-->
गोजमुमो कार्यकर्ताहरुको पक्राउ जारी

गोजमुमो कार्यकर्ताहरुको पक्राउ जारी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 अक्टोबर 2013| गोर्खाल्याण्ड माग्ने नेताहरुलाई पुलिसले एकातिर पक्राउ गरेर एकाधिक मुद्दाहरु थप्दै जेलमा राख्ने कार्य गरिरहेको छ भने अर्कोतर्फ मोर्चा नेताहरुको पक्राऊ अभियान पनि जारी रहेको छ। 
यसैक्रममा पुलिसले आज गोजमुमो कार्यकर्ता डिकबहादुर खवासलाई पक्राऊ गरेको छ। तिनको विरुद्ध पुलिसले राष्ट्रिय राजमार्ग 31 ए मामखोला नजिक 29 जुलाई बन्दको अवधी एउटा वाहनमा आगो लगाएको मुद्दा दर्ता गरेको छ। 
तिनलाई पुलिसले मन्सोङको कास्योम कमानबाट बिहिबार राती नै पक्राऊ गरेको हो। 
आरोपी डिकबहादुर खवास बिरुद्ध भारतीय द्ण्ड सहिताको धारा १४७/४३५/३७९ अनि राष्ट्रिय राजमार्ग एक्ट दर्ता गरिएको छ। पक्राऊ परेका खवासलाई आज यहाँको न्यायालयमा पेश गरिएको थियो भने तिनलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश न्यायालयले दिएको छ।

0 Response to "गोजमुमो कार्यकर्ताहरुको पक्राउ जारी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.