-->
दार्जीलिङको घटना राज्य सरकार जिम्मेवार – भागोप ...उपद्रवीहरुले कालेबुङमा स्टेट बस जलाए

दार्जीलिङको घटना राज्य सरकार जिम्मेवार – भागोप ...उपद्रवीहरुले कालेबुङमा स्टेट बस जलाए

डी के वाइबा, कालिमन्युज, कालेबुङ 28 सितम्बर। दार्जीलिङमा एकजना छात्रालाई र्‍यापिड एक्सन फोर्सको एक जवानले दुस्कर्म गर्ने प्रयास गरेको घटनालाई केन्द्र गरेर भारतीय गोर्खा परिसघले जोडदार बिरोध जनाएको छ। भागोप अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले उक्त घटना एकदमै निन्दनिय रहेको बताउँदै भारतीय गोर्खा परिसंघले घोर बिरोध जनाउँदछ भने। 
“पहाडमा सरकारले शांतिमय वातावरणलाई बारम्बार बिगार्ने कुत्सित प्रयास गरिरहेको छ। आज शान्तिको बहानामा ल्याएका जवानहरुले हाम्रा चेलीहरुलाई दुस्कर्म गर्ने कार्य एकदमै घिनलाग्दो र निन्दनीय हो। दोषीलाई यथाशिघ्र पक्राउ गरेर कडा भन्दा कडा सजाय दिनुपर्छ” प्रधानले भने। 
तिनले उक्त घटनाले पहाडमा जुन प्रकारले अशान्ति फैलिने कार्य हुँदैछ यसमा पूर्णरुपले राज्य सरकार जिम्मेवार रहेको बताउँदै घटनाको तिब्र निन्दा गरे। 
अर्कोतिर उक्त घटनालाई केन्द्र गरेर कालेबुङमा बिद्यार्थी मोर्चाले पोष्टरिङ गरेको छ। सरकारले पहाडमा र्‍यापिड एक्सन फोर्स होईन रेपिस्ट एक्सन फोर्स राखेको बिद्यार्थी मोर्चाले पोष्टरमा लेखेको छ। यस बिषयमा बोल्दै बिद्यार्थी मोर्चाका भूषण तामाङले आरोपीलाई कडा सजाय दिनुपर्ने माग गरे। तिनले पहाडमा ममता सरकारले अशान्ति सृजना गर्न यसरी सीआरपी लगायत अन्य फोर्सहरु तैनाथ गरेको आरोप लगाउँदै उक्त सम्पूर्ण फोर्सहरुलाई पहाडबाट यथाशिघ्र फिर्ता गर्नु पर्ने तिनले माग गरे।
कालेबुङ शहरमा एका एक दार्जीलिङको घटनाको खबर डडेलो झै फैलिए पछि तनावको वातावरण सृजना भएको थियो। यद्यपी दिउसो कुनै अप्रिय घटना भने घटना पाएन। 
आज राती प्राय नौ बजे तिर यहाको मोटर स्ट्याण्ड्मा राखिएको एउटा एन बी एस टी सीको एउटा बसलाई केही उपद्रवीहरुले आगो लगाए पछि यहाको वातावरण पनि अशांतमय बनेको छ।

0 Response to "दार्जीलिङको घटना राज्य सरकार जिम्मेवार – भागोप ...उपद्रवीहरुले कालेबुङमा स्टेट बस जलाए"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.