-->
तृणमूल कङ्ग्रेसले गोजमुमोको भण्डाफोर गर्ने

तृणमूल कङ्ग्रेसले गोजमुमोको भण्डाफोर गर्ने

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 अक्टोबर 2013: गोजमुमो पार्टीले अहिलेसम्म जनतालाई ढाँटेको तृणमूल कङ्ग्रेसले कालेबुङको त्रिकोण पार्कबाट खुलासा गर्ने भएको छ। हिल तृणमूलले मोर्चाको सम्पूर्ण पोल खोल्न शनिबार एउटा जनसभा आयोजना गरेको छ। हिल तृणमूल कङ्ग्रेस नेता प्रवीण रहपालले आज पत्रकारहरूसँग कुराकानी गर्दै उक्त जनसभामा मोर्चाको ढाँट राजनीतिको खुलासा गर्ने स्पष्ट बताए। यस अवधी तिनले मोर्चा अध्यक्ष बिमल गुरुङको आलोचना गर्दै 2007 मा गोजमुमो पार्टीको गठन भएदेखिनै गुरुङले जनतालाई ढाँट्ने कार्य गरिरहेको आरोप लगाए। “मैले बिमल गुरूङसँग सबैभन्दा नजिकमा बसेर पार्टी गरेको हो अरू सभासदहरूले उनलाई जति चिन्छन्,त्यो भन्दा बढी म उनलाई चिन्छु। अहिलेसम्म उनले जनतालाई भ्रमित पारेर राखेको कुराहरू हामी बताउने छौं’ प्रविण रहपालले भने। तिनले उक्त जनसभामा धेरै मानिसहरु नहुने बताउँदै, ट्राफिक समस्या खडा नगर्न जनतालाई जहाँ बसेका छन त्यही भाषण सुन्ने सुबिधा उपलब्ध गराउँने जनाएका छन। भोलि हुने जनसभालाई प्रवीण रहपालसहित छेवाङ भोटिया, ननिता गौतम, केएन सुब्बा, छिरिङ शेर्पा आदिले सम्बोधन गर्ने बताइएको छ।

0 Response to "तृणमूल कङ्ग्रेसले गोजमुमोको भण्डाफोर गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.