-->
बङगालको शाषक दल र पहाडको एकदुईवटा दलले जीटीए चलाउँन खोज्दैछ – सतिष पोख्रेल

बङगालको शाषक दल र पहाडको एकदुईवटा दलले जीटीए चलाउँन खोज्दैछ – सतिष पोख्रेल

डी के वाइबा, कालिमन्युज, कालेबुङ 30 सितम्बर। “बङगालको शाषक दल र पहाडको एक – दुईवटा दलले जीटीए चलाउँन खोज्दैछ” – उक्त विवादस्पद बयान सभाद सतिष पोख्रेलको हो। 
बिभिन्न मुद्दाहरुमा पक्राऊ परेर जमानीमा छुटेका सभासद सतिष पोख्रेलले आज कालेबुङ थानामा आफ्नो उपस्थिति दिन आएका थिए। यसै अवधी पत्रकारहरुसंग बोल्दै तिनले उक्त बयान दिएका हुन। 
बिभिन्न मुद्दाहरुमा पक्रा परेर जमानत पाएका सभासद पोखेल न्यायालयको आदेश बमोजिम आफु कही नगएर यही रहेको प्रमाण र जानकारी दिन थानामा आफ्नो उपस्थिति दिन आज हाजिर भएका थिए। दार्जीलिङ पहाडको सम्पूर्ण राजनैतिक दलहरुले जीटीए खारेजको माग गरिरहेको छ। 
छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति जीटीए बाधा हो भनेर बारम्बार पहाडका सम्पूर्ण राजनैतिक पार्टीहरुले भनिरहेको समयमा यता सभासद सतिष पोख्रेलले ‘पहाडको एक दुईवटा दलले जीटीए चलाउँन खोज्दैछ’ भनेर नयाँ विवाद नै खडा गरिदिएका छन। यद्यपी तिनले पहाडको कुन कुन राजनैतिक दल जीटीए चलाउँन खोज्दैछ भन्ने कुरा भने स्पष्ट पारेनन्।
तिनलाई मोर्चा पुन: जीटीएतर्फ फर्कनु पर्ने बाध्यता के थियो भन्ने प्रश्न गर्दा आफु जेलमा भएको कारण यसबारे सम्पूर्ण थाह नभएको बताउँदै उक्त विवादास्पद बयान दिए। यस अवधी बोल्दै सभासद पोख्रेलले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनबारे पनि आफ्नो बयान अझ विवादास्पद नै दिएका छन। 
मोर्चाले घोषणा गरेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा यसपल्ट पनि दैनिक हजारौ जनता सडकमा निस्केर प्रदर्शनी गरिरहेका थिए। यतिमात्र होईन नेताहरु भन्दा धैरै जनता नै आन्दोलनको समयमा जेल परेका छन। तर यता सभासद् सतिष पोखेलले भने उक्त आन्दोलनमा पनि सम्पूर्ण जनताको सहयोग थियो भन्ने स्वीकार गरेनन। “आन्दोलन सही प्रकारले अघि बड्यो भन्न सक्दैनौँ। 
जनताले पनि सबैले सहयोग गर्‍यो भन्न सक्दैनौँ। जनता हामीले देख्यौँ तर सबै जनता गोर्खाल्याण्डको निम्ति आउँथ्यो भने किन मङगलसिह राजपुतले मात्र आत्मादह गरे ? अरु खोई गोर्खाल्याण्डको निम्ति जनता ?” सतिष पोख्रेलले भने। 
यता सभासद पोख्रेलले पत्रकारहरु अघि बोल्ने क्रममा कुनै पनि राजनैतिक पार्टीहरुको नाउँ नलिई ‘केही’ पार्टी’ भनेर कटाक्ष गरे। “मेरो परिवारमा जति सदस्यहरु छन त्यति सदस्य नभएका पार्टीहरु कराउँछन। यिनीहरुले गोर्खाल्याण्ड ल्याउँछ ? यस्ता पार्टीहरुले नै भ्रम फैलाउँने कार्य गर्दैछ। कालेबुङका केही पार्टीहरुले बेकाम्मे कुरा गर्छ। यस्तो सुहाउँदैन। मेरो सुझाव छ उनीहरु चुपचाप बसिदिउन” तिनले अझ भने। 
यसक्रममा तिनले गोजमुमो पार्टी छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मात्र गठन भएको दाबी गर्दै मोर्चा प्रमुख बिमल गुरुङले जीटीए छोड्नुपर्छ भनेको दिन नै आफुहरु सडकमा ओर्लेर आन्दोलन गर्न तयार रहेको बताए। “हामी पुन: जेल जान तयार छौँ। जेलमा भएकाहरु पनि गोर्खाल्याण्डको निम्ति तयार छन। जीटीए मार्फत गोर्खाल्याण्डको बिल पारित गरेर केही कार्य सक्नेसाथै हामी आन्दोलनमा होमिनेछौँ” सतिष पोख्रेलले भने।

Related Posts

0 Response to "बङगालको शाषक दल र पहाडको एकदुईवटा दलले जीटीए चलाउँन खोज्दैछ – सतिष पोख्रेल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.