-->
लेप्चा समुदायका मानिसहरुले फारम नभरी नै रोजगार पाउने निश्चित

लेप्चा समुदायका मानिसहरुले फारम नभरी नै रोजगार पाउने निश्चित

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 सितम्बर 2013। लेप्चा समुदायका 73 युवाहरुले फारम नभरी नै रोजगार पाउने निश्चित भएको छ। 
साधारणत सरकारी रोजगारको निम्ति कुनै पनि बिभागमा पहिला बिज्ञापन प्रकाशित हुनेगर्छ अनि मात्र अघाडीको प्रक्रिया शुरु हुने गर्छ। प्रथममा बिज्ञापन प्रकाशित भए पछि आवदेकहरुले आवेदन पठाउँछन अनि परिक्षा अथवा अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ। तर दार्जीलिङ पहाडमा बस्ने लेप्चा समुदायका मानिसहरुको निम्ति भने कुनै पनि फारम नभरी नै रोजगारको अवसर प्राप्त भएको छ। 
उनीहरुको निम्ति कुनै बिज्ञापन समेत् प्रकाशित भएन तर रोजगारको निम्ति एकाएक पुलिस जाँच (भेरिफिकेसन) शुरु भएको छ। 
लेप्चा समुदायका मानिसहरुलाई बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त रोजगारको अवसर प्रदान गर्ने कार्य शुरु गरिसकेको छ। 
यहाँको मेला ग्राउण्डमा गत 3 सितम्बरको दिन लेप्चा समुदायको पक्षबाट ‘भाग्य विधाता’को उपनाम ग्रहण गरेर लेप्चाहरुको बिकाश गरिदिने घोषणालाई ममता ब्यानर्जीले अब पुरा गर्ने कार्य शुरु गरेकी छिन। 
तिनले एकसय जना लेप्चा युवाहरुलाई तत्काल रोजगार प्रदान गर्ने घोषणा गरेकी थिईन भने 5 हजार लेप्चा युवाहरुलाई पुलिसमा भर्ना गर्ने घोषणा गरेकी थिईन। एकसयजना लेप्चा युवाहरुलाई तत्काल रोजगार प्रदान गर्नको निम्ति तिनले सुची समेत मागीसकेको बताए पनि दुई हप्ता पार हुँदा समेत एकसयजना लेप्चा युवाहरुलाई रोजगार प्रदान गर्ने तिनको घोषणा पुरा भएको थिएन। 
तर तिनले घोषणा गरेको ठिक 15 दिनपछे भने लेप्चा समुदायका मानिसहरुले कुनै परिक्षा अनि कुनै अन्तरवार्ता समेत नबसी रोजगार पाउँने निश्चित बनेको छ। लेप्चा समुदायका युवाहरुलाई रोजगार प्रदान गर्न भित्र भित्रै अभियान चलाएकी मुख्यमन्त्री ममता ब्यानर्जीले भाषणलाई कार्यरुपमा परिवर्तन गरिसकेकी छिन। 
विश्वस्त सुत्रले दिएको जानकारी अनुसार कालेबुङका मोठ 73 जना लेप्चा समुदायका युवाहरुको रोजगारको निम्ति पुलिस जाँच पुरा भएको छ। उक्त जाँच कार्य पुलिसले आज पूर्ण गरेर सरकार समक्ष आफ्नो रिपोर्ट समेत पठाएको छ। 
अचानक मंगलबार राती कालेबुङ महकुमा क्षेत्रका मोठ 73 जना लेप्चा युवाहरुको पुलिस जाँच पत्र प्राप्त भएको सुत्रले बताएको छ। उक्त जाँच पत्र राती यहाँको राज्यसरकार अधिनस्थ रहेको गुप्तचर बिभागलाई प्राप्त हुनको साथै उक्त जाँच पत्र आज पठाउँनु पर्ने समेत आदेश आएको सुत्रले बताएको छ। 
सरकारी आदेश आए पछि आज सम्पूर्ण 73 जना लेप्चा युवाहरुको सम्पूर्ण जाँच कार्य समाप्त गरेर आज नै सरकारलाई पठाएको छ। उक्त पुलिस जाँच कार्य समाप्त हुनसाथै लेप्चा युवाहरुले रोजगार पाउँने निश्चित बनेको छ। 
यद्यपी उक्त रोजगार कुन बिभागमा पाउँने भन्ने बिषयमा भने उक्त पुलिस जाँच पत्रमा उल्लेख नगरेको सुत्रले बताएको छ। सुत्रले केवल कालेबुङ महकुमा क्षेत्रको निम्ति मात्र अहिले प्रथम चरणमा 73 जना लेप्चाहरु रहेको बताउँदै दार्जीलिङ, खरसाङ अनि मिरिक क्षेत्रका लेप्चाहरुको पनि रोजगारको निम्ति पुलिस जाँच भएको बताएकोछ। 
यद्यपी अन्य क्षेत्रहरुका सङ्ख्या कति हो भन्ने बिषयमा भने स्पष्ट थाहा भएको छैन।  पुलिस जाँच भएका लेप्चा युवाहरु अधिकांश उच्चतर माध्यमिक उतिर्ण रहेका छन अनि राज्य सरकारले उक्त युवाहरुलाई पूर्णरुपले सरकारी रोजगार दिने बताइएकोछ। कुनै पनि रोजगारको निम्ति पुलिस जाँच पत्र समाप्त भए पछि रोजगार निश्चितरुपले पाउँने भएको कारण कालेबुङका 73 जना लेप्चाहरुले रोजगार चाँडै पाउँने आशा राखिएको एक भरपर्दो सुत्रले थपेकोछ।

0 Response to "लेप्चा समुदायका मानिसहरुले फारम नभरी नै रोजगार पाउने निश्चित "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.