा अडिग रहे। त्यसैको फल आज उनीहरुले पएका छन। 
सिँढी, हतियारको प्रयोग नगरिनै उनीहरु सोझै आज राज्यमा प्रवेश गर्दैछन। यो ठूलो उपलब्धी हो। अलग राज्यका लागि सघर्षरत यसले नयाँ बाटो हाम्रो निम्ति खोलेको छ’ प्रधानले अझ भने। 
यसैक्रममा तिनलाई प्रस्तावित त्रिपक्षीय वार्तावारे भागोपको अडानबारे प्रश्न गर्दा वार्ताबारे आफूहरुलाई कुनै स्पष्ट जानकारी नआएको बताए। ‘अहिले बैठकलाई केन्द्र गरी ठोस टिप्पणी गर्ने अवस्था छैन। यो जीटीएको समीक्षा बैठक हो कि गोर्खाल्याण्डको समस्याबारे चर्चा गर्ने हो भन्नेबारे अडकलबाजी मात्र चलेको छ। त्यसकारण यस्ता अपुष्ट खबरबारे मन्तव्य गर्नु अहिले उचित हुँदैन। 
गोर्खाल्याण्ड र गोर्खाहरूको समस्याहरूबारे वार्तामा चर्चा हुन्छ भने भागोप वार्ताको निम्ति तयार छ’ डा एनोसदास प्रधानले स्पष्ट पार्दै भने।

0 Response to "तेलेंगना गठन प्रक्रियाले गोर्खाल्याण्डको बाटो खोलिदिएको छ – भागोप"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.